निर्णय नं. ७५७४ - लिखत दर्ता बदर दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५७४ - लिखत दर्ता बदर दर्ता । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०५/१९ ३१३१ निर्णय नं.७५७४ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत सम्वत् २०५९ सालको दे.पु.नं. ..८१३३ फैसला मितिः २०६२।५।१९।१ मुद्दाः लिखत दर्ता बदर दर्ता । पुनरावेदक / वादीः जिल्ला पर्सा गा.वि.स. अलौं वडा नं. १ मा बस्ने मोतीलाल मलाह बिरुद्ध प्रत्यर्थी/वादीः जिल्ला पर्सा गा.वि.स.सुर्जाहा वडा नं. ८ हाल जिल्ला पर्सा गा.वि.स. बागेश्वरी तित्रौना वडा नं. ५ बस्ने सनकलीया देवी मलाहिन समेत § एकासगोलमा रहेको अवस्थामा खरीद गरेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म संगोलकै सम्पत्तिवाट बढे बढाएको मान्नुपर्ने । § प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसंगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था भएवाट वीरवहादुर सहनीले खरीद गरेको जग्गा निजी तवरले आर्जन गरी लिएको हो भनी प्रमाणित गर्न नसकेको अवस्थामा सबै अंशियारहरूको बराबर हक लाग्ने सम्पत्ति हो भनी मान्नु पर्ने । § मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति वेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुशी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सबै साँक्षी बसेको वा निजहरूको मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ भन्ने व्यवस्था भएबाट बाबु लोग्ने मरेको अवस्थामा आमा छोरा र श्रीमती समान तहका अंशियार रहने भएकाले संगोलको सम्पत्तिमा सबै अंशियारहरूको समानरुपले हक लाग्ने । § अचल सम्पत्ति बिक्रि व्यवहार गर्दा संगोलका सबै अंशियारहरूको मञ्जुरी वाध्यात्मक रुपमा लिनुपर्ने । § पुनरावेदक प्रतिवादीको दाताले जग्गा राजिनामा लिखत पास गरी पुनरावेदकलाई दिंदा संगोलका अंशियारहरूको मञ्जुरी लिएको वा साँक्षी बसेको समेत नदेखिदा अंशियारहरूको सहमती विना भएको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने । § संगोलमा रहँदाका अवस्थामा खरीद गरेको सम्पत्ति निजीरुपमा दान बकस पाएको बाहेक सबै अंशियारको हक लाग्ने । (प्रकरण नं.१३) पुनरावेदक वादी तर्फवाटः विद्वान् अधिवक्ता श्री हरिचन्द्र सुवेदी प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत हेटौडाको मिति २०५८—९—१० गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्र्तगत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. सुका सहनी मलाहकी पत्नी म फिरादी सनकलीया मलाही हुँ र पती सुका सहनी मलाह र म फिरादी सनकलीया मलाहीनको दाम्पत्य जिवनवाट एक मात्र छोरा बिपक्षी विरवहादुर सहनीको जन्म भएको छ । विरवहादुर सहनीको पत्नी म फिरादी वच्चा देवी मलाहीन हुँ । पती ससुरा सुका सहनी मलाह आफनो काल गतीले परलोक भई सक्नु भएको र उपरोक्त परिवार एकसाथ संगोलमा वसी आएकोमा बिपक्षी विरवहादुर सहनी मलाहको नाउँ दर्ताको हामी समेतको अंश हक लाग्ने जिल्ला पर्सा गा.वि.स. अलौ वार्ड नं. २ कि.नं. २९० को ज.बि. ०–७–१० जग्गामा पुर्वतर्फवाट कित्ताकाट गराई कि.नं. ३०२ को ज.बि. ०–१–१० जग्गामा हाम्रो अंश हक मार्नको लागी बिपक्षीहरूले आपसमा मिलेमतो गरी हाम्रो मञ्जुरी विना दिने बिपक्षी विरवहादुर सहनी मलाह लिने बिपक्षी मोतीलाल मलाह भई मालपोत कार्यालय पर्साको र.नं. ६५४ मिति २०५५—५—१२ म