निर्णय नं. ९२३२ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२३२ - अंश दर्ता भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०४/१६ ३६१५ नेकाप २०७१, अङ्क ८, नि.नं.९२३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।४।१६। ६ ०६७-CI-०८७५ मुद्दाः अंश दर्ता । पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति विसहरिया वडा नं. ६ बस्ने रामवरण साहसमेत विरूद्ध प्रत्यर्थीवादी : ऐ.ऐ. बस्ने मोहरी देवी § बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति निजी आर्जनको रूपमा स्वीकार गरिने भए तापनि एकासगोलको अंशियारबाट अन्यत्र अरूको नाउँमा गई निजबाट पुनः बकसपत्रको रूपमा एकासगोलको अंशियारको नाउँमा हस्तान्तरण भई आएको अवस्थामा त्यस्तो बकसपत्रलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने हुँदा सगोलकै मान्नुपर्ने । )प्रकरण नं.३( पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता मिथिलेशकुमार सिंह प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०५४, नि.नं. ६३०३, पृष्ठ१ सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ६ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री नरेन्द्र शिवाकोटी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री अली अकबर मिकरानी मा.न्या.श्री थीरबहादुर कार्की फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६६।९।६ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः मूल पुर्खा स्व.रामेश्वर साहको चार भाइ छोराहरूमा जेठा मेरा पति स्व. रामएकवाल साह, माहिला विपक्षी स्व. रामेश्वर साह, साहिँला विपक्षी शम्भू साह, कान्छा विपक्षी चन्दर साह हुन । रामवरण साहको पत्नी तारावती देवी, शम्भू साहको पत्नी अलोधैन देवी र चन्दर साहको पत्नी रमलकुमारी साह हुन् । मेरो पति रामएकवाल साह मिति २०६३।९।३ गतेमा आफ्नो कालगतिले परलोक भैसक्नुभएको छ । मेरा छोरीहरूमध्ये तीन बहिनीको विवाह भैसकेको छ । कान्छी छोरी जिवछी देवीको विवाह हुन बाँकी छ । हामी वादी प्रतिवादीहरूबीच भाउजु देवर देउरानी नाता सम्बन्ध पर्छ । हामीहरू एकासगोलमा नै बस्दै आएका थियौं । भाग बन्डा लाग्ने पैतृक सम्पत्ति विपक्षी देवरहरू, देउरानी तथा मेरो नाउँमा छ । मेरो पति जीवित रहँदाकै अवस्थामा परिवारमा हित्त चित्त नमिल्दा मिति २०५२।११।१५ गते नै चुलो मानो छुट्टी अलग बसेको हो । व्यवहार चलाउन कठिन भै घर सम्पत्ति सबैले रीतपूर्वक बन्डा गरी लिउँ दिउँ भन्दा मिति २०६२।२।१ का दिन पञ्च भलाद्‍मीका सामुन्ने हामी अहिले अंश छुट्‍याउँदैनौं भनी विपक्षीहरूले जवाफ दिएको हुँदा विपक्षीहरूबाट अंश बन्डाको २०।२१।२३।२४ नं. बमोजिम चल अचल सम्पत्तिको तायदाती लिई मिति २०५२।११।१५ लाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाई एक भाग अंश मलाई दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद दावी । विपक्षी वादीले देखाएको नाता पुस्तावलीमा कुनै विवाद छैन । बन्डा गर्नुपर्ने चल अचल पैतृक सम्पत्ति नहुँदा अंशबन्डा हुनपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी तारावती साह प्रतिवादी रामवरण साहको संयुक्त प्रतिउत्तर जिकिर । विपक्षीले देखाएको नाता पुस्तावलीमा विवाद छैन । हामी वादी प्रतिवादीहरू एकासगोलमा नरहेको हुँदा हामीले वादीलाई अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रमलकुमारी साह र चन्दर साहको संयुक्त प्रतिउत्तर जिकिर । नाता पुस्तावलीमा विवाद छैन । हामी एकासगोलमा