निर्णय नं. ७५६२ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५६२ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६१/०९/२३ २७२२ निर्णय नं.७५६२ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री अनुपराज शर्मा २०५८ सालको रिट नं. ––––––– ३१८१ आदेश मितिः २०६१।९।२३।६ विषय :– उत्प्रेषण समेत । निवेदकः का.जि.का.म.न.पा.वडा नं. ११ ववरमहल पँजिकृत कार्यालय भएको गणपति रोजिन एण्ड टर्पेन्टाईन इण्डष्ट्रिज प्रा.लि.को अधिकारप्राप्त अध्यक्ष विश्वनाथ पोद्दार विरुद्व विपक्षीः श्री ५ को सरकार २ नं. क्षेत्र आन्तरिक राजश्व कार्यालय समेत § आयकरको सम्वन्धमा आकर्षित हुने मूल ऐनले नै कुनै उद्योगको आयकर नलाग्ने कुरा औद्योगिक व्यवसाय ऐनमा उल्लेख छ भने त्यस्तोमा आयकर नलाग्ने । § ५ वर्षसम्म आयकर छुट कम्पनी हो भन्नेमा विवाद नभएको अवस्थामा कर लाग्ने कम्पनी र आयकर छुट रहेको कम्पनीको हकमा समेत आर्थिक ऐनमा उल्लेखित कम्पनीले मुनाफावाट आयकर नतिरी लाभाँश वा मुनाफाको हिस्सा वितरण गर्दा १० प्रतिशत लाभाँश कर कट्टी गरी दाखिल गर्नपर्ने भन्ने कुरा आकर्षित हुने भनी मान्ने हो भने आयकर लाग्ने र नलाग्ने कम्पनी वीच कुनै विभेद नरहने । § आयकर छुट प्राप्त उद्योगले वाड्ने मुनाफाको हिस्सामा प्रत्यक्ष वा परोक्ष रुपले कर लगाउन नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फवाटः विद्धान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फवाटः विद्धान उपन्यायाधिवक्ता श्री ऋषिकेश वाग्ले अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. श्री ५ को सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५३।३।२५ का दिन प्रा.लि.कम्पनीको रुपमा र मिति २०५३।४।१ का दिन घरेलु तथा साना उद्योग विभागमा उद्योग दर्ता भई यस कम्पनीले मिति २०५३।७।२७ देखि औद्योगिक उत्पादन प्रारम्भ गरेको थियो । श्री ५ को सरकार घरेलु तथा साना उद्योग विभागको मिति २०५४।१०।८ को पत्रद्वारा ऐनको दफा १५ (ख) अन्तर्गत औद्योगिक उत्पादन प्रारम्भ गरेको मिति २०५३।७।२७ देखि ५ वर्षका लागि सत प्रतिशत आयकर छुट सुविधा पाएको थियो । आ.व. २०५५।५६ को स्वयँ कर निर्धारण फारम प्र.नं. १ समक्ष दाखिल गर्दा आयकर छुट अवधि भएकोले कम्पनीको शेयरवालाहरुलाई रु.४,५०,०००। लाभाँस वितरण गरिएको विवरण संलग्न भएकोमा प्र.नं. १ ले सो रकममा १० प्रतिशत लाभाँस कर दाखिल गर्न निमित्त निर्देशन दिएको हुनाले मिति २०५६।१२।१५ मा भौ.नं. ४५५१७७ द्वारा रु. ४५,०००। दाखिल गरिएपनि आयकर छुट अवधिमा लाभाँश कर नलाग्ने हुनाले सो फिर्ता पाउन निमित्त प्र.नं. १ समक्ष मिति २०५७।७।२८ र मिति २०५७।१२।२ मा निवेदन चढाएकोमा ऐ कार्यालयको मिति २०५८।१।६ को पत्रद्वारा फिर्ता दिन नमिल्ने भनी जानकारी गराईयो । सो कानून विपरित कर दिन वाध्य तुल्याइएको हुनाले प्र.नं. १ को ऐ पत्र र तत्सम्वन्धी निर्णय गैरकानूनी भएकोले सोलाई अ.वं. १७ नं. अन्तर्गत वदर गरी ऐ रकम दिलाई पाउँ भनी प्र.नं. ५ समक्ष निवेदन चढाउँदा प्र.नं. १ संग कैफियत तलव गरी मिति २०५८।६।२५।५ का दिन कानून बमोजिम गर्नु भनी आदेश भयो । निवेदक उद्योगले मिति २०५३।७।२७ देखि औद्योगिक उत्पादन प्रारम्भ गरेकोले मिति २०५८।७।२६ सममका लागि आयकर छुट सुविधा पाएको हुनाले आर्थिक ऐन, २०५६ को अनुसूची ६ को उल्लेखित दफा ४६ यस आयकर छुट सुविधा प्राप्त उद्योगको हकमा आकर्षित नै नहुने हुँदा आयकर