निर्णय नं. ७५५८ - मोही कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५५८ - मोही कायम । भाग: ४७ साल: २०६२ महिना: असोज अंक: ६ फैसला मिति :२०६२/०१/१६ ३३८४ निर्णय नं.७५५८ ने.का.प.२०६२ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत २०५० सालको दे.पु.नं. – ९३०१ फैसला मितिः २०६२।१।१६।६ मुद्दा – मोही कायम । पुनरावेदक / वादीः भक्तपुर जिल्ला चपाचो गा.वि.स. वडा नं. ५ घर भै हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बस्ने तुलसीमायाँ प्रजापति विरुद्ध प्रत्यर्थी / प्रतिवादीः भक्तपुर जिल्ला बालकुमारी गा.वि.स. वडा नं. १ घर भै हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. १४ मा बस्ने भक्तलाल श्रेष्ठ § मोही नभएको जग्गामा मोही हुनको लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३४ ले दुबै पक्षबीच कबुलियत गरिएको हुनुपर्नेमा न त जग्गाधनी र यी वादी बीच जग्गा जोतभोग गर्न दोहोरो कबुलियत भएको छ न वादीको लोग्नेको नाउँमा मोही दर्ता भएको छ । यस्तो अवस्थामा एकबाली लगाएमा मोही कायम हुन्छ भन्ने तर्कको कुनै आधार नदेखिने । § साविक मोही जेठाजु भएको कुरा देखाई नामसारीबाट हक हुने भन्ने वादीको मुख्य दावी रहेको हुँदा जोतको आधारमा मोही कायमको विषय प्रस्तुत मुद्दामा गौण रहेको छ । दोहोरो तथ्य र प्रकृति देखाई दावी गर्नुले पनि वादीको दावी विरोधाभाषपूर्ण हुने । (प्रकरण नं.११) § जोत हकको दावी गर्दाको समयमा विद्यमान कानूनले दाजुको मोही हक भाइमा सर्ने व्यवस्था नगरेको हुँदा जेठाजुको मोही हक लोग्नेमा र निजको मृत्युपछि मेरो नाममा दर्ता गरिपाऊँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । § प्रस्तुत मुद्दामा मोहीको मृत्यु भै भाइ र भाइको मृत्यु भै बुहारीले मोही हक दावी गर्न आएकोमा भाइमा मोही हक सर्ने व्यवस्था तत्कालीन भूमिसम्बन्धी ऐनमा भएको नदेखिंदा ०५३ मा भएको भूमिसम्वन्धी ऐनको संशोधनबाट मात्र मोही नामसारी हक प्राप्त गर्न सक्ने नाताको व्यक्तिले ०२२ सालमैं मरेका जेठाजुको नामको मोही हक नामसारी गर्न पाउने भन्न नमिल्ने । (प्रकरण नं.१२) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री हेमराज अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) अनुसार पुनरावेदन अदालत ललितपुरले ०५९।१।३१ मा गरेको फैसला उपर वादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. मेरा जेठाजु नाताका वुर कुमार भन्ने वुद्धि कुमार प्रजापतिको जोत कायम भएको भक्तपुर जिल्ला वालकुमारी गा.वि.स. वडा नं. ६ कि.नं. ५९१ को क्षेत्रफल १–१४–२ जग्गाका साविक जोताहा जेठाजु ०२२ सालमा, निजकी श्रीमती डल्ली प्रजापति ०१९ सालमैं आ–आफ्नो कालगतिले परलोक हुनु भै निजहरुको कुनै हकदार छोराछोरी नभै नजिकका हकदार निज जोताहा वुद्धि कुमारका भाइ मेरा पति तुलसी बहादुर प्रजापतिले, साविक जोताहाको परलोक पश्चात देखि जोती कमाई आएकोमा पति तुलसी बहादुर पनि ०४९ सालमा आफ्नो कालगतिले परलोक हुनु भै हाल उक्त जग्गा म निवेदीकाले जोती कमाई आएकोले जोत कायम गरिपाऊँ भन्ने वादी दावी । ३. विवादित जग्गामा मोही विपक्षीका पति तुलसी बहादुर होइनन् र निजले कहिल्यै कमाएको छैन । मोही वुृद्धि कुमार विपक्षीको जेठाजु नाताको भएको र जेठाजुको नामको मोहीयानी भाइ बुहारीको नाउँमा प्राप्त हुन नसक्ने भएकोले विवादित वालकुमारी वडा नं. ६ कि.नं. ५९१ को जग्गाको साविक मोही वुद्धि कुमारका नामबाट विपक्षीको नाममा मोहीयानी नामसारी तथा कायम गरिपाऊँ भनि द