निर्णय नं. ७५४० - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५४० - कर्तव्य ज्यान । भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६२/०३/१७ ४२३९ निर्णय नं.७५४० ने.का.प.२०६२ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०६० सालको फौ.पु.नं. ३४६९ सम्वत् २०६० सालको साधक नं. ३९६ फैसला मितिः २०६२।३।१७।६ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक / प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. खोजपुर वार्ड न.. ८ घर भै हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा सप्तरीमा थुनामा वस्ने नजवुल को छोरा मो.सुसहरु भन्ने सैयद मियाँ विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला सप्तरी वनरझुला गा.वि.स.वार्ड नं. २ वस्ने जान महमदको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/ वादीः जिल्ला सप्तरी वनरझुला गा.वि.स. वार्ड नं. २ वस्ने जान महमदको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/ प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. खोजपुर वार्ड नं. ८ घर भै हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा सप्तरीमा थुनामा वस्ने नजवुल को छोरा मो.सुसहरु भन्ने सैयद मियाँ § फौज्दारी मुद्दामा ALIBI सम्वन्धी मान्य सिद्दान्त अनुसार जसले वारदात मितिमा घटनास्थलमा थिइन अन्यत्र थिएँ भन्ने जिकिर लिन्छ यस्तो अन्यत्र रहेको भन्ने ALIBI को जिकीर लिने प्रतिवादीले नै प्रमाणित गर्नुपर्नेमा दुइमत हुन नसक्ने । (प्रकरण नं. ३७) § प्रमाण ऐन, २०३१ को दफा १० मा कुनै काम घटना वा अवस्था देख्ने व्यक्ति वा थाहा पाउने व्यक्ति वा त्यस्तो काम वा घटनाबाट पीडित व्यक्ति साक्षी हुने भन्ने उल्लेख भएको देखिँदा त्यस्ता साक्षीहरुले अदालतमा वकेको कुरा प्रमाणमा लिन हुने प्रमाण भित्र पर्ने । (प्रकरण नं. ३८) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: पुनरावेदन अदालत राजविराजबाट मिति ०६०।१।२४ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १ को (ख) अन्तर्गत प्रतिवादी पक्षबाट तथा दफा १० अनुरुप साधकको रुपमा समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं विवरण यसप्रकार रहेको छ :– २. जिल्ला सप्तरी गा.वि.स. खोजपुर वार्ड नं ८ मा रहेको पूर्व ढोका भएको सैयद मियाँको घर भित्र काठको पलंग माथि उत्तर सिरान गरी सिरकले पुरै छोपेको मृतक ऐसा खातुनको लास जाँच गर्दा उतानो अवस्थामा रहेको, उक्त लासको दुवै आँखा वन्द रहेको, उक्त आँखा उघारी हेर्दा नानी केही कैलो रहेको, मुखवाट जिव्रो निस्केको, माथिल्लो ओठले च्यापेको –याल निस्केको रुद्र घाँटी मुनी एक इन्च लम्वाई १÷२ इन्च चोडाईको लगाएको पोतेको डाम रहेको भन्ने समेत व्यहोराको २०५१।८।२ को मुचुल्का । ३. २०५१।८।१ गते वेलुका मेरो ज्वाई सैयद मिया, निज ज्वाईको दाजु ताहिर मिया, तैयव मियाँ तथा सम्धी नजवुल मियाँ समेत सैयद मियाँको घर छेउमा मिटिङ्ग गरी वसेका र उक्त राती मेरो ज्वाई सैयद मियाँ तथा मेरो छोरा ऐसा खातुन समेत एउटै विस्तारामा सुतेको र मिति २०५१।८।१ गते अं. ११:०० वजेको समयमा छोरी ऐसा खातुन सुतेको विस्तारामा मृतक अवस्थामा रहेको भन्ने सुनी थाहा पाई घटनास्थलमा गै हेर्दा निज सुतेको विस्तारामा मृतक अवस्थामा देखि ज्वाई समेत घरमा नरहेको मृतक छोरीको मुखवाट जिव्रो वाहिर निस्केको र घाँटीमा समेत शंकास्पद देखिएको र मेरो छोरी निज सैयद मिया भन्दा वलियो भएको कारण एक्लै सैयदले मात्र मार्न नसक्ने हुँदा निजको दाजु ताहिर, शैयद तथा वावु नजवुल समेतको सहयोग लि षडयन्त्र गरी छोरीलाई घाटी थिची कर्तव्य