निर्णय नं. ७५३५ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५३५ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६२/०५/०२ ४४७४ निर्णय नं.७५३५ ने.का.प.२०६२ अङ्क ५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी २०६१ सालको रि.पू.ई.नं. ...............२५ आदेश मितिः २०६२।५।२।५ बिषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौं म.न.पा. वडानं. ९ सिनामंगल घर भई उच्च माध्यमिक शिक्षा परिषद्को अधिकृत प्रथम श्रेणीको पदमा कार्यरत वखत सेवावाट हटाईएको रामवहादुर गौतम बिरुद्ध विपक्षीः उच्च माध्यमिक शिक्षा सभा, सानोठीमी, भक्तपुर समेत § कुनै व्यक्तिलाई कुनै कार्य निर्देश गरेर अधिकार प्रत्यायोजन गरिनु समन्यायको दृष्टिले उपयुक्त नहुने । § परिषद्लाई जतिबेला जसको हकमा जुन तवरले अधिकार प्रत्यायोजन गर्न बिचार आयो त्यसैगरी अधिकार प्रत्यायोजन गर्न सक्ने भन्ने कानूनी व्यवस्था नहुने । § खास खास अवस्था र परिस्थितिलाई मध्यनजर राखि पहिले नै अधिकारविहिन कार्य सुरु गरेकोमा सो कार्यलाई अनुमोदन गर्दै अधिकार प्रत्यायोजन गरिन्छ भने त्यसलाई दूराग्रही र पूर्वाग्रही नै मान्नुपर्ने । § खास सजायप्रति संकेत गरी पहिले नै स्पष्टिकरण सोधी सकेको कुरालाई अनुमोदन समेत गरी प्रत्यायोजन हुन नसक्ने अर्धन्यायिक अधिकार प्रत्यायोजन गरेको कार्यलाई शुद्ध भावनाबाट भएको रहेछ भन्न नसकिने । (प्रकरण नं.३१) निवेदक तर्फवाटः निवेदक तर्फबाट विद्वान अधिवक्ताहरु श्री भीमबहादुर ढकाल, श्री शंभुथापा, श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फवाटः अधिवक्ता श्री रेवन्तवहादुर कुवंर अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच मतैक्य नभई सर्वाेच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. म निवेदक उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिम स्थापित परिषद्को सह–सचिव स्तरको महाशाखा प्रमुख पदमा कार्यरत रहदैको अबस्थामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिको २०५४।४।१४ को निर्णयानुसार पदाधिकार परिषद् मै रहने गरि २ बर्षको लागि महाप्रवन्धक पदमा कार्यरत रहेकोमा २०५४।८।१२ को मन्त्रिपरिषद्को निर्देशानुसार फिर्ता भएकोमा मेरो साविक पदमा कार्यरत रहन नदिई कुनै महाशाखा पनि नतोकिएको ब्यहोराको पत्र बुझाईयो । ३. तत्पश्चात ठाडो हाजिर गर्दै रहेकोमा २०५५ सालको हाजिरी कितावमा तेश्रो स्थानमा नाम राख्नु पर्नेमा सातौं स्थानमा नाम राखी जेष्ठता क्रममा नपारी अपमान समेत गरेकाले सो सातौ स्थानको पानामा हाजिर नगरी अन्तिम पानामा हाजिर गर्दै आएकोमा सो सच्याउनका लागि सदस्य – सचिवलाई पटक पटक आग्रह गर्दा समेत मलाई कुनै महाशाखाको जिम्मेवारी समेत नदिई उल्टै पद पूर्ति समितिको निर्णय पुस्तिका उपलव्ध गराउनु भन्ने पत्र बुझाईयो । सो पत्रको जवाफ पेश गरेपछि कार्यालय समयसम्म वस्नै पर्ने आशयको पत्र बुझाईयो । २०५५ बैशाख महिना देखि तलव भत्ता भुक्तान नदिई रोक्का राखि उल्टै तलब पेश्की फर्छ्यौट गर्नुहोला भनि २०५५।३।२९ मा पत्र बुझाई रुजु हाजिर भएको जानकारी पाउँदा पाउँदै २०५५।१।१ देखि किन विना सूचना अनुपस्थित रहनु भएको हो भनि विभिन्न स्पष्टिकरण पेश गर्ने पत्र बुझाईयो । ती सबै पत्रको स्पष्टिकरण बुझाए पछि