निर्णय नं. ७५६४ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५६४ - उत्प्रेषण । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०१/२० ६२९१ निर्णय नं.७५६४ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०५९ सालको रिट नं. ––२८९५ आदेश मितिः २०६२।१।२०।३ विषय :– उत्प्रेषण । निवेदकः जिल्ला महोत्तरी सुगा गा.वि.स.वडा नं. २ घर भै हाल जि. धनुषा जनकपुर न.पा.वडा नं. २ स्थित ज.न.पा. कार्यालयमा पियन पदमा कार्यरत शान्तिदेवी झा विरुद्व विपक्षीः जनकपुर नगरपालिका कार्यालय धनुषा, जनकपुर समेत § ऐन नियमले निर्धारित प्रक्रिया पुरा गरी स्थायी नियुक्ति भएका कर्मचारीले पाउने सरह सेवा सर्त सुविधा तथा अन्य भत्ता ज्यालादारीमा कार्यरत कर्मचारीले उपभोग गर्न पाउने गरी ऐन नियममा व्यवस्था भएको नदेखिने । § अस्थायी वा ज्यालादारी वा करारमा नियुक्त कर्मचारीले आफूलाई स्थायी कर्मचारीसँग तुलना गरी आफूलाई असमान र भेदभावपूर्ण व्यवहार गरेको भन्न नमिल्ने । § ज्यालादारीमा कार्यरत कर्मचारीले स्थायी कर्मचारीले पाए सरह सुविधा तथा भत्ता पाउँछ भन्न नमिल्ने । § रिट निवेदिका ज्यालादारीमा नियुक्ति भएको देखिँदा त्यस्तो ज्यालादारी नियुक्त कर्मचारीको सँचयकोष कट्टी गर्ने नगर्ने विषयमा यस अदालतको असाधारण अधिकारक्षेत्रवाट उपचार प्रदान गर्न नमिल्ने । (प्रकरण नं.८) निवेदक तर्फवाटःविद्धान अधिवक्ता श्री ऋृषिभुषण चौधरी विपक्षी तर्फवाटःविद्धान अधिवक्ता श्री मनसुल राईन अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. म निवेदिकाले मिति २०५७।१२।१० देखि विपक्षी जनकपुर नगरपालिका कार्यालयमा पियन पदमा स्थायी नियुक्ति पाई अहिलेसम्म इमान्दारी पूर्वक आफ्नो पदिय दायित्व निर्वाह गरी आएकी छु । स्थायी कर्मचारी रहेको अवस्थामा मेरो तलववाट नियम बमोजिम सँचयकोषको निम्ति मेरो नाममा सँचयकोषमा रकम जम्मा हुनु पर्नेमा सो नभएकोले मेरो आउने दिनको लागि सँचित रकमवाट आधी भविष्य सवल राख्न सक्ने हुँदा मैले पटकपटक लेखा शाखामा अनुरोध गर्दा पनि आजसम्म जम्मा नगरिएको हुंदा वाध्य भै यो निवेदन गर्न आएकी छु । ३. यस सम्वन्धमा विपक्षी नगरपालिका कार्यालयमा मिति २०५९।३।३२ मा निवेदन दिँदा उक्त नगरपालिकाका मेयरले ऐ मितिमा तोक आदेश गर्दा गर्दै पनि लेखा शाखाका एकाउन्टेन्ट र कार्यकारी अधिकृत ज्यूले कुनै वास्ता नगरिकन म निवेदिकालाई झपार्दै तिमी जहां जानु छ जानु भनी भनेकाले यो निवेदन गर्न आएकी छु । विपक्षी नगरपालिकाको मिति २०५७।९।१३ को वोर्डको निर्णयानुसार निवेदिकालाई श्रम ऐन २०४८ को दफा ४ (२) अनुसार मिति २०५७।१२।१० मा नियुक्ति दिनु भयो । ऐ ऐनको दफा ३९ अनुसार तलववाट कट्टा हुने गरी रकम सँचयकोषमा जम्मा गर्नुपर्नेमा आज सम्म नगरी सो सुविधावाट वन्चित गरिएको छ । जसवाट सँविधान तथा कानूनी हक हनन भएकोले स्थायी पियन पदमा कार्यरत रहेकोले मेरो नाउंवाट रकम कट्टा गरी सँचयकोषमा जम्मा गराउनु भन्ने परमादेशको आदेश जारी गरिपाऊँ । साथै यो निवेदनको अन्तिम किनारा नलागेसम्म निवेदिकाको सँचयकोष वापतको रकम कट्टा गरी सँचयकोषमा जम्मा गराउनको लागि विपक्षीहरूको नाउंमा अन्तरिम आदेश समेत जारी गरिपाऊँ भन्ने व्यहोराको रिट निवेदन पत्र । ४. यसमा के कसो भएको हो ? माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? प्रत्यर्थीहरूवाट १५ दिन भित्र लिखित जवाफ मगाई