निर्णय नं. ७५७१ - जिउ मास्ने वेच्ने ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५७१ - जिउ मास्ने वेच्ने । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०७/०२ ३२२३ निर्णय नं.७५७१ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत् २०५९ सालको फौ.पु नं. ३२९२ फैसला मितिः २०६२।७।२।४ मुद्दा :– जिउ मास्ने वेच्ने । पुनरावेदक र प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला परुवा गा.वि.स. वडा न. १ सुनचौर घर भई हाल सदरखोर शाखा कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहेका सुरेश लामा समेत बिरुद्ध प्रत्यर्र्थी र वादीः शर्मिला तामाङको जाहेरीले श्री ५ को सरकार § महिला उपर हुने यौन शोषणमा अन्य फौजदारी अपराधमा जस्तो प्रत्यक्षदर्शी प्रमाण नहुन सक्छ । पीडित व्यक्ति र पीडितको शारिरीक परीक्षण प्रतिवेदन नै प्रमुख प्रमाण हुने । § नारीहरूलाई वेश्यावृत्तिमा लगाउनु जघन्य अपराध हो । यसप्रकारको वेश्यावृत्तीमा लगाउने अपराधलाई हाम्रो नेपाल कानूनले मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि यसलाई गंम्भीरताका साथ लिइएको पाइने । § महिलाहरूको हक संरक्षण गर्ने त्यस्तो कानूनी व्यवस्थाको अक्षर र भावना (Letter and spirit) लाई मनन गरेर ऐनको व्याख्या गर्नुपर्ने । (प्रकरण नं.२०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता वोर्णवहादुर कार्की प्रत्यर्थी वादी तर्फवाटः विद्धान सहन्यायाधिवक्ता श्री टिकावहादुर हमाल बिदुषि अधिवक्ताद्धय पुण्य शिला दवाडी र चण्डेश्वरी तण्डुकार अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: बिशेष अदालत काठमाडौंको ०५९।११।६ को फैसला उपर विशेष अदालत ऐन २०५९ को दफा १७ बमोजिम प्रतिवादीहरूको तर्फवाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. मिति २०५८ सालको दशै अगाडि देखि मलाई सुरेश लामाले आफ्नो छोरी हेर्न र सानोतिनो घरको काम गर्न भनि मासिक रु. ५००। तलव दिने सर्तमा घरमा आमा वुवासँग कुरा गरी निजको डेरा कोठा ल.पु.उ.म.न.पा वडा नं. ४ धोविघाटमा ल्याई राखी केही दिनसम्म डेरा कोठाको धन्दागरी त्यसपछि मलाई अलग्गै कोठामा राखी वाहिरवाट केटाहरू वोलाई मेरो कोठामा पठाई ढोका वन्द गरी जवरजस्ती वेश्यावृत्ति गर्न वाध्य तुल्याएको र नमानेमा विभिन्न किसिमको डर त्रास देखाई निजको श्रीमती कान्छी लामाले गाली गलौज गरी कुटपिट समेत गर्ने गरेको र निज कान्छी लामाले अन्य केटीहरू समेतलाई वेश्यावृत्तिमा लगाउने गरेको हुँदा कानून बमोजिमको कारवाही गरिपाऊँ भन्ने व्यहोराको सर्मिला तामाङ्को जाहेरी दरखास्त । ३. मैले जाहेरी दरखास्तमा खुलाई लेखिदिएको व्यहोरा ठिक साँचो हो । निज सुरेश लामा तथा निजकी श्रीमती कान्छी लामाले मलाई निजहरूको डेरा कोठा धोविघाटमा छोरी हेर्न र घर धन्दा गर्न भनि ल्याई केही समयपछि मलाई अलग्गै कोठामा सुत्न वस्न लगाई मेरो कोठामा दिउसै मैले नचिनेको केटाहरू ल्याई मलाई जवरजस्ती वेश्यावृत्ति गर्न वाध्य गराएको र नमानेमा मारपिट गरी धाकधम्की दिने गरेका थिए । मलाई कोठावाट वाहिर समेत जान नदिई राखेको र दिनमा ४।५ जना केटाहरू आई मसँग यौनसम्पर्क राख्ने गरेका थिए । निज केटाहरू कहाँका हुन म चिन्दीन । म मिति २०५८।१०।२९ गते निज सुरेश लामा तथा निजको श्रीमती कान्छी लामा नभएको मौका पारी त्यहांवाट भागी निस्केको हुँ भन्ने समेत व्यहोराको जाहेरवाली शर्मिला तामाङ्ले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान । ४. सर्मिला तामाङ्को जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी शुरेस लामा समेत भएको जिउ मास्ने वे