निर्णय नं. ८७५८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७५८ - कर्तव्य ज्यान भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/११/२६ १५९५३ ने.का.प. २०६९, अङ्क १ निर्णय नं ८७५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६७–CR–१०७९, १०८०, १०८१, १०८२, १०८३, १०८४, १०८५ फैसला मितिः २०६८।११।२६ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. १५ बस्ने जसमान लिम्बू समेत पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १५ घर भै हाल कारागार कार्यालय राजविराजमा थुनामा रहेको चुचु भन्ने दीपक राई समेत विरुद्ध प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय, मोरङ्ग विराटनगरमा थुनामा रहेको राजकुमार राई विरुद्ध पुनरावेदक वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १५ घर भई हाल कारागार कार्यालय, नख्खुमा थुनामा रहेको जसमान लिम्बू विरुद्ध प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय, नख्खुमा थुनामा रहेको दिवस लिम्बू विरुद्ध प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १५ घर भई हाल कारागार कार्यालय, सप्तरीमा थुनामा रहेको श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बू विरुद्ध प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय, वीरगञ्जमा थुनामा रहेको बलजीत भन्ने राजकुमार तामाङ विरुद्ध प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार शुरू अदालतमा फैसला गर्नेः– मा.न्या. श्री पुरुषोत्तम भण्डारी पुनरावेदन फैसला गर्नेः– मा.न्या. श्री विनोदप्रसाद ढुंगेल मा.न्या. श्री सुरेन्द्रवीर सिँह बस्न्यात § कुनै वारदातमा एकजना भन्दा बढी व्यक्ति सामूहिक रुपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निक्र्यौल गर्नुपर्ने हुन्छ । सबै व्यक्ति समान रुपले कसूरदार हुन भन्ने अबधारणा न्यायिक हुन नसक्ने । (प्रकरण नं.३) § धेरैजना व्यक्ति संलग्न रहेको वारदातमा एकभन्दा बढी व्यक्ति मुख्य अभियुक्त (Principal Offender) हुनसक्ने र सहायक अभियुक्त (Accessory Offender) पनि धेरै जना हुन सक्ने कुरालाई फौजदारी विधिशास्त्रले आत्मसात गरेको पाइने । § कुनै कर्तव्य ज्यानको अपराधमा एकजना भन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यता (Gravity) समेतलाई विचार गर्नुपर्ने । (प्रकरण नं.५) § एक्लो व्यक्तिलाई हातहतियारले सुसज्जित समूहले आक्रमण गरी विभत्स तवरले पटक–पटक हानी काटी मारेको, आपूmले समेत मारेको कुरालाई स्वीकार गरेको एवं अन्य स्वतन्त्र प्रमाणबाट समेत विभत्स तरीकाले मारेको पुष्टि भइरहेको अवस्थामा सजाय कम हुनुपर्छ भन्ने जिकीर मनासिव देखिन नआउने । (प्रकरण नं.२३) § अभियोजन पक्षले आफूले अभियोग लगाएको व्यक्तिको तथ्यपरक ढंगले पहिचान गरी अभियोग लगाउनु उसको कर्तव्