निर्णय नं. ७९६२ - झुठ्ठा बिबरण पेश गरी नागरिकता लिएको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९६२ - झुठ्ठा बिबरण पेश गरी नागरिकता लिएको भाग: ५० साल: २०६५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०४/१९ ४९१४ निर्णय नं.७९६२ ने.का.प. २०६५ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत् २०६१ सालको फौ.पु.नं. ३३२६ फैसला मितिः २०६५।४।१९।१ मुद्दाः झुठ्ठा बिबरण पेश गरी नागरिकता लिएको । पुरावेदक/वादीः देवनारायण शर्माको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला सुनसरी, देवानगंज गा.वि.स. वडा नं. ५ बस्ने रामचरण मेहता अघि फैसला गर्ने मा.न्या. श्री कमलचन्द्र नेपाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री बोधरीराज पाण्डे मा.न्या. श्री कृष्णप्रसाद बस्याल § वास्तविक रुपमा नै चिने जानेको आधारमा सिफारिश भै वास्तविक नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाऊन् भन्ने उद्देश्यले नै कानूनमा सम्बन्धित गा.वि.स. वा नगरपालिकाको सदस्यको सिफारिश गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो भन्न सकिन्छ । त्यसरी सम्बन्धित वडाका स्थानीय जनप्रतिनिधिले राम्ररी चिन्दछु, व्यहोरा जाने बुझेसम्म साँचो हो, झुठा ठहरे कानून वमोजिम सहुँला बुझाउँला भनी गरिदिएको दस्तखतका आधारमा त्यसप्रति विश्वस्त हुँदै सो फाराममा रहेको सिफारिश गर्नेको महलमा सिफारिशकर्ताले दस्तखत गरिने सामान्य प्रचलनको कुरा पनि हो । गा.वि.स. अध्यक्षका रुपमा रहेका व्यक्तिले आफू अन्तर्गतको वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिको विश्वासमा परी सिफारिश गरिदिएको कुरालाई निरपेक्ष रुपमा हेरिनु न्यायोचित नहुने । (प्रकरण नं.५) § कसूरदार ठहर गर्नु अघि प्रतिवादीको कार्यको साथ साथै मनसाय, अपराधको गाम्भिर्यता र सिफारिश गर्ने फाराममा सिफारिशकर्ताको Declaration लाई समेत हेर्नु पर्ने । (प्रकरण नं.७) § झुठा विवरणलाई जानी बुझी सिफारिश गरेको भन्ने प्रमाणित नभएको अवस्थामा सिफारिशकर्तालाई सजाय भागी बनाउन नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फवाटः सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः झमेली शर्मा र जगदेव शर्मा खास दाजु भाइ हुन्, झमेली शर्माको २ भाइ छोराहरुमा जेठा सुभाष शर्मा र कान्छा सुबोध शर्मा हुन् र जगदेव शर्माको ४ भाइ छोराहरुमा जेठा सत्यनारायण शर्मा, माईला म देवनारायण शर्मा, साईला तेज नारायण शर्मा र कान्छा मुन्ना शर्मा हुन् । विपक्षी सुभाष शर्माले आफ्नो पिता झमेली शर्मालाई बाबु बनाई जनता मा.वि. नरसिंगबाट अध्ययन गरी एस.एल.सी. सम्म उतिर्ण गरी सकेको छ । झमेली शर्माले नेपालको नागरिकता प्राप्त गर्न नसकेको र जगदेव शर्माले नेपाली नागरिकता प्राप्त गरेको हुँदा निज विपक्षी सुभाष शर्माले वडा बाबु जगेदव शर्मालाई पनि आफ्नो बाबु बनाई अनुसूची फारम तयार गरेको र निज विपक्षी जगदेव शर्माले पनि निज सुभाष शर्मालाई आफ्नै छोरा भनी अनुसूचिमा सिफारिश गरी स्थानीय गा.वि.स. प्रतिनिधिहरुले समेत सोही व्यहोरामा सनाखत गरी सुभाष शर्माले मिति २०५७।५।१ मा नं. ५५४११।५६४११ को नागरिकता प्रमाण पत्र लिएको हुँदा निजहरुले झुठ्ठा विवरण पेश गरी नागरिकता दिए लिएको हुँदा निज सुभाष शर्माको उक्त नं. को नागरिकता बदर गरी निज सनाखतकर्ता तथा सिफारिशकर्ता समेतलाई नेपाल नागरिकता ऐन, २०२० बमोजिम कारवाही गरी