निर्णय नं. ७५४५ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५४५ - उत्प्रेषण । भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६२/०२/०४ ३३३१ निर्णय नं.७५४५ ने.का.प. २०६२ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित संवत २०५८ सालको रिट नम्वर ३२३२ आदेश मितिः २०६२।२।४। मुद्दाः– उत्प्रेषण । निवेदकः नुवाकोट जिल्ला कविलास गा.बि.स.वडा नं.९ घर भै नेकोन एयर लि.मा जुनियर क्लर्क पदबाट कटौतीमा परेको पुरुषोत्तम भण्डारी विरुद्ध विपक्षीः श्री ५ को सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय काठमाडौं समेत § श्रम ऐन, २०४८ को दफा १२ को स्पष्टिकरण हेर्दा “दफा ११ र १२ को प्रयोजनका लागि विशेष परिस्थिति भन्नाले प्रतिष्ठानको मेसिन उपकरण, भाँची बिग्री उत्पादन कार्य रोकिने अवस्था वा इन्धन, विद्युत कोइला वा यस्तै शक्ति उपलव्ध नभएको वा दैवी प्रकोप भएको वा आवश्यक कच्चापदार्थ अप्रयाप्त भएको वा उत्पादित बस्तु बिक्रि नभै स्टक रहन गएको वा यस्तै अन्य अवस्थालाई जनाउने । § कम्पनीका दुई जहाज दुर्घटनाग्रस्त भइसकेका, तीन वटा जहाज ग्राउण्डेड भएको अवस्थामा कम्पनी घाटामा गएको अवस्था मान्नुपर्ने । § कम्पनीले कर्मचारीको तलव भत्ता लगायतका प्रशासनिक खर्च अन्य आर्थिक दायित्व पुर्याउनु पर्ने हुँदा कम्पनी घाटामा गएकोले विशेष परिस्थिति सिर्जना नभएको भन्न नमिल्ने । § उद्योग चलाउने प्रतिष्ठानलाई यो यति नै कर्मचारी राखि छाड्नु पर्छ भनी असाधारण अधिकार अन्तर्गत यस अदालतले निर्देशित गर्न पनि नमिल्ने । (प्रकरण नं.१२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री उत्तम भद्र खनाल विपक्षी तर्फवाटः उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री अमृत बस्नेत अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिटनिवेदन सहितको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. निवेदकलाई मिति २०५५।९।१ का दिन देखि लागु हुने गरी जुनियर क्लर्क पदमा एक बर्षको परीक्षणकालिन नियुक्ति पाई कर्तव्यनिष्ठ भै कम्पनिको हितमा काम गर्दै रहेपछि मिति २०५६।९।१ देखि परीक्षणकाल हटि सेवा स्थाई भएको हो । तत्पश्चात कस्टमर्स सर्भिसेज विभागमा सुम्पिएको काम सफलता एवं दक्षताका साथ सम्पन्न गर्दै आएको थिए र सो काम मैले सिकायतको मौका नदिई सम्हाल्दै आएको थिए । बिपक्षी नेकोन एयर लिमिटेड नेपालको निजी क्षेत्रको हवाई कम्पनि मध्ये प्रतिष्ठित कम्पनी रहेको छ । नेपालका प्रमुख शहरहरुमा कम्पनीको उडान भर्नुका साथै बिदेशी यात्रीहरुका लागि माउन्टेन फ्लाईट संचालन समेत गर्दछ । राम्रो मुनाफा गरी रहेको कम्पनीले कर्मचारी कटौती गर्न लागेको छ भन्ने आशंका समेत हुन नसक्ने परिस्थितिमा मिति २०५८।९।२० को निर्णयले तपाई कटौतीमा पर्नु भएको छ भनि पत्र बुझाइयो। श्रम ऐन, २०४८ को दफा १२ मा व्यवस्थित कानूनी प्रावधान अन्तर्गत विशेष परिस्थितिमा सरकारको स्वीकृति लिएर व्यवस्थापकले कामदार कर्मचारीको कटौती गर्न सक्ने भएपनि सो दफाको उपदफा ५ को स्पष्टिकरणमा परिभाषित “विशेष परिस्थिति” को सिर्जना बिपक्षी कम्पनीमा भएको नहुँदा कसरी र कुन आधारमा कटौतीका लागि श्री ५ को सरकार समक्ष माग गरिएको हो र श्री ५ को सरकारले के कुन आधारमा कसरी कटौती गर्ने स्वीकृति दिएको रहेछ भन्ने कुरा थाहा पाउने सूचना माग्ने निवेदकको अधिकार भएकोले बिपक्षी कम्पनि एवं श्री ५ को सरकार श्रम मन्त्रालय एवं श्रम विभागमा जाँदा कुनै जानकारी दिइएन, नत निवेदकलाई नक्कल नै उपलव