निर्णय नं. ७५४३ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५४३ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६२/०५/०७ ३८३७ निर्णय नं.७५४३ ने.का.प.२०६२ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०५९ सालको रिट नं. –२६०६ आदेश मितिः २०६२।५।७।३ विषय :– उत्प्रेषण समेत । निवेदकः भक्तपुर जिल्ला गुण्डु गा.वि.स. वडा नं. ६ किवाचोक वस्ने भद्र के.सी. समेत विरुद्व विपक्षीः श्री श्रम अदालत काठमाडौं ज्ञानेश्वर समेत § सेभ द चिल्ड्रेन नर्वेको Staff regulation हाम्रो सँविधान र Jurisprudence अनुसार Force of law भएको document नहुँदा कानून भन्न नमिल्ने । (प्रकरण नं.९) § लिखित सँविधानले कानूनी राजको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेकोमा कानूनभन्दा माथि कोही पनि नहुने हुँदा सँविधान र कानूनले दिएको अधिकारभन्दा वढि अधिकार प्रयोग गरे भएको निर्णय अदालतले वदर गर्ने हुँदा यसैलाई Concept of limited government भनिने । § सँविधानको धारा ८८(२) बमोजिम न्यायिक पुनरावलोकन गर्न नेपाल कानूनबमोजिम गठित र व्यवस्थित Authority द्वारा नेपाल कानून विपरीत निर्णय गरी कसैको हक अधिकार हनन भएको हुनुपर्ने । § निवेदकले पेश गरेको Staff Regulation नेपाल कानून पनि नभएको र सेभ द चिल्ड्रेन नर्वे नामक अन्तर्राष्ट्रिय गैरसरकारी सँस्था राज्यको agency अर्थात instrumentality of the state नभएको र निवेदकलाई अवकास दिने व्यक्ति नेपाल कानून अन्तर्गतको Authority पनि नभएको हुँदा यस अदालतले प्रस्तुत निवेदन entertain नै गर्न नसक्ने । (प्रकरण नं.१०) § सँविधानको धारा ८८(२) अन्तर्गत यस अदालतले जारी गर्ने आदेश नेपालको कानून अन्तर्गत दर्ता नै नभएको INGO को Staff Regulation अन्तर्गत भएका निर्णय उपर यस अदालतले Judicial review गरी आदेश जारी गर्न नसक्ने । (प्रकरण नं.११) § कुनै पनि सँगठनमा नोकरी गर्ने हक मौलिकहक नमानिने । (प्रकरण नं.१२) § साविक रेडवार्ना हाल सेभ द चिल्ड्रेन नर्वे जस्तो अन्तराष्ट्रिय गैर सरकारी संस्थाले निवेदकहरुलाई दिएको अवकास उपर सो सँस्थाको staff regulation को आधारमा निवेदकहरुले प्रस्तुत रिट निवेदन दिएको अवस्था देखिँदा सँविधानको धारा ८८(२) अनुसार यस्तो गैर सरकारी सँस्थाको staff regulation नेपाल कानून सरह नहुने हुँदा सो मा भएका व्यवस्था अनुसार निवेदकलाई दिएको अवकास ठिक, बेठिक के हो ? भनि नेपाल अधिराज्यको सँविधान २०४७ को धारा ८८(२) अनुसार प्रस्तुत रिट क्षेत्रवाट निरुपण हुन नसक्ने । (प्रकरण न.१३) निवेदक तर्फवाटः उपस्थित विद्धान अधिवक्ताद्वय डा. शम्भुप्रसाद खनाल र श्री रक्षबहादुर क्षेत्री विपक्षी तर्फवाटः विद्धान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतम अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. हामी निवेदकहरु जवान ४ ललितपुर जावालाखेल स्थित साविक रेडवार्ना हाल सेभ द चिल्ड्रेन नर्वे, नेपाल प्रोग्राम नामक सँस्थावाट अवकास दिइएका वाचमैन गार्डनर पदका कर्मचारी हौं । हामीलाई उक्त काम गरि रहेको निकायवाट १४ मार्च २००० मा अवकास दिईयो । सो सम्वन्धमा सम्बन्धित रेडवार्ना अफिसमा उजुर गर्दा समेत पुनर्वहाली गरिएन । सोउपर श्रम कार्यालयमा निवेदन दिई उक्त कार्यालयको निर्णयवाट पुनर्वहाली भएकोमा रेडवार्नाले सो उपर श्रम अदालतमा उजुरी गर्दा पक्रिया नपुगी नि