निर्णय नं. ७५५७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५५७ - उत्प्रेषणयुक्त परमादेश भाग: ४७ साल: २०६२ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/१२/१९ २९८४ निर्णय नं.७५५७ ने.का.प.२०६२ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत संवत २०५८ सालको रिट नम्वर २७४२ आदेश मितिः २०६१।१२।१९ मुद्दाः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः इण्डियन एयरलाइन्सको बरिष्ठ ट्रा.सुपरभाइजर पदमा कार्यरत कैलाशमार्ग नक्साल काठमाडौं बस्ने बर्ष ४७ को इन्द्रभक्त मुनाकर्मी समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार, श्रम मन्त्रालय, सिंहदरवार, काठमाडौं समेत § रिटनिवेदनमा अन्तर्राष्ट्रिय श्रम संगठनको कन्भेन्सन, सन्धि ऐनको दफा ९ र नेपाल भारतको शान्ति र मित्रताको सन्धिसम्बन्धी कुरा उल्लेख गरेकोमा प्रस्तुत रिटमा उक्त बिषय कसरी सान्दर्भिक हुन आए निवेदन दावीमा खुलाउन सकेको पाइदैन । उक्त सन्धिमा जात, रङ, लिङ्ग, धर्म, राजनीतिक अवस्था राष्ट्रिय वा सामाजिक पृष्ठभूमीको आधारमा रोजगारीमा समानताको अवसरबाट बंचित गरिने छैन भनी व्यवस्था गरेको प्रावधान संसारभरी लागु हुने गरी व्याख्या गर्न नसकिने । § निवेदन दावीमा उल्लेख गरेको समानताको हक समानहरुका बीचमा मात्र लागु हुने । § नेपाल अधिराज्यको संबिधान, २०४७ को समानताको हक विपरीत भएको हो भनी उक्त संविधान अनुसार समानता कायम गर भन्न नेपाली नागरिकका बीचमा असमान व्यवहार भएको अवस्थामा भन्न सकिने हो, साथै नेपाल कानूनबमोजिम पाउनु पर्ने तलव सुविधा पाएका छैनौं भन्ने दावी वा जिकिर नभएको अवस्थामा निवेदकहरुको अस्पष्ट जिकिरलाई आधार लिई मागबमोजिमको आदेश दिन मिल्ने अवस्था देखिन नआउने । (प्रकरण न.१५) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री त्रिलोचन गौतम विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृत बस्नेत, विद्वान अधिवक्ता श्री शम्भु थापा, रत्नेश्वरप्रसाद शर्मा अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. हामी निवेदकहरु बिपक्षी नं. ८ र ९ नं.ले ७ अप्रिल १९७९ शनिवारको Rising Nepal दैनिकमा विज्ञापन प्रकाशित गरेकोमा सोही विज्ञापन बमोजिम दरखास्त दिई नियुक्त भएका कर्मचारीहरु हौं । उक्त विज्ञापनको पहिलो प्रकरणमा नै Application are invited From Nepal Nationals only, for the post of traffic इण्डियन एयरलाइन्स, कलकत्ता कार्यालय Assistant in grade भन्दै Thus allounces as applicable as per I.A rules भन्ने व्यहोरा उल्लेख गरिएको छ । सोही बमोजिम हामी निवेदकहरुलाई नियुक्त गर्दा विभिन्न मितिमा जारी गरिएको नियुक्ति पत्रको प्रकरण २ मा 'You will get a starting basic pay of NCRs. 575/– per month ..... thus allowances as admissible from time to time, under the rules of Indian Air Lines भन्ने व्यहोरा उल्लेख भएको छ । बिपक्षी नं.८,९ का हामी निवेदकहरु काठमाडौं स्थित कार्यालयमा कार्यरत कर्मचारी कामदारहरुले दिने भत्तामा समेत यस्तै प्रकार भारत स्थित कार्यालय स्टेशनहरुमा कार्यरत कामदार कर्मचारीहरुलाई माथिल्लो स्तरमा राखि सामाजिक न्याय र अन्तर्राष्ट्रिय श्रम संगठनको नीति र निर्देशन विपरीत राष्ट्रियताका आधारमा समान स्तरको कामका लागि विभेदात्मक नीति अपनाई काठमाडौं स्थित हामी बिपक्षी नं.८ र ९ का कामदार तथा कर्मचारीहरुलाई साह्रै न्यून भत्ता दिदै आइ रहेको छ । मई २६,१९७७ सम्म का