निर्णय नं. ७५५५ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५५५ - कर्तव्यज्यान । भाग: ४७ साल: २०६२ महिना: असोज अंक: ६ फैसला मिति :२०६२/०५/१७ ४८४३ निर्णय नं.७५५५ ने.का.प.२०६२ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री वलराम के.सी. सम्बत् २०६० सालको फौ.पु.नं. ...३५९८ सँवत् २०६१ सालको फौ.पु.नं. .... ३६८९ फैसला मितिः २०६२।५।१७।५ मुद्दा – कर्तव्यज्यान । पुनरावेदकर प्रतिवादीः झापा जिल्ला, चकचकी गा.वि.स. वडा नं. ७ वस्ने नेत्रवहादुर कार्की विरुद्ध प्रत्यर्थीर वादीः नेत्रप्रसादको जोहरीले श्री ५ को सरकार पुनरावेदकर प्रतिवादीः झापा जिल्ला, चकचकी गा.वि.स. वडा नं. ७ वस्ने जिवन घिमिरे समेत विरुद्ध प्रत्यर्थीर वादी नेत्रप्रसादको जोहरीले श्री ५ को सरकार § प्रहरी समक्षको साविती वयान मात्रको आधारमा निर्दोष व्यक्ति पनि अपराधी ठहर्न सक्ने शँकाजनक अवस्थामा सजाँय गर्नु हुँदैन, न्याय पर्दैन भन्ने आधारमा प्रहरी समक्षको साविती वयानलाई अन्य प्रमाण नभएमा प्रमाण लिईदैन र त्यस्तो अवस्थामा सजाँय गर्नु अन्याय हुन्छ भन्ने आधारमा अभियुक्तलाई सजाँय नगरी सफाई दिइने । (प्रकरण नं.२९) § प्रतिवादीहरुको कार्य एकपछि अर्को गरी सवै कार्य सुनियोजित र योजनावद्ध देखिनुका साथै लोकमायांलाई मार्न पहिला विषालु पदार्थ खुवाएको र त्यसले नमरेपछि सलले Strangulation गरी अती निर्दयी तरिकावाट हत्या गरेको देखियो । जुन तरिकाले लोकमायांलाई Sexually Exploit गर्दै गई गर्भधारणा गरेपछि आफु वच्न योजना वनाई आपसी सल्लाह गरी लोकमायांको निर्मम हत्या गरेको प्रमाणित हुन्छ । यसवाट हेर्दा र यस देशमा कानूनको आधारमा न्याय गरिन्छ र अपराधीले अपराध गरेपछि फुत्कन सक्दैन, कानूनको हात लामो हुन्छ भन्ने कुरा अपराधीहरुलाई वोध गराउन पनि यस अदालतले प्रतिवादीहरुलाई कुनै Leniency देखाउनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.३१) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री अग्नी खरेल श्री रामप्रसाद अर्याल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: न्यायप्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :- २. जिल्ला झापा चकचकी गा.वि.स. वडा नं. ७ स्थित पूर्वमा राजपैनी, पश्चिममा नारदमणी मैनालीको घर जग्गा, उत्तरमा गोलधाप फुलवारी पूर्व पश्चिम कच्ची वाटो, दक्षिण चन्द्रवहादुर कार्कीको खेत जग्गा यति चार किल्ला भित्र रहेको नारदमणी मैनालीको चिया वगान भित्र पूर्व उत्तर टाउको पश्चिम दक्षिण खुट्टा भई दाहिने तर्फ कोल्टे भई मृतक लोकमायां आचार्यको लास रहेको भन्ने समेत व्यहोराको मिति २०५९।४।२६ को लास प्रकृति मुचुल्का । ३. मेरो भाउजु लोकमायां आचार्य गाउँकै जीवन घिमिरे, कुमार अधिकारी र नेत्रवहादुर कार्की समेतका मानिसहरुसँग शारिरीक सम्वन्ध हुँदै आएको र अन्दाजी ३।४ महिनताको गर्भ भएपछि उक्त गर्भ खोलाउन दवाई समेत खुवाँदा नभएकोले भाउजुलाई मिति २०५९।४।२५ गते राती कर्तव्य गरी मारी फालेकोले कानून वमोजिम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५९।४।२६ गतेको जाहेरी दर्खास्त । ४. घाँटीमा वाँधिएको, कसिएको कारणवाट स्वास प्रश्वास कृया वन्द हुन गई मृतक लोकमायांको मृत्यु हुन गएको हो भन्ने समेत व्यहोराको लास पोष्ट मार्टम रिपोर्ट । ५. मृतक लोकमायां आचार्यलाई मैले पहिले देखि नै चिनेको थिए । निजको श्रीमान्को पहिला नै मृत्यु भएको थियो । मृतकको घरमा मृतक र निजका छोरा छोरी म