निर्णय नं. ७५७० - जवरजस्ती करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५७० - जवरजस्ती करणी । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०७/०७ ३७०८ निर्णय नं.७५७० ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०५७ सालको फौ.पु. नं. २६७८ फैसला मितिः २०६२।७।७।२ मुद्दाः जवरजस्ती करणी । पुनरावेदक / वादीः भरतप्रसाद आचार्यको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी / प्रतिवादी जिल्ला झापा पाँचगाछी गा.वि.स.वडा नं. ८ वस्ने कमल कुमार ओली § पीडितलाई जवरजस्ती करणी गर्न लिङ्ग पसाउने वित्तिकै पीडितले हो हल्ला गरेको कारणवाट प्रतिवादीले लगातार करणी गर्न नसकेको अवस्थामा तत्काल विर्य स्खलन नभएको पनि हुन सक्ने स्थिति देखिएकोले योनिमा विर्य नदेखिएको र hymen नच्यातिएको हुन सक्ने अवस्था पनि स्वभाविक हुँदा सो बमोजिम चिकित्सकको प्रतिवेदनकै आधारमा प्रतिवादी वेकसूरदार हुन भनी मान्न नमिल्ने । § घरमा धेरै मानिसहरू भेला जम्मा भएको अवस्थामा प्रतिवादीले वादीको योनीमा लिङ्ग प्रवेश गराउने वित्तिकै पीडित रुन कराउन थालेकोले हो हल्ला भएको भन्ने मिसिलवाट देखिन आएकोले जवरजस्ती करणीको वारदात भैसकेको मान्न मिल्ने अवस्था पनि देखिन नआउने । § पीडितलाई करणी गर्नकालागि सम्पूर्ण परिस्थितिहरू पार गरिसकेको तर जवरजस्ती करणीको कार्य सम्पन्न भैसकेको अवस्था नदेखिएको अवस्थामा प्रतिवादीलाई सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला उल्टी हुने । (प्रकरण नं.२२, २३) पुनरावेदक वादी तर्फवाटः विद्वान् सहन्यायाधिवक्ता श्री दुर्गावन्धु पोखरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीर फैसला न्या.अनुपराज शर्माः पुनरावेदन अदालत इलामवाट भएको मिति २०५६।११।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम वादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य ठहर यसप्रकार छ :– २. २०५३।५।१७ गते राती मेरो घरमा धामी वसाउने काम भएको घरको तलामाथि वरण्डामा ११ वर्षकी छोरी कुसुम आचार्य राती अन्दाजी २२.३० वजे मार्‍यो भनेर कराएकोले हल्ला गर्दा कमल ओलीले मेरो कटु खोली म माथि चढि पिसावद्वारमा निजले लिङ्ग हाली जबरजस्ती करणी गरेको भनि रुदै भनेकीले कारवाही गरिपाऊँ भन्ने २०५३।५।१८ को जाहेरी दरखास्त । ३. २०५३।५।१७ गते राती अन्दाजी २२.३० वजे घर माथि वरण्डामा कमल ओलीले ओछ्यानमा आई मेरो कटु खोली मेरो पिसावद्वारमा लिङ्ग हाली जवरजस्ती करणी गर्दा मारो भनि हल्ला गर्दा वावुले जाहेरी दिएको हो भन्ने पीडित कुसुम आचार्यको २०५३।५।१८ को सनाखत कागज। ४. २०५३।५।१७ गते राती भरतप्रसाद आचार्यको घरमा धामी वसाउने काम भएकोले ९ वजे त्यस ठाउँमा म गएको र वरण्डामा चढेको अर्जुन भट्टराई र अर्जुन ढकाल भुईमा झरे । म जाहेरवालाकी छोरी कुसुम आचार्यको कटु खोली मेरो लिङ्ग कुसुम आचार्यको योनीमा हालेर करणी गरेको हुँ । वुद्धि नपुगेर जवरजस्ती करणी गरेको हुँ भनि अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी कमल कुमार ओलीले २०५३।५।२१ मा गरेको वयान । ५. कुसुम आचार्यलाई कमल कुमार ओलीले जवरजस्ती करणी गरेको हो भन्ने २०५३।५।२१ को घटनास्थल मुचुल्का । ६. २०५३।५।१७ गते राती जाहेरवालाको घरमा चिन्ता भएकोले त्याहा गएको रातको २२.३० वजेको समयमा जाहेरवालाको छोरी कुसुम रुदै कमल ओलीले म माथि चढि पिसावद्वारमा लिङ्ग हाल्यो भनिन् भन्ने गणेशप्रसाद सुवेदी र देवेन्द्र श्रेष्ठले २०५३।५।२३ मा छुट्टाछुट्टै गरेको कागज । ७. २०५३।५।१७ गते राती