निर्णय नं. ७५३३ - उत्प्रेषण परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५३३ - उत्प्रेषण परमादेश । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/१२/१० ३४७६ निर्णय नं. ७५३३ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत २०६१ सालको रि.नं. ....३५०४ आदेश मिति २०६१।१२।१०।४ बिषय :– उत्प्रेषण परमादेश । निवेदकः का.प.जि.खरेलथोक गा.वि.स.वडा नं.४ खरेलथोक बस्ने अधिवक्ता अच्यूतप्रसाद खरेल विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं समेत § नाबालकको पितृत्वको ठेगाना नै नलगाई नाबालकलाई सदाको लागि नेपाली आमाबाट जन्मेको आधारबाट स्वतः नेपालको नागरिकता पाउने विषय सैद्धान्तिक र नीतिगतरूपमा राष्ट्रिय प्रतिष्ठा एवं मर्यादा र राष्ट्रबासीको नैतिकता एवं धार्मिक मान्यता सुहाउँदो मान्न नमिल्ने । (प्रकरण नं. १०) § पितृत्वको ठेगाना नलागेसम्म सो नाबालकलाई वंशजकै नाताले नेपालको नागरिक मानिने गरी हाम्रो कानूनले स्वीकारेको हुनाले पितृत्वको ठेगाना नलागेसम्मको नाबालकलाई नागरिकताविहीन गरिराखेको अवस्था देखिन नआउने । (प्रकरण नं. ११) § मातृत्वको आधारमा कुमारी आमाबाट जन्मिएका नाबालकलाई अरुसरह नागरिकता दिन रिट जारी गरिपाऊँ भन्ने निवेदन जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १३) निवेदक तर्फवाटः अधिवक्ता अच्यूतप्रसाद खरेल विपक्षी तर्फवाटःविद्वान सहन्यायाधिवक्ता टीकाबहादुर हमाल अवलम्वित नजीरः आदेश न्या.परमानन्द झाः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. निवेदक पूर्वाञ्चल विश्वविद्यालय स्थित काठमाडौं स्कूल अफ ‘ल’ भक्तपुरमा स्नातकोत्तर तह (एल एल. एम.) अध्ययनरत कानूनको विद्यार्थी हुनुको साथै कानून व्यवसायी अधिवक्ता भएको हुनाले देशको संविधान तथा ऐन कानूनको पालन र कार्यान्वयनमा नागरिकको तर्फबाट निर्वाह गर्नुपर्ने कर्तब्यप्रति सजग र सचेत छ । संविधान तथा ऐन कानूनको पालन र कार्यान्वयन सभ्य र प्रजातान्त्रिक राज्यको परिचायक हो भन्ने निवेदकको ठहर छ । संविधान तथा ऐन कानूनव्दारा प्रदत्त नागरिकको हक र अधिकारहरूको प्रचलनको निर्वाध उपाय एवं माध्यमहरूको पनि ग्यारेन्टी साथसाथै गरिएन भने प्रदत्त हक अधिकारहरूको उपभोग गर्नमा अवरोध सिर्जना हुन जान्छ । निवेदकले उठाउन खोजेको मुल मुद्दा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९(१)(२)(३) मा व्यवस्था गरिएको संविधान प्रारम्भ भएपछि नागरिकता प्राप्ति हुने प्रावधानहरू मध्ये धारा ९(२) मा रहेको प्रावधानको विषयमा रहेको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९(१) मा संविधान प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्नको लागी निजको जन्म हुंदा निजको वावु नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक मानिने छ भन्ने उल्लेख भएको पाइन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९(१) मा “यो संविधान प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको वावु निजको जन्म हुंदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ” । भनी बाबुको नागरिकता नेपाली भएको बालक बंशजको नाताले नेपालको नागरिक मानिने प्रष्ट व्यवस्था गरेको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९(१) मा उल्लेखित उक्त प्रावधानको अपवादपूर्ण परिस्थितिको निकासको लागि नेपाल अधिराज्य भित्र फेला परेको पितृत्वको