निर्णय नं. ७५४९ - मोही बाली ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५४९ - मोही बाली । भाग: ४७ साल: २०६२ महिना: असोज अंक: ६ फैसला मिति :२०६२/०५/२३ ६५४७ निर्णय नं.७५४९ ने.का.प.२०६२ अङ्क ६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०६१ सालको दे.पू.ई.नं. ....२३ फैसला मितिः २०६२।५।२३।५ मुद्दा – मोही बाली । पुनरावेदक/ प्रतिवादीः जिल्ला झापा शनिश्चरे गा.वि.स.वार्ड नं.९ बस्ने लोकनाथ उपाध्याय विरुद्ध प्रत्यर्थी/वादीः जि.झापा, शनिश्चरे गा.वि.स.वार्ड नं. २ बस्ने देवीमाया भट्टराई समेत § संवैधानिक व्यवस्था, कानूनी व्यवस्था र सर्वोच्च अदालत समेतद्वारा प्रतिपादित सिद्धान्त बमोजिम स्थापित मान्यताको विपरीत भूमिसम्वन्धी ऐनमा २०५३ सालको चौथो संशोधन र २०५८ सालको पाँचौं संशोधन पश्चात वांडफांडको कार्य स्वतः हुनुपर्ने व्यवस्था भएकोले तत्पश्चातको कुतबाली दिलाई मोही निस्काशन गरिपाऊँ भनी मुद्दा चलेकोमा कुत नबुझाएको भनी मोही निस्काशन गर्र्नु संविधान र कानूनसम्मत नदेखिने । (प्रकरण नं.१८) § मोही लागेको जग्गामध्ये आधा जग्गामा विधिवत रुपमा कायम भएको मोहीलाई निजले कमाई आएको जग्गामा रहेको मोहियानी हक समाप्त गरी निजलाई त्यस्तो जग्गाको मालिक बनाउने विधायिकी सारभुत उद्देश्यलाई नै परास्त (Dilute) गर्ने गरी भूमिसम्बन्धी (चौथो संशोधन) ऐन, २०५३ लागू भएपछिको अवस्थामा मोहीले बाली नबुझाएको भन्ने आधारमा ऐनको दफा २९ बमोजिम मोही निष्काशन हुन्छ भन्नु मनासिव नहुने । (प्रकरण नं.१९) § मोहीको तर्फबाट यी पुनरावेदकले पहिले नै निवेदन गरेको र त्यस विषयमा जग्गाधनीले भूमिसुधार कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदन खारेज हुने गरी निर्णय समेत भइसकेको अवस्थामा त्यसतर्फ विचारै नगरी बाली नबुझाएकोले मोही निष्काशन गरिपाऊँ भनी जग्गाधनीको तर्फबाट पछि परेको निवेदनको आधारमा बाली भराई दिनेगरी भएको भूमिसुधार कार्यालयको निर्णय केही उल्टी गरी मोही निष्काशन समेत हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिंदा उल्टी भई मोही निष्काशन नहुने । (प्रकरण नं.२१) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण सापकोटा प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री प्रकाश राउत र श्री देवीप्रसाद दाहाल अवलम्वित नजीरः ने.का.प.२०५६, अंक ७, पृष्ठ ४७८ फैसला न्या.अनूपराज शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ : – २. हाम्रो संयुक्त नाउँ दर्ताको झापा शनिश्चरे गा.वि.स.वार्ड नं. ९ को कि.नं. ७२ को ज.वि. २–१–५ जग्गाको विपक्षी दर्तावाला मोही भएको र निजले २०५६ सालमा हामीलाई बुझाउनु पर्ने कुत धान २५ मन ३० सेर नबुझाएको हुंदा निवेदन गर्न आएका छौं । विपक्षीले दिए धानको धानै र नदिए बजारभाउ अनुसार प्रतिमन रु. ३५०।– ले हुने जम्मा रु. ९०१२।– दिलाई भराई बाली नदिने मोहीलाई मोही हकबाट निष्काशन गरी पाउँ भन्ने समेत निवेदन पत्र । ३. वादीले दावी गरे अनुसारको जग्गाको बाली वादीहरुकै भनाई अनुसार जिल्ला झापा शनिश्चरे गा.वि.स.वार्ड नं. ९ स्थित खगेन्द्र भट्टराईको धान काँटा भएको स्वतन्त्र सेलर मिलमा मिति २०५६।१०।१४ मा कुत धान २३ मन २९ सेर बुझाई सकेकोमा विपक्षी वादीले सो धान उक्त मिलबाट नबुझी दुःख दिने नियतले उजूर गरेको हुंदा विपक्षी वादीको दावी अनुसार मोही निष्काशन हुने होइन झुठ्ठा दा