निर्णय नं. ७५३७ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५३७ - उत्प्रेषण । भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/११/१४ २८२८ निर्णय नं.७५३७ ने.का.प.२०६२ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठ संबत् २०५६ सालको रिट नम्वर ...३१२७ आदेश मितिः २०६१।११।१४।६ बिषयः उत्प्रेषण । निवेदकः झापा जिल्ला, सुरुङ्गा गाऊँ विकास समिति वडा नं. ९ घर भै नेपाल वैंक लिमिटेड उपशाखा कार्यालय, सुरुङ्गाको कार्य सहायक पदबाट वर्खास्त गरिएका लिलाप्रसाद उप्रेती बिरुद्ध विपक्षीः महाप्रबन्धक, नेपाल वैंक लिमिटेड प्रधान कार्यालय समेत § एउटै कार्यालयका एकै तहका एकै प्रकृतिको कामकारवाही गरेको कर्मचारीलाई एकै किसिमको कारवाहीको शुरुवात गरी सजाय प्रस्ताव गरिसकेपछि कार्य सहायक मध्येका मदन वराललाई १ ग्रेड रोक्का र निवेदकलाई वैंकको सेवावाट अयोग्य ठहरिने गरी भएको अवकाशलाई समान प्रकृतिको कार्यमा कानूनको समान रुपमा प्रयोग भए गरेको भनी भन्न नमिल्ने । § बिपक्षीहरुले निवेदकलाई भविष्यमा वैंकको सेवाको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी बैंकको सेवाबाट बर्खास्त गर्ने गरेको निर्णय र सोलाई सदर गर्दै सञ्चालक समितिबाट भएको निर्णय समेत असमानजन्य भेदभाव रहेको देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने। § निवेदकका हकमा पनि सोही कार्यालयका कार्य सहायक मदन वराल सरह १ ग्रेड रोक्का गरी निवेदकलाई साविक वमोजिमको पदमा हाजिर गराई कामकाज गराउनु र साथै निजलाई गैरकानूनी बर्खास्त गर्दाको मितिदेखि पुनर्वहाली हुँदाको मितिसम्मको तलव भत्ता समेत भुक्तानी दिनु भनी बिपक्षीका नाउँमा परमादेश जारी हुने । (प्रकरण न.१०) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री हरिप्रसाद उप्रेती, कोपिल अधिकारी तथा जगन्नाथ महतो विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापाले अवलम्वित नजीरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :- २. निवेदक सेवा प्रवेश देखि नै वैंकको कार्य सहायक (पाचौ तह) पदमा कार्यरत कर्मचारी हुँ । म उपर वैंकको कर्जा हिसावहरुमा अनियमित कार्य गरेको भन्ने कथित आरोप लगाई विभागीय सजाय गरिएको छ । वैंकको प्रधान कार्यालयको ०५५।४।१४ नं. १(क) ६१ र ३९१६ को पत्रबाट महाप्रबन्धकले सोही मितिमा निलम्वन गर्नु भएको थियो । तत्पश्चात मलाई २०५५।५।१७ मा पहिलो स्पष्टिकरण, २०५५।८।१ मा दोश्रो स्पष्टिकरण सोधेकोमा स्पष्टिकरणको जवाफ पेश भएपछि मिति २०५५।९।१५ मा मलाई वैंकको सेवाबाट वर्खास्त गर्ने कार्य गरियो । मिति २०५५।११।१९ मा वर्खास्त पत्र प्राप्त भएपछि २०५५।१२।२२ मा सञ्चालक समितिले गठन गरेको कर्मचारी सम्बन्धि उप समितिमा पुनरावेदन गरेको थिएँ । कर्मचारी प्रशासन विभागका मुख्य प्रबन्धकज्यूले हस्ताक्षर गर्नु भएको मिति २०५६।३।२२ को पत्रबाट सञ्चालक समितिको २०५६।२।२७ को निर्णयबाट सदर भएको जानकारी दिइयो । मलाई महाप्रबन्धकको ठाडो आदेशबाट वर्खास्त गरिएको छ । निलम्वन गर्दा पनि कुने कारण खोलिएको छैन । ३ महिना भन्दा बढी निलम्वन गर्न सञ्चालक समितिको स्विकृती लिनु पर्नेमा लिइएको छैन । हचुवाको भरमा कानूनी मनसाय नबुझि आरोप लगाउने कार्य भएको छ । बैंक प्रचलन र व्यवहारिकता अनुसार गरिएका काम कारवाहीलाई गम्भिर लापरवाही एवं पदको काम र जिम्मेवारी पूरा नगरेको भनी भन्न मिल्दैन । पदको जिम्मेवारी अनुसार गर्नु पर्ने काम र जिम्