निर्णय नं. ७५५६ - अपुताली हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५५६ - अपुताली हक कायम । भाग: ४७ साल: २०६२ महिना: असोज अंक: ६ फैसला मिति :२०६२/०५/०९ २७२० निर्णय नं.७५५६ ने.का.प.२०६२ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत् २०५८ सालको दे.पु.नं. ..७९१४ सम्वत् २०५८ सालको दे.पु.नं. ७९१६ फैसला मितिः२०६२।५।९।५ मुद्दाः– अपुताली हक कायम । पुनरावेदक/ वादीः कास्की जिल्ला पुरुन्चौर गा.वि.स.वडा न. १ वस्ने नरवहादुरको मु.स. गर्ने मैया तिमिल्सीना विरुद्ध प्रत्यर्थी /प्रतिवादीः ऐ.ऐ. वस्ने कृष्णवहादुर तिमिल्सीना पुनरावेदक/ प्रतिवादीः ऐ.ऐ. वस्ने कृष्णवहादुर तिमिल्सीना विरुद्ध प्रत्यर्थी / वादीः ऐ.ऐ.वस्ने नरवहादुरको मु.स. गर्ने मैया तिमिल्सीना § अधिकार प्राप्त निकायवाट नाता प्रमाणित गरी दिएको प्रमाणलाई सप्रमाण खण्डन गर्न नसकेको अवस्थामा त्यस्तो प्रमाण अग्राह्य हुनसक्ने अवस्था नदेखिने । § अधिकार प्राप्त अधिकारीले नाता प्रमाणित गरी दिएको कुरामा प्रतिवादीले विवाद नउठाएपछि वादीलाईनै नजिकको हकवाला मान्नु पर्ने । § पुस्तेवारी यकिन नभएको भन्ने समेतको आधारवाट वादी प्रतिवादी दुवैलाई समान हैसियतका हकवाला भनी ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण देखिंने । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रविराज भण्डारी प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प. २०५२ अंक १, नि.नं. ५०३९ पृष्ठ ६९ फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत पोखराको मिति ०५७।९।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- २. म समेतका वाजे जैवीर तिमिल्सीनाका २ श्रीमतीमा जेठी श्रीकला र कान्छी मोतिकला हुन्। जेठी श्रीकलाका २ छोरा मध्ये जेठा मनवहादुरका १ छोरा अक्कलवहादुर र कान्छा मेहरमानको छोरा म नरवहादुर हुँ । कान्छी श्रीमती मोतिकला तर्फ निजको छोरा खड्गवहादुर र निज खड्कवहादुरका १ छोरा विपक्षी कृष्णवहादुर हुन् । तसर्थ मनवहादुर र अक्कलवहादुर वाजे जैविरको श्रीमती श्रीकला तर्फका हुनाले स्वमात्रीपट्टीका र विपक्षी कृष्णवहादुर वाजे जैविरको कान्छी श्रीमती मोतिकला तर्फका हुनाले विपक्ष कृष्णवहादुर विमात्री पट्टीका हौ । हामीहरुका वावु वाजेका पाला देखि छुट्टी भिन्न भएको भएतापनि हाल अक्कलवहादुरका र मेरो समेत वावु आमा हाम्रो वाल्य अवस्थामै परलोक भएकाले निज दाजु अक्कलवहादुर म समेत खती उपति एकै ठाउँमा राखी मिलाई एका संगोलमै थियौ । निज दाजु अक्कलवहादुर र मेरो समेत सो अवस्था सम्म पनि विवाह दान केही भएको थिएन र कुमार अवस्थामै थियो । त्यस्तैमा दाजु अक्कलवहादुर मेरा एकाघर संगोलवाटै २३/२४ वर्षको उमेरमा रोजगार निमित्त विदेश भारत तर्फ जान्छु भनि वाटा खर्च समेत मसंग मागी लिई गएका अहिले सम्म घरमा नआई विदेश भारत तर्फ रहे वसेका थिए । त्यस्तैमा २०३४ सालमा सर्भे नापी आएकाले निज अक्कलवहादुरको जग्गा जति पुरुन्चौर गा.वि.स.वडा नं. २ को र १ को कि.नं. ४८ मा रोपनी ०–१४–१–२ र कि.नं. ५१ मा रोपनी २–४–३–१ को कित्ता १ कि.नं. ४९९ मा रोपनि ०–१–३–० को कित्ता १, कि.नं. १२५ मा रोपनी १–६–१–० को कित्ता १, कि.नं. ४१ मा रोपनी ०–३–२–३ को कित्ता १, कि.नं. ४९६ को रोपनी २–७–१–० को कित्ता १, कि.नं. ५९ मा ०–५–३–२ समेतका ७ कित्ता जग्गा मैलेनै निज दाजु अक्कलवहादुरका नाउँमा दर्ता गराई दिई फिल्डवुकमा लेखि केवल