निर्णय नं. ७५६० - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५६० - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०१/१५ २९३५ निर्णय नं.७५६० ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिजंग सिजापती संवत् २०६१ सालको रिट नं. .....५८ आदेश मितिः२०६२।१।१५।५ विषयः– उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ । निवेदकः जिल्ला महोत्तरी, भटौलिया गा.वि.स.वार्ड नं. ४ घर भई हाल जिल्ला ललितपुर, उ.म.न.पा. वार्ड नं. १ बस्ने विजयकुमार कर्ण विरुद्ध विपक्षीः अर्थ मन्त्रालय समेत § ऐनले नै खास खास कुराहरू तोकी ऐन निर्माणका अवस्थामा निर्धारण गरेको शर्तले मात्र ऐनको उद्देश्य पूर्ति हुने नभएमा ऐनमा नै संशोधन हुनुपर्ने । § मूल ऐनले नतोकेको शर्त वा बन्देज वा कुनै कुराहरू प्रत्यायोजित अधिकार प्रयोग गर्नेले नियमावली वा आचारसंहितामा थप्दै जांदा संविधानको भावना र मर्म प्रतिकूल हुन जाने । (प्रकरण नं.२२) § रिट निवेदनमा उल्लेखित वीमा अभिकर्ताको आचारसंहिताको देहाय २.११ को व्यवस्थाले वीमा ऐन, २०४९ को दफा ३२ द्वारा तोकिएको योग्यता पुगेका व्यक्तिहरूले वीमा अभिकर्ता हुन पाउने समान अवस्थाबाट वंचित गरी सो व्यवस्थाले निवेदक जस्ता व्यक्तिको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ द्वारा प्रत्याभूत समानता, धारा १२(२)(ङ) द्वारा प्रत्याभूत गरेको पेशा रोजगार गर्न पाउने हकलाई अनुचित बन्देज लगाएको देखिन आउने । (प्रकरण नं.२३) § वीमा अभिकर्ताको आचारसंहिताको देहाय २.११ को व्यवस्था अमान्य र बदर घोषित हुने ठहरेकोले निवेदकलाई सोधिएको स्पष्टीकरण पत्रको अस्तित्व स्वतः शून्य हुने भै सो अनुरुप कुनै कार्यवाही गर्न नमिल्ने हुँदा निवेदन माग बमोजिम परमादेश जारी हुने । (प्रकरण नं.२४) निवदेक तर्फवाटः विद्वान् अधिवक्ताद्वय श्री टिकाराम भटृराई र अम्वर राउत विपक्षी तर्फवाटः विद्वान् उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा र विद्वान अधिवक्ता श्री शेखरकुमार अर्याल अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (१) र (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं निर्णय यसप्रकार छः– २. निवेदक विपक्षी लाइफ इन्सोरेन्स कर्परेशन लि.जीवन वीमा कम्पनीको विमा अभिकर्ता तथा युनाइटेड इन्सोरेन्स कम्पनी लि. मा सहायक व्यवस्थापकको रुपमा कार्यरत छु । यस्तैमा सन् २००५।१।६ मा विपक्षी कर्परेशनले वीमा ऐन ०४९ तथा वीमा नियमावली २०४९ अन्तर्गत विमा समितिद्वारा जारी आचारसंहिताको दफा २.११ को विपरीत काम गरेको देखिंदा तपाईलाई किन कार्वाही नगर्ने भन्ने व्यहोराको स्पष्टीकरण सोधेको छ । सो आचारसंहिताको दफा २.११ मा विमा अभिकर्ता (संस्थाको भए संचालक) ले कुनै पनि विमकको तलवी कर्मचारी भै काम गर्न नहुने भन्ने उल्लेख भएको रहेछ । वीमा (दोस्रो संशोधन) नियमावली, २०६० लागु हुनु पूर्व कुनै एक वीमा अभिकर्ताले जतिसुकै वीमकको वीमा अभिकर्ता भै काम गर्ने अधिकार प्रदान गरेको थियो । तर दोस्रो शंसोधनबाट नियम २२क थपी विभा अभिकर्ताले कुनै एउटा मात्र विमकको अभिकर्ता भै कार्य गर्न पाउने छ भन्ने व्यवस्था गरेकोमा सो थप नियम निवेदक रामप्रसाद अमात्य समेत विरुद्ध वीमा समिति समेत भएको ०६० सालको रिट नं. ३७ मा सर्वोच्च अदालतले बदर गरेको छ । जसले एउटा एजेण्टले जतिसुकै वीमा कम्पनीको पनि ए