निर्णय नं. ७५६६ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५६६ - अंश चलन । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०५/२९ ४५५७ निर्णय नं.७५६६ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ संबत् २०६० सालको दे.पु.नं. ..९५८० फैसला मितिः २०६२।५।२९।४ मुद्दाः अंश चलन । पुनरावेदक /प्रतिवादीः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं. १३ वस्ने उत्तम महर्जन बिरुद्ध प्रत्यर्थी / बादी काठमाडौं जिल्ला, का.म. न.पा. वडा नं. १३ बस्ने गौतम महर्जन § प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था हेर्दा एकाघर संगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको हो भनी अनुमान गर्नुपर्ने । § एकासगोलको अंशियार आमाबाट संगोलकै अंशियारा छोरा यि पुनरावेदकले गराई लिएको हा.व. लिखतबाट सगोलको सम्पत्तिको प्रकृतिमा कुनै भिन्नता पर्न जाने र बादीको हकमा प्रतिकूल असर पर्न सक्ने अवस्था नदेखिने । § स्त्री अंश धनको आफु खुसी गर्न पाउने सम्पत्ति हो भनी प्रमाणित गर्नुपर्ने भार सो को जिकिर लिने पुनरावेदक उपरै हुनेमा पुनरावेदक प्रतिबादीले लिएको सो जिकिरको पुष्टि हुने कुनै वस्तुनिष्ठ प्रमाण निजले गुजार्न नसकेको अवस्थामा अंश मुद्दा पर्दा जिवित रहेका अंशियारलाई सो सम्पत्ति आधा आधा बण्डा गर्ने गरेको समेत पुनरावेदन अदालतको फैसला अन्यथा देखिन नआउने । § अंश मुद्दा पर्नु अगावै मृत्यु भइसकेकी पुनरावेदक प्रतिबादीको आमाको समेत अंश भाग कायम गरी दावीको घर जग्गाबाट ३ भागको १ भाग मात्र बादीले अंश पाउनु पर्ने हो भन्ने पुनरावेदन जिकिर आधारहिन देखिने । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान् अधिवक्ताद्वय श्री पन्नामान तुलाधर र श्री वच्चुसिंह खड्का प्रत्यर्थी वादी तर्फवाटः उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान् अधिवक्ता श्री विमल सुवेदी अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्तर्गत पुनरावेदन अदालत पाटनको मिति २०५६।८।१४ को फैसला दोहोर्याई पाउँ भनी प्रतिबादीको निवेदन पर्न आएको प्रस्तुत मुद्दामा यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. पिता गोविन्द महर्जन तथा माता चिनिमाया महर्जनबाट म फिरादी र बिपक्षी भाईको मात्र जन्म भई हामी दुइ अंशियार हौं । हाँमी एकासगोलमा नै छौं । पिता २०४९ र आमा २०५२ सालमा परलोक भई सक्नु भएको छ । हामी सगोलमा वसी आएकोमा अव सगोलमा वस्न नसकेकोले पैतृक सम्पत्ति अंशवण्डा गरौ भन्दा मलाई घरबाट निकाला गरी आमाको नाममा रहेको म समेतको अंश हक लाग्ने का.जि.टंकेश्वर ताहाचल वडा नं ६ कि.नं. ३० क्षे.फ. ०.५.१.० जग्गा र सो मा वनेको घर समेत मातालाइ झुक्याई मिति २०५१।११।२५ मा घरसारमा लेखिएको लिखतलाई २०५१।११।३० मा पास गरी आफ्ना नाउँमा गराएको कुरा २०५३।२।२५ मा लिखतको नक्कल सारी थाहा पाएँ । उक्त घर म समेतको सगोलको हुँदा सोही घरमा वसी आएको छु । पैतृक सम्पत्ति सवै बिपक्षीको जिम्मा भएकोले तायदाती दाखिल गराई दाखिल भएको सम्पत्तिमा २ भाग लगाई १ भाग अंश छुट्याई अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने गौतम महर्जनको फिराद पत्र । ३. बादीले अंश मुद्दामा फिराद गरेको नभई मलाई आमा चिनिमायाले निजका नाउँमा एकलौटी दर्ता भएको का.जि. ताहाचल वडा नं ६ कि.नं. ३० को क्षे.फ. ०.५.१.० जग्गाम