निर्णय नं. ७५३६ - उत्प्रेषणयुक्त प्रतिशेध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५३६ - उत्प्रेषणयुक्त प्रतिशेध । भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६२/०५/०२ ९२८० निर्णय नं.७५३६ ने.का.प.२०६२ अङ्क ५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत २०६१ सालको रि.पू.ई.नं. .......१९ आदेश मितिः २०६२।५।२।५ विषयः उत्प्रेषणयुक्त प्रतिशेध । निवेदकः का.जि.का.म.न.पा.वडा नं. ३ महाराजगञ्ज स्थित श्री किरण सुज म्यानुफैक्चर्सको तर्फबाट साझेदार फर्मको तथा साझेदार स्वयं तथा ऐ. को अख्तियार प्राप्त नूरप्रताप राणा बिरुद्ध विपक्षीः उद्योग विभाग त्रिपुरेश्वर काठमाडौं समेत § पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१(क) को उपदफा (१) बमोजिम “प्रकाशित विवरण उपर” भन्ने शब्दावली प्रयुक्त भएबाट विवरण प्रकाशित गर्नुपर्ने बन्धनकारी व्यवस्था रहेको नहुँदा विवरण प्रकाशित गर्ने निर्णय उपर उजुर गर्ने वा पुनरावेदन गर्न सक्ने भन्ने नदेखिने । (प्रकरण नं. २१) § रिट निवेदकलाई विभाग वा पुनरावेदन अदालतले झिकाई विभागका समक्ष वा पुनरावेदन अदालतका समक्ष कुनै रुपबाट सरिक गराइएको वा सरिक भएको अवस्था पनि देखिँदैन । यसरी जुन निर्णय वा सम्बन्धमा पक्ष विपक्षको रुपमा वा अरु कुनै रुपमा सो विवादमा संलग्न नै नरहेका व्यक्ति वा कम्पनीको तर्फबाट सिधै सो दफा २७ बमोजिम पुनरावेदन लाग्ने अवस्थै देखिँदैन । यस स्थितिमा दफा २७ को कानूनी व्यवस्थाले निवेदकले प्रभावकारी उपचार प्राप्त गर्न सक्ने भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २४) § ट्रेडमार्क स्वभावैले कुनै उद्योगको उत्पादित सामानको पहिचान गराउन र अरुबाट अलग देखाउने प्रयोजनको लागि प्रयोग हुने यो स्थापित मान्यता हो । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) समेतले सो कुरा पुष्टि गरेको छ । कुनै कम्पनीले प्रयोग गरी आएको मान्यता प्राप्त ट्रेडमार्कहरुसँग मिल्दो जुल्दो भएमा उपभोक्ता झुक्किदैनन् भन्ने अवस्था नरहने । (प्रकरण नं. ४५) § कानूनबमोजिम दर्ता गराई अदालतद्वारा हक प्राप्त गरेको ट्रेडमार्कसँग मिल्दो जुल्दो डमार्क दर्ता गर्न नमिल्ने स्पष्ट कानूनी व्यवस्थाको प्रतिकूल हुने गरी पुनरावेदन अदालतबाट विपक्षीले माग गरेको ट्रेडमार्क दर्ता गरिदिनु भनी भएको फैसलालाई कानूनसँगत फैसला मान्न नसकिने । (प्रकरण नं. ५५) § निवेदकले दर्ता गराएको Gold Star, Super Star, Seven Star सँग विपक्षीले दर्ता माग गरी दर्ता गराएको Good Star, Gold Super, Eleven Star ट्रेडमार्कले निवेदक कम्पनीले दर्ता प्रमाण प्राप्त गरेको ख्यातिमा समेत प्रतिकूल प्रभाव पर्नसक्ने भनी विपक्षी कम्पनीले दर्ता गर्न माग गरेको उल्लेखित तीनप्रकारका ट्रेडमार्कहरु दर्ता गर्न नमिल्ने भनी उद्योग विभागले गरेका निर्णय उल्टी गर्न ट्रेडमार्क दर्ता गरिदिन भनी पुनरावेदन अदालतले गरेको फैसला पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ समेतको प्रतिकूल रहेको पाईने । (प्रकरण नं.५७) निवेदक तर्फवाटः अधिवक्तात्रय श्री अग्नी खरेल, श्री शैलेन्द्र दाहाल र श्री शम्भु थापा विपक्षी वस्नेत फुटवेयरको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ताहरु श्री बालकृष्ण नेउपाने तथा श्री मिथिलेश कुमार सिंह विपक्षी तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक र विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल अवलम्वित नजीरः ने.का.प.२०४८, नि.न. ४३००, पृष्ठ २३