निर्णय नं. ७५७३ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५७३ - उत्प्रेषण परमादेश । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०७/०८ ३०११ निर्णय नं.७५७३ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिजंग सिजापति माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत २०५९ सालको रिट नं. :–२५५३ आदेश मिति२०६२।७।८।३ विषय :–उत्प्रेषण परमादेश । निबेदकः मोरङ जिल्ला विराटनगर उप महानगरपालिका वडा नं.१४ भानु टोल मझुवा बस्ने यदुवंश शाह बिरुद्घ बिपक्षीः संचालक समिति, टि.सि.एन. केन्द्रीय कार्यालय समेत § समान र समान बीच अर्थात Equals र Equals बीच यदी कुनै मापदण्ड वा आधार विना एउटा वर्गको लागि कुनै सहुलियत प्रदान गरिन्छ तर त्यस्तै समान अवस्थाको अर्थात Similarly situated अन्य वर्गलाई भने सहुलियतवाट वन्चित गरिन्छ भने त्यस्तो अवस्थामा मात्र असमान र भेदभाव गरेको मानिने । (प्रकरण नं.१७) § द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका कर्मचारीको सेवाको प्राप्ति र समाप्ति कर्पोरेशनको कर्मचारी सेवा शर्तसम्बन्धी नियमावलीबमोजिम हुने भएकोले निबेदकलाई कर्पोरेशनको कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली बमोजिम नियमावलीवाट प्राप्त अधिकार प्रयोग गरी संचालक समितिले आधार र कारण खोली सेवाबाट अनिबार्य अबकाश दिने गरी भएको निर्णयवाट निवेदकको कुनै संवैधानिक वा कानूनी हक हनन भएको नदेखिने । (प्रकरण नं.१९) रिट निबेदक तर्फबाटः विद्वान् बरिष्ठ अधिबक्ता श्री कुष्णप्रसाद भण्डारी र विद्वान् अधिबक्ता श्री मो.शेष अब्बास बिपक्षी तर्फबाटः विद्वान् उपन्यायाधिबक्ता श्री सुरेन्द्र थापा, विद्वान् अधिबक्ता श्री युबराज भण्डारी अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निबेदन सहितको तथ्य एवं ठहर यसप्रकार छ :- २. म २०३२/१०/२८ मा टिम्बर कर्पोरेशनको सेवामा प्रबेश गरी इमान्दारी पूर्वक कार्य गरिआएको छु । बढुवा हुँदै हाल कायम रहेको तह ८ को पदमा म १ न.. मा आएबाट मेरो कार्य क्षमता, योग्यता, तालिम र इमान्दारीता सबभन्दा बढी रहे भएको प्रमाणित भएको छ । बिपक्षी वन तथा भू–संरक्षण मन्त्रालयको मिति २०५८/७/१७ को मंत्रीस्तरको निर्णय भन्दै द टिम्बर कर्पोरेशन अफ नेपाल लि.कर्मचारी सेवा शर्त नियमावली २०५२ मा दफा १११क.थप गरेको भन्ने छ । कर्पोरेशनको नियमावली मंत्रीस्तरबाट संशोधन हुने होइन । आफ्नो इच्छा अनुसार र कलुषित भावनाबाट सो नियमावलीमा दफा थप गरी मलाई सेवाबाट हटाइएको अ.बं.३५ नं.ले बदरभागी छ । वन तथा भू–संरक्षण मन्त्रालयको मिति २०५८/७/१७ मंत्री स्तरको निर्णय अनुसार भन्दै नियमावलीमा दफा १११क.थप गरी अबकाश सम्बन्धी बिशेष ब्यबस्था भनी नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम १११ बमोजिम स्वेच्छिक अबकाशको निमित्त दरखास्त आव्हान गर्दा पर्याप्त संख्यामा दरखास्त पर्न नआएमा संचालक समितिले आबश्यक नदेखिएका कर्मचारीहरूलाई सेवाबाट अनिवार्य अबकाश दिन सक्नेछ भन्ने ब्यबस्था गरेको देखिन्छ । कर्पोरेशनले ४४३ जना कर्मचारीहरूको स्वेच्छिक अबकाश मागेकोमा ५१५ जना कर्मचारीहरूको स्वेच्छिक अबकाशको निमित्त आबेदन परेको छ । मागेको भन्दा बढी कर्मचारीको आबेदन परेपछि मलाई अनिवार्य अबकाश दिनुपर्ने होइन । मलाई दिइएको अबकाशपत्रमा कर्पोरेशनको कार्यक्षेत्र सीमित भएको,आर्थिक स्थिति कमजोर भएको,कार्यरत कर्मचारीको संख्या बढी भएको भनी लेखिएको छ । संचालक समितिले अबकाश दिदा सम्बन्धित कर्मचारीको सेवा अबधि,कार्य स