निर्णय नं. ७५५१ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५५१ - उत्प्रेषण परमादेश । भाग: ४७ साल: २०६२ महिना: असोज अंक: ६ फैसला मिति :२०६२/०६/११ ३८५५ निर्णय नं.७५५१ ने.का.प.२०६२ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री हरिजंग सिजापति संबत् २०५६ सालको रिट नं. ......३१६० आदेश मितिः २०६२।६।११।३ बिषयः उत्प्रेषण परमादेश । निवेदकः काभ्रेपलाञ्चोक जिल्ला, खरेलथोक गा.वि.स. वडा नं. ४ घर भै हाल का.जि.का. म.न.पा.वडा नं. १० वानेश्वर बस्ने गृह मन्त्रालयको शाखा अधिकृत पदमा कार्यरत कैलाशनाथ खरेल बिरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौं समेत § समान हैसियतका व्यक्तिहरुमध्ये केहीलाई कुनै र केहीलाई कुनै गरी फरकफरक मिति गरी जेष्ठता कायम हुने गरी गरेको निर्णयबाट समान व्यक्तिको वीच असमान व्यवहार गरेको देखिन आउने। § निवेदकको नोकरी जेष्ठता पूर्व मितिलाईनै कायम गरीदिनु न्यायोचित हुने र समन्यायको सिद्धान्तको परिपालन हुनजाने देखिंदा पूर्व सूचनाअनुसार बढुवा पाएका अन्य अधिकृतहरु सरहनै निवेदकको जेष्ठता मिति कायम गर्नु भनी बिपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १८) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजीरः ने.का.प. २०५९, अंक १, र २ पृष्ठ ७ नि.नं. ७०५३ सम्बत् २०६० सालको रिट नं. २९२२ निवेदक गणेशकुमार श्रेष्ठ, विरुद्ध नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तरगत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य र आदेश यसप्रकार छ:- २. म निवेदक प्रशासन सेवाको राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदमा २०३९।१।१५ मा सेवा प्रवेश गरी अविछिन्न रुपले पदीय हैसियतले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्दै सेवारत भएकै समयमा लोकसेवा आयोगबाट मिति २०५५।१।३ को गोरखापत्रमा प्रकाशित बढुवासूचना नं. ३२।०५४।५५ बमोजिम राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव स्तरको पदसंख्या २८ कार्य क्षमताको मूल्याङ्कनद्वारा बढुवा गरिने भएकोले म निवेदक समेतले बढुवा दरखास्त फाराम भरी आयोगमा बुझाएकोमा मिति २०५६।२।१४ मा प्रकाशित बढुवासूचना बमोजिम बढुवा समितिले गरेको सिफारिस सूचीको क्रमसंख्या २८ मा मेरो नाम प्रकाशित हुँदा कूल अंक ९७.३०० भनी उल्लेख भए उपर प्रत्यर्थी भैरवराज रेग्मी समेतका व्यक्तिहरुले सो सिफारिस उपर नि.से.नि.को नियम ८३ बमोजिम आयोगमा उजुरी दिएका थिए । उक्त बढुवा उपर छानविन गरी प्रत्यर्थी आयोगले निर्णय गर्दा प्रत्यर्थी भैरवराज रेग्मीको नाम सिफारिस सूचीको क्रमसंख्या २२ मा समावेश गरी मेरो नाम सिफारिस सूचीबाट हटाउने गरी संशोधित नामावली प्रकाशन गर्ने निर्णयको जानकारी बढुवा समितिलाई समेत दिने गरी मिति २०५६।४।२७ मा निर्णय गरे बमोजिम मिति २०५६।४।२९ को गोरखापत्रमा वढुवा समितिको सचिवालय, सामान्य प्रशासन मन्त्रालयको नामबाट बढुवा सिफारिस सूची प्रकाशित भएको पाइयो । ३. बढुवा समितिले मिति २०५५।७।२७ मा सूचना प्रकाशित गरी प्रमाण पेश गर्नु भनी तोकिदिएकोमा त्यस सूचनालाई चुनौती पनि नदिनु र बढुवा समितिले आयोगलाई प्रत्यर्थी भैरवराज रेग्मीले भुपेन्द्रनारायण मण्डल विश्वविद्यालय, लालुनगर मध्यपुरा भारतबाट प्राप्त गरेको स्नातकोत्तर (अर्थशास्त्र) उपाधिको परीक्षा कार्यक्रम समेत पेश गर्नुपर्नेमा पेश नगरेको भन्ने जवाफ पठाएकोम