निर्णय नं. ७५६८ - बन्दीप्रत्यक्षीकरण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५६८ - बन्दीप्रत्यक्षीकरण । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०७/०४ २६५७ निर्णय नं.७५६८ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०६२ सालको रिट नं. ––१६२ आदेश मितिः २०६२।७।४।६ विषय :– बन्दीप्रत्यक्षीकरण । निवेदकः काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स.वडा नं. १ घर भै हाल भद्रवन्दी गृहमा थुनामा रहेका राजेन्द्र फुयाँलको हकमा निजको पिता खगेन्द्रप्रसाद फुयाँल विरुद्व विपक्षीः श्री ५ को सरकार गृह मन्त्रालय, काठमाडौं समेत § थुनामा राख्न आदेश गर्ने र थुनामा राख्ने अवधि समाप्त भैसकेपश्चात् पनि बन्दीलाई नछाडी अदालतलाई देखाउन मात्र वन्दी छाडेको कागज तयार गर्ने र पुनः थुनामा राख्ने आदेश गर्ने राज्यपक्षबाट हुने गैरजिम्मेवारी कार्यलाई यस अदालतले tolerate गर्न नसक्ने । § निवेदकलाई थुनाबाट मुक्त गरी कानून विपरीत राज्यको तर्फबाट हुने Gross and Systematic Violation of Human and Fundamental Right का घटना दोहोरिन नदिन उचित र आवश्यक कदम चाल्नु पर्ने । (प्रकरण नं. १२) निवेदक तर्फवाटः विद्धान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फवाटः विद्धान उपन्यायाधिवक्ता श्री जनकवहादुर अधिकारी अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. कान्तिपुर सेक्युरिटी सर्भिस अन्तर्गत रही शहरी विकास विभाग ववरमहलमा सेक्युरिटी गार्डको रूपमा कार्यरत छोरा राजेन्द्र फुयाँललाई मिति २०६१।१।११ गते अन्दाजी वेलुका ५ वजेको समयमा धुम्वाराही स्थित शंख पार्क नजिकको मुल सडकमा हिडिरहेको अवस्थामा ५–७ जना सादा पोशाकमा ट्याक्सीमा आएका शाही नेपाली सेनाले एक्कासी गोली चलाउंदा निजको छातीमा र हातमा १।१ गोली लागे पछि निज भुईमा ढलेर वेहोस भएको अवस्थामा सोही ट्याक्सीमा राखी छाउनी हस्पिटलमा लगी २०६१।२।११ सम्म उक्त अस्पतालमा राखी मिति २०६१।२।१२ देखि विपक्षी जगदल गण छाउनीमा राखी २०६१।३।२५ का दिन आतँककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण र सजांय) अध्यादेश, २०६१ को दफा ९ बमोजिम पहिलो पटक ३ महिना नजरबन्दमा राखी तत्पश्चात् मिति २०६१।६।२० का दिन रिहा गरेको पुर्जी वुझाई रिहा नगरी पुनः पक्राउ गरी २०६१।६।२५ का दिन सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा ३(१) र ५.२.१ बमोजिम मिति २०६१।९।२० को श्री ५ को सरकार सचिवस्तरको निर्णय बमोजिम भनी ६ महिना सम्मको नजरबन्दको आदेश दिई थुनामा राखेकोमा २०६१।१२।२५ का दिन पुनः नजरबन्दबाट रिहा गर्ने आदेश गरी सो बमोजिम रिहा नगरी केन्द्रिय कारागार त्रिपुरेश्वरबाट बाहिर निकाली विपक्षी जि.प्र.का. काठमाडौंको हिरासतमा राखियो । पुनः मिति २०६१।१२।३० को दिन आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण र सजाय) अध्यादेश, २०६१ को दफा ३(१) मा उल्लेखित काम कुराबाट रोक्नका लागि भनी दफा ९ ले दिएको अधिकार प्रयोग गरी नजरबन्दमा राख्ने गरी दिएको आदेशबमोजिम निजलाई हाल विपक्षी भद्रवन्दी गृहमा गैरकानूनी थुनामा राखिएको छ । यसरी निवेदकलाई २०६१ साल वैशाख देखि लगातार विपक्षीहरूले नजवन्दको आदेश दिई थुनामा राखि रहेको कार्यबाट निवेदकको नेपाल अधिराज्यको संविधान २०४७ द्धारा प्रत्याभूत मौलिकहक तथा नागरिक अधिकार ऐन, २०१२ द्धारा प्रदत्त हकमा समेत अनुचित बन्देज लगाएकोले विपक्षीको नाउंमा उपयुक्त र आवश्यक आदेश जारी गरी