निर्णय नं. ७५७५ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि गरी पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५७५ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि गरी पाऊँ । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०५/२८ २६१४ निर्णय नं.७५७५ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत माननीय न्यायाधीश श्री परमानन्द झा २०५८ सालको रिट नं. .....३२६५ आदेश मितिः २०६२।५।२८।३ विषयः उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि गरी पाऊँ । रिट निवेदकः जिल्ला सप्तरी गा.वि.स. जण्डोल वडा नं. ५ वस्ने कमलप्रसाद श्रेष्ठ विरुद्ध विपक्षीः जिल्ला सप्तरी गा.वि.स. जण्डोल वडा नं. १ बस्ने मोती साफी धोवी समेत § अधिकारक्षेत्रको प्रयोग गर्दा बहुतै होसियार साथ गर्नुपर्ने । § अधिकारको अतिक्रमणले ऐनको प्रयोगमा ठूलो असर पर्न सक्ने । § एउटा कार्यालयलाई निर्णय गर्ने अधिकार दिइएको छ र त्यो निर्णय कार्यान्वयन गर्ने कार्यालयले कार्यान्वयनको कार्यसम्म गर्ने हो । कार्यान्वयन गर्ने कार्यालयलाई फैसला संशोधन गर्ने सम्मको अधिकार दिएको छ भन्न र मान्न नमिल्ने । § मालपोत कार्यालयको टिप्पणी आदेश र भूमिसुधार कार्यालयको चलन पूर्जिको निर्णय समेत कानूनसम्मत नभएकोले उक्त चलान पूर्जि र टिप्पणी आदेश निर्णय र त्यसवाट भएको कित्ताकाट समेत उत्प्रेषणको आदेशद्वारा वदर हुने । § भूमिसुधार कार्यालयले कानून बमोजिम फैसला संशोधन गर्नुपर्ने भए गरी दुवै पक्षलाई रोहबरमा राखी नरमकरम मिलाई कारवाही चलेको मिसिलवाटै निर्णय गरी कार्य सम्पन्न गर्नु भनि विपक्षी भूमिसुधार कार्यालय र मालपोत कार्यालय समेतका नाममा परमादेश जारी हुने । (प्रकरण नं.९) निवेदक तर्फवाटः विद्वान् अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का विपक्षी तर्फवाटः विद्वान् का.मु. नायवमहान्याधिवक्ता श्री पुष्पराज कोइराला अवलम्वित नजीरः आदेश न्या.वद्रीकुमार वस्नेतः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) बमोजिमज यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- २. मेरा नाम दर्ताको जिल्ला सप्तरी पंचायत जण्डोल वडा नं. १ कि.नं. ३९६ को ३–१२–७ जग्गा साविकमा कि.नं. ३५० थियो जुन भूमिसुधार कार्यालयको मिति २०३६—३—१२ को निर्णय बमोजिम मालपोत कार्यालय सप्तरीको मिति २०३६—३—१२ च.नं. ५४९६ को पत्रबाट उक्त कि.नं. ३५० कित्ता फोड भई पश्चिम तर्फबाट ०–७–१ जग्गा कि.नं. ३९५ कायम भई धिनाई चौधरी मोही जनिएको र पूर्व तर्फ कि.नं. ३९६ मा मेरा नाममा ३–४–१० जग्गा वावु गंगाप्रसाद नाउमा कायम भई श्रेष्ता कायम रहेको । यसरी २०३६—३—१२ देखि साविक कि.नं. ३५० वदर भई हाल कि.नं. ३९६ मा ३–४–१० मात्र जग्गा कायम भएकोमा विपक्षी मध्ये मोति साफीले साविक कि.नं. ३५० को ३—१२—७ मध्ये पूर्व उत्तर ०–१२–० जग्गाको मोही भएकोले मोही हक हिस्सा बुझाई पाँउ भनि भूमिसुधार कार्यालय सप्तरीमा निवेदन दिई कारवाही भै भूमिसुधार कार्यालय सप्तरीवाट २०५७—७—६ मा कि.नं. ३५० को ३–१२–७ मध्ये पूर्व उत्तर तर्फ ०–१२–० मध्ये उत्तर तर्फबाट आधा ०–६–० जग्गा मोती साफीका नाममा दा.खा हुने वाँकी ०–६–० जग्गा धनीका नाममा कायम हुने भनी निर्णय भएकोमा भूमिसुधार कार्यालय सप्तरीवाट च.नं. १७३७ मिति २०५७—७—२४ को पत्रवाट कि.नं. ३५० को पूर्व उत्तर तर्फको ०–१२–० मध्ये उत्तर तर्फबाट निर्णय बमोजिम ०–६–० दाखा गरी मोही लगत कट्टा गर्न लेखी गएकोमा मालपोत कार्यालय सप्तरीबाट कि.नं. ३५० कायम नरहेको कि.नं. ३९६ को ३–४–१० जग्गा कायम भएको र ट्रायल चेकबाट क्षेत्रफल समेत फरक