निर्णय नं. ७५६३ - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५६३ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०३/२१ ४३५२ निर्णय नं.७५६३ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित संवत् २०६१ सालको रिट नम्वर ...३००६ आदे्श मितिः२०६२।३।२१।३ बिषयः उत्प्रेषण समेत । निवदेकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३० वस्ने नरेन्द्रनाथ श्रेष्ठ समेत बिरुद्ध विपक्षीः काठमाडौं महानगरपालिका, वागदरवार, काठमाडौं समेत § नाचघर र व्यापारिक कम्प्लेक्स प्रयोजनका लागि भूमिगत पार्किङ सहित निवेदककै घर अगाडि बन्न लागेको अत्याधुनिक भवनको प्लिन्थ लेभलसम्मको निर्माण कार्य हुँदा निवेदकलाई थाहा जानकारी नभएको भन्ने निवेदन दावी विश्वसनीय नदेखिने । § जग खन्दाकै अवस्थादेखि थाहा पाउने स्थितिका निवेदकहरुले समयमै आफूलाई पर्न सक्ने प्रतिकूल असरका सम्बन्धमा चनाखो रही आवश्यक उपचारको मार्ग अवलम्वन गर्नुपर्नेमा सो नगरी सरकारको पूर्ण स्वामित्वमा रहेको बिपक्षी संस्थानको तर्फबाट राष्ट्रिय सम्पत्ति लगानी गरी प्लिन्थ लेभलसम्मको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी पहिलो तल्लाको भवन निर्माण हुँदासम्म रिट निवेदकहरु चुप लागि बस्नु पर्नाको उचित आधार समेत रिट निवेदकहरुले उल्लेख गर्न सकेको नपाइने। (प्रकरण नं.३०) § २०५९।३।२४ को नक्सापास गरि दिने टिप्पणी आदेशको उल्लेखन गर्दै सोही बमोजिम प्लिन्थ लेभल सम्मको भवन निर्माण अस्थायी इजाजत पत्रमा काठमाडौं महानगरपालिकाको शहरी विकास विभाग, नक्सा शाखाको विभागीय प्रमुखबाट दस्तखतसम्म गरेको कामकारवाहीलाई अनधिकृत एवं क्षेत्राधिकारविहिन भन्न नमिल्ने । (प्रकरण नं.३१) § मिति ०५९।३।२६ को अस्थायी इजाजतको मूल आधार २०५९।३।२४ को नक्सापासको टिप्पणी आदेश बदर तर्फ निवेदन दावी नै नरहेको परिप्रेक्ष्यमा उक्त टिप्पणी आदेश बमोजिम दिइएको इजाजत पत्र मापदण्ड अनुरुपको छ, छैन ? भन्ने प्रश्नको निराकरण गरी रहनुको कुनै औचित्य नदेखिने । (प्रकरण नं.३२) § काठमाण्डौ महानगरपालिकाको प्रमूखबाट २०६१।६।२६ मा मापदण्ड अनुरुपको संशोधित साइट प्लान सहितको नक्सापास गर्ने निर्णय भई प्लिन्थ लेभल भन्दा माथि Super Structure को लागि भवन निर्माण स्थायि इजाजतपत्र समेत दिइसकेको देखिएको र सो बमोजिम भवन निर्माणसम्बन्धी अधिकांश कार्य सम्पन्न भैसकेको पाइँदा मापदण्ड विपरीत इजाजत दिइ निर्माण गरेको भन्ने निवेदन दावी औचित्यहिन देखिने । (प्रकरण नं.३३) निवेदक तर्फवाटःविद्वान अधिवक्ता द्वय श्री बद्रीवहादुर कार्की र खगेन्द्रप्रसाद अधिकारी विपक्षी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्तात्रय श्री सर्वज्ञरत्न तुलाधर, श्री गणेशराज शर्मा र राधेश्याम अधिकारी तथा विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र वद्रीनाथ शर्मा अवलम्वित नजीरः आदेश न्या.दिलीपकुमार पौडेलः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :- २. स्व. आमा मोहन देवी श्रेष्ठका नाममा दर्ता कायम रही हामीहरुको संयुक्त हक भोगको का.जि.का.म.न.पा.वडा नं. ३० कि.नं. २३८ क्षेत्रफल ०.३.३ स्ववासी घर जग्गाको पूर्व तर्फ प्रत्यर्थी साँस्कृतिक संस्थानको कि.नं. १६४ क्षेत्रफल ५.२.१ जग्गाको पश्चिम तर्फ साविकमा १७ फिट छोडी पुरानो एक तल्ले राष्ट्रिय नाँचघर रहेको सो स्थानमा पूर्व पश्चिम लम्वाई ४९.७८९ मिटर, उत्तर दक्षिण अधिकतम चौडाई २९.५०० मिट