निर्णय नं. ७५७२ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५७२ - लिखत बदर भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०५/२२ ४८१० निर्णय नं.७५७२ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्बत् २०५८ सालको दे.पु.नं.८४०३ फैसला मितिः २०६२।५।२२।४ मुद्दा : लिखत बदर । पुनरावेदक / वादीः काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१६ बस्ने जीवन वलामीको मु.स.गर्ने श्रीमती काली वलामी समेत बिरुद्ध प्रत्यर्थी / प्रतिवादीः काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.वडा नं.१६ बस्ने श्यामु वलामी समेत § जग्गाधनीको जग्गा आफ्नो वा आफ्नो परिवारको परिश्रमबाट कमाई आएको अवस्थामा प्राप्त जग्गालाई मात्र मोहीयानी जग्गा भन्न मिल्ने । § मोहीको हैसियतले मात्र नभई मूल्य समेत तिरी मानो नछुट्टिई संगोलमै बसेको अवस्थामा प्राप्त गरेको जग्गा वण्डा गर्न नमिल्ने । § जग्गाको मूल्य तिरी राजिनामा गरी लिएको जग्गालाई बिना सवूद प्रमाण मोहियानी वापतको वण्डा नलाग्ने जग्गा हो भनी भन्न प्रचलित कानूनी व्यवस्था एवं प्रतिपादित सिद्धान्त समेतले नमिल्ने । § तत्कालीन मुलुकी ऐनको अंशवण्डाको १७ नं.मा “दाजुभाई एकाघरमा मानु नछुट्टीई एक चुल्होमा भात खाई बस्याका छन भन्या सबै भाईले कमायाको धन लाएको ऋण ऐनबमोजिम वरावर भाग लाग्छ भन्ने कानूनी व्यवस्था रहेको पाइएवाट सो कानूनी व्यवस्थाले हालको जस्तो निजी आर्जन वा ज्ञान शिप वा दान बकसबाट पाएको सम्पत्ति वण्डा नलाग्ने भन्ने उल्लेख नगरेबाट निजी आर्जनको जिकिर कानूनसंगत नदेखिने । (प्रकरण नं.१४) § अशवण्डाको १ नं.मा “अंशवण्डा गर्दा बाबु, आमा, स्वास्नी, छोराहरूको जिय जियैको अंश गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेबाट यस्तो संगोलको अंशवण्डा लाग्ने सम्पत्ति माथि समान तहका सबै अंशियारको बराबर हैसियत रहने हुँदा सो सम्पत्तिबाट कुनै एक अंशियारको एकलौटी भाग लाग्ने वा कसैलाई बाहेक गर्न नमिल्ने । § कित्ताकाट भै कायमी जग्गा प्रतिवादीको आफु खुस गर्न पाउने सम्पत्ति नभई वादीहरूको समेत हक लाग्ने संगोलको सम्पत्ति रहेको देखिएको राजिनामा लिखतमा यी पुनरावेदक वादीहरू साक्षी पनि नबसेको एवं मन्जुरी समेत नरहेको देखिँदा सो राजिनामाको लिखतले पूर्णतः कानूनी मान्यता नपाउने । (प्रकरण नं.१५) पुनरावेदक वादी तर्फवाटः विद्वान् अधिवक्ता श्री हिरा रेग्मी प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान् अधिवक्ता श्री यदुनाथ खनाल अवलम्वित नजीरः ने.का.प.२०४१ नि.नं.२०८४ पृ.१०१३, ने.का.प. २०४६ नि.नं.३९४२ पृष्ठ ९६३, ने.का.प.२०५४,नि.नं.६३०३,ने.का.प. २०५६, नि.नं. ६६८३, पृ.सं. १९० फैसला न्या.राजेन्द्रकुमार भण्डारीः पुनरावेदन अदालत पाटनको मिति २०५७।३।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) बमोजिम दोहोर्याउने निस्सा प्रदान भै पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. हामीहरूको अंश हक लाग्ने काठमाडौं जिल्ला वालाजु गा.वि.स.वडा नं.६ कि.नं.१८३ को क्षेत्रफल ३–०–०–० जग्गाबाट हाल कित्ताकाट भै कायम हुन आएको कि.नं.७९९, ८००, ८०१ गरी जम्मा ३ कित्ता जग्गा मध्ये कि.नं. ७९९ को क्षेत्रफल ०–१२–०–० को मूल्य ३,००,०००।– मा संरक्षक ठूली कान्छी प्रधान बसी र.नं. ८६७८ बाट मिति २०५०।१२।१० गतेका दिन श्यामु वलामी दिने र हिराकाजी महर्जन लिने भै पारित गरेको लिखत बमोजिमको जग्गाबाट ५ भागको २ भाग राजिनामा लिखत दर्ता बदर गरिपाऊँ भन्ने फिराद दावी । ३. मैले बिक्री गरेको कि.नं.७९९ को क्षेत