निर्णय नं. ७५५२ - उत्प्रेषण, परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५५२ - उत्प्रेषण, परमादेश समेत । भाग: ४७ साल: २०६२ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/१२/०९ ३०२५ निर्णय नं.७५५२ ने.का.प.२०६२ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०६१ सालको रिट नं. ३५१० आदेश मितिः २०६१।१२।९।३ विषयः– उत्प्रेषण, परमादेश समेत । निवेदकः काभ्रेपलान्चोक जिल्ला धुलिखेल न.पा.वडा न.. ५ घर भई हाल भक्तपुर अस्पतालमा कार्यरत डा.ध्रुवराज प्रधान विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रिय कार्यालय, कमलपोखरी समेत § वढुवा व्यवस्थामा एकरुपता स्थापित हुने किसिमले लोकसेवा आयोगले दरखास्त दिने अन्तिम मितिसम्मको अंक गणना गर्नेगरी गरेको निर्णयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. १३) § स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ७ को क्रमसंख्या १२ मा निर्धारित न्यूनतम शैक्षिकयोग्यतासंग असम्वन्धित माथिल्लो शैक्षिकयोग्यता Master of Science (applied Nutrition) को रुपमा लिई अतिरिक्त शैक्षिकयोग्यता वापत अंक प्रदान नगरेकोलाई अन्यथा भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१४) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री नरेन्द्र प्रकाश खनाल र श्री वालमुकुन्द श्रेष्ठ विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक र विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती अवलम्वित नजीरः ने.का.प. २०५३, नि.नं. ६१९३, अंक ५, पृष्ठ ३९८ आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार रहेको छः– २. मैले USSR को kiev. Medical Institute बाट Doctor of Medicine (General Medicine) मा प्रथम श्रेणीमा उत्तीर्ण गरेको छु । उक्त शैक्षिकयोग्यता नेपालको त्रिभुवन विश्वविद्यालयवाट समकक्षता कायम भई सकेको र सोही योग्यताको आधारमा श्री ५ को सरकारको मिति २०३२।४।३० को निर्णयानुसार मलाई नेपाल स्वास्थ्य सेवाको रा.प. तृतीय श्रेणीको पदमा २०३१।१२।८ देखि परीक्षणकालमा रहने गरी स्थायी नियुक्ति गरिएको हो । त्यसपछि तहतह वढुवा हुदै २०५६।१२।२८ देखि भक्तपुर अस्पतालको अधिकृत दशौं तहको पदमा कार्यरत छु । यसैवीच लोकसेवा आयोगको सूचना नं. १४९।०५९।६० मिति २०५९।८।२५ मा मेडिकल सुपरीटेन्डेण्ट, स्वास्थ्य जनरल हेल्थ समूह एघारौं तह, पद सख्या ५ मा कार्यक्षमताको मूल्यांकनद्वारा वढुवा गरी पदपूर्ति गर्नुपर्ने भनी सूचना प्रकाशित भएकोमा म पनि संभाव्य उम्मेदवार भएकोले आवश्यक कागजात सहित म्यादै भित्र लोकसेवा आयोगमा दरखास्त पेश गरेको थिएँ । उल्लेखित पद संख्या ५ मा डा. मिरा ओझा, डा. केदारनाथ शर्मा, डा. कोकीला देवी श्रेष्ठ, डा नन्दप्रसाद शर्मा र म निवेदक डा. ध्रुबराज प्रधान प्राप्तांक ५९.१८७३ लाई वढुवाको सिफारिस गर्ने गरी वढुवा समितिवाट मिति २०६०।८।२७ मा निर्णय भएको थियो । ३. उक्त निर्णयमा चित्त नवुझाई विपक्षी लोकसेवा आयोगमा विपक्षी डा. श्रवणकुमार चौधरीले उजुरी गरेकोमा आयोगले स्वास्थ्य सेवा ऐन तथा नियमावलीमा जेष्ठता, भौगोलिक क्षेत्र, तालिम र शैक्षिकयोग्यता समेतको कुन मिति सम्मको आधारमा गणना गरिने भनि किटानी व्यवस्था नभएको हुँदा सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त र नजीर समेतलार्ई आधार लिई निर्णय गर्नु न्यायोचित र मनासिव हुने देखिंदा प्रस्तुत वढुवाको सन्दर्भमा समेत दरखास्तको अन्तिम म्याद २०५९।९।३० सम्मको हिसावले अंक गणना