निर्णय नं. ९२३१ - निर्णय बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२३१ - निर्णय बदर भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०४/१६ ३२७८ नेकाप २०७१, अङ्क ८, नि.नं.९२३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।४।१६।६ ०६७-CI-१६११ मुद्दा : निर्णय बदर । पुनरावेदक/वादी : जिल्ला रौतहट, सखुअवा धमौरा गा.वि.स. वडा नं. ७ बस्ने छठुप्रसाद जयसवार विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला रौतहट, पचरूखी गा.वि.स. वडा नं. ३ बस्ने असर्फी कापड यादव § मोही हक अंशबन्डा वा अपुताली पर्ने हक होइन । मोहीयानी हक जो मोही हो त्यसैको मात्र हुन्छ । केवल परलोक भएपछि मोहीका एकासगोलका व्यक्तिहरूमध्ये जग्गाधनीले पत्याएको व्यक्तिमा सर्ने हो । मोहीको आफ्नो मोहियानी हक कसैसँग फैसला, मिलापत्र वा डिसमिस गराई समाप्त गराएमा मोहियानी हकमा अंशहक र अपुताली हक नलाग्ने हुनाले मोही परलोक भएपछि उसका एकासगोलका परिवारमध्ये जग्गाधनीले पत्याएको अवस्थामा हक हुन सक्नेमा व्यक्तिले आफ्नो हुँदै नभएको हक जाने भयो भनी नालिस गर्ने हक नरहने । (प्रकरण नं.५) वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान्‌ अधिवक्ता युवराज भण्डारी प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव र विद्वान् अधिवक्ता लालबाबु राय यादव अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अदालती बन्दोवस्तको ८२,८६ नं. § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (१) सुरू तहमा फैसला गर्ने : भूमिसुधार अधिकारी सागर कुमार रोका पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या.श्री पुरूषोत्तम पराजुली मा.न्या.श्री वम कुमार श्रेष्ठ फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर वादीका तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‌ ठहर यस प्रकार छ : जिल्ला रौतहट, गा.वि.स. पचरूखी वडा नं. ३ मा बस्ने साविक जग्गा धनी नथुनी कापडको नाम दर्ताको जिल्ला रौतहट, गा.वि.स. सखुअवा धमौरा, वडा नं. ७ कि.नं. ५६७ को १-१४-० जग्गाको म फिरादीको बाबु जयकरण राउत कुर्मी भूमिसुधार नियमावली, २०२१ को नियम ३, ६ र ९ नं. समेतको कानूनी प्रक्रिया पूरा गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (१) अन्तर्गतको विधिवत मोही रहनुभएकोले बाबु जीवित रहुन्जेलसम्म निजले र बाबुको स्वर्गवास उप्रान्त उल्लिखित जग्गा म फिरादीले मोहीमा जोती कमाई आएको हो । उक्त जग्गाको मोही नामसारी गरी पाउनलाई विपक्षीमध्येका असर्फी कापड यादवउपर दर्ता गराएको मोही नामसारी मुद्दा यसै कार्यालयमा कारवाहीयुक्त अवस्थामा रहेकोमा सो मुद्दामा विपक्षीले प्रतिवाद गर्दा जग्गा धनीलाई कुत नदिएकोले जग्गाधनी असर्फी महतोले मेरा बाबु जयकरण राउत कुर्मीउपर कुत दिलाई मोही निष्काशन गरी पाउनलाई २०३२ सालमा यसै कार्यालयमा कुत मोही मुद्दा दर्ता गराउँदा कारवाही चली सो मुद्दामा निज मोहीको सगोलको छोरा छठुप्रसादले म्याद बुझी प्रतिवाद नगरेकाले मोही निष्काशन हुने गरी मिति २०३२।५।१९ मा निर्णय भइसकेकोले मोही नामसारी हुनुपर्ने होइन भनी प्रतिउत्तर फिराउँदा के भएको रहेछ भनी सो प्रतिउत्तरपत्र र २०३२ सालको कुत मोही मुद्दाको मिसिल फेला नपरेकोले सो मुद्दाको राय किताबको मिति २०६६।३।१६ मा नक्कल लिई हेर्दा असर्फी महतो सुडीले आफूलाई विवादित जग्गाको तथाकथित जग्गाधनीको हैसियत देखाई म फिरादीको स्व. बाबु जयकरण राउत कुर्मीउपर यस कार्यालय