निर्णय नं. ७५४४ - उत्प्रेषण मिश्रित परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५४४ - उत्प्रेषण मिश्रित परमादेश । भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६२/०२/११ ५३७२ निर्णय नं.७५४४ ने.का.प.२०६२ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूप राज शर्मा माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह संवत २०६१ सालको रिट नम्वर ३६२० आदेश मितिः २०६२।२।११।४ मुद्दाः– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः रुद्र राजको छोरा का.जि.का.म.न. पा.वडा नं.१४ बस्ने कृष्णराज पाण्डे विरुद्ध विपक्षीः काठमाडौं महानगरपालिका प्रमुख, बागदरवार, काठमाडौं समेत § सडक सिमाको विस्तार अधिग्रहण समेतका कामकारवाहीका निर्णय श्री ५ को सरकारबाट राजपत्रमा प्रकाशित सूचनामा तोकेवमोजिम हुने भन्ने कानूनी व्यवस्था रहेवाट महानगरपालिकालाई घर टहरा भत्काउने अधिकार स्वतः भएको वा हुने भन्न नसकिने । § सडक विस्तार गर्नुपरेमा कानूनको अख्तियारवमोजिम निर्णय गरी प्रचलित कानूनबमोजिम जग्गा अधिकरण गरी मुआव्जा दिई गरेमा आफ्नो सहमति भएको भन्ने कुरा निवेदन व्यहोरामा उल्लेख भएको अवस्था देखिदा र विकास कार्यक्रमको अपरिहार्यता र जनस्वास्थ्य एवं वातावरण सन्तुलन समेतका कुरालाई यस्ता कामकारवाही विस्तार गर्ने क्रममा यथोचित ध्यान पुर्‍याउन नसके नेपाल अधिराज्यको संबिधान, २०४७ को भाग ४ द्वारा निर्देशित नीति एवं सिद्धान्त समेत सार्थक रहन नसक्ने । § सडक विस्तार गर्नुपर्ने भए प्रकृया पुरा गरी प्रचलित कानूनबमोजिम जग्गा प्राप्त गरी कार्य गर्नु भन्ने परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ११) निवेदक तर्फवाटः विद्वान अधिवक्ता डा.अम्बरप्रसाद पन्त विपक्षी तर्फवाटः सहन्यायाधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठ अवलम्वित नजीरः आदेश न्या.अनुपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. म निवेदकको का.जि.का. म.न.पा.वडा नं.१४ मा पर्ने साविक कलंकी गा.पं.वडा नं.६, कि.नं.२७९, क्षेत्रफल २–६–० र ऐ.ऐ.कि.नं.१ क्षेत्रफल १–३–२ समेतका जग्गा र सो जग्गामा बनेका घर टहरा मेरो हक भोगमा रहेको छ । ०५९।२।१६ को कान्तिपुर दैनिकमा मध्यमान्चल सडक निर्देशनालयले सोल्टी मोडबाट कलंकीचोकसम्मको सडक सडक केन्द्रबाट दुवै सडकमा ११/११ मिटर कायम गरी सडक चौडा पार्ने कार्यक्रम हुँदा जग्गाधनीले जग्गाधनी प्रमाण पुर्जा सहित १५ दिन भित्र उपस्थित हुने सूचना प्रकाशित गरे वमोजिम मुआव्जाको लागि निवेदन गरेकोमा कुनै जानकारी दिइएन । २०६०।८।२७ मा विना सूचना काठमाडौं महानगरपालिका प्रमुख केशव स्थापित सहितको मानिस आई जबरर्जस्ती सडक तर्फको पालेघर, मोटरगेट ६ सटर समेतको रु.५,००,०००। बराबरको सम्पति भत्काई क्षति पुर्‍याईयो र ०–६–०–२ जग्गामा सडक बिस्तार गर्न खोजियो तथापी मैले सडक विस्तार गर्न दिएको छैन, जग्गाको लगत पनि कट्टा नगरेको र मेरै हक तिरोतिरानमा छ । स्थानीय पीडित जग्गाधनीहरुको हस्ताक्षर सहित मुआव्जाको लागि ०६०।९।२१ मा ज्ञापनपत्र दिएकोमा काठमाडौं महानगरपालिकाले ०६०।१०।२९ मा गोरखापत्रमा सूचना प्रकाशित गरी केही जग्गाधनीलाई सप्रमाण ७ दिन भित्र उपस्थित हुनु भनी मेरो सम्बन्धमा केही भनिएन । यसै अवस्थामा नगर प्रमुख केशव स्थापितले च.नं. ४२०९।०६०।१२।१० को पत्रबाट वडा नं.१३, १४ का उपभोक्तालाई सम्बोधन गरी मुआब्जा दिन नसकिने जानकारी गराइयो । उक्त जानकारी पत्रमा श्री ५ को सरकारबाट भएका पूर्व निर्णय अनुसार २२ मिटर चौडा सडक भित्रका जग्गा त्रिभुवन राजमार्ग सडक खण्ड भए