निर्णय नं. ७९६३ - जालसाजी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९६३ - जालसाजी । भाग: ५० साल: २०६५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०४/१९ ३८५६ निर्णय नं.७९६३ ने.का.प. २०६५ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री बलराम के.सी. फौ.पु.नं.: ०६३–CR–०५३० फैसला मितिः २०६५।४।१९।१ मुद्दाः जालसाजी । पुरावेदक/वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ वस्ने मिलेन्द्र तुलाधर समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ उल्लेख गरी ऐ.ऐ. वडा नं. २७ बस्ने बिजिता तुलाधर समेत शुरु फैसला गर्ने मा.न्या. श्री आत्माराम भटृराई § कुनै पनि व्यक्तिको स्वास्थ्य स्थिति, निजको होश वेहोशको अवस्था, निजको शारिरीक अवस्था समेतको पहिचान (Diagnosis) गर्ने निकाय भनेको स्वास्थ्य संस्था नै हो, अन्यथा प्रमाणित नभएसम्म त्यस्ता संस्थाले दिएको Report को आधिकारिकतामा आशंका गरिनु नहुने । (प्रकरण नं.२) § होशमा रहेको र आफूले गरेको कार्य र परिणाम थाहा पाउने अवस्थामा रहेको व्यक्तिले शेषपछिको वकसपत्र गरिदिने इच्छा व्यक्त गरी प्रकृया अगाडि बढाएको अवस्थामा मालपोत कार्यालयका कर्मचारीले अन्यथा गर्न सक्ने अवस्था हुँदैन र रजिष्ट्रेशनको ११ नं. ले उनीहरुलाई त्यस्तो गर्ने अनुमति प्रदान गर्न नसक्ने । (प्रकरण नं.३) § नागरिक अधिकार ऐन, २०१२ को दफा १९ ले सरकारी कर्मचारी उपर मुद्दा चलाउनु अघि सो को सूचना दिनुपर्ने सम्मको व्यवस्थाले कुनै अधिकारको सिर्जना गर्ने नभै प्रकृया मात्र निर्धारण गरेको हुँदा त्यस्तो प्राबधानलाई दावीको विषयसँग वा अदालतको फैसलासँग जोड्नुपर्ने आधार र कारण नदेखिने । (प्रकरण नं.४) § कानूनले प्रदान गरेको अधिकारका आधारमा आफ्नो नाउँको र आफ्नो हक पुग्ने जति सम्पत्ति वकसपत्रको लिखतद्वारा दिने लिने गरी भएको कार्यले अरुको हक मेट्ने वा अरुलाई नोक्सान पार्ने भन्ने अवस्था नै हुँदैन र त्यस्तो कार्यलाई जालसाजीको संज्ञा दिन पनि नमिल्ने । § विवादित लिखतले आफ्नो नाम दर्तामा आउने सम्पत्ति भनी उल्लेख गरेको हुँदा विचाराधीन अंश मुद्दामा न्याय निरुपण गर्न त्यस्तो लिखतले अबरोध सिर्जना नगर्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री वच्चुसिंह खड्का प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(क) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- स्व.काजीरत्नका दुई छोराहरु मध्ये जेठा हामीहरुका पति पिता मणिकाजी र कान्छा विर्जेरत्न तथा अविवाहित दुई छोरीहरु लक्ष्मी र मंगलादेवी गरी ४ अंशियार रहेका, हामीहरुका पति पिता स्व. मणिकाजीले आफ्नो निजी आर्जनबाट खरिद गरी लिएको कित्ता नं. १९८ को जग्गा र सो मा बनेको घर समेतलाई सगोलको सम्पत्तिको संज्ञा दिई विपक्षी मध्येका बिर्जेरत्न, मंगलादेवी तथा लक्ष्मी तुलाधर समेतले दायर गरेको अंश मुद्दा काठमाडौं जिल्ला अदालतमा विचारणीय रहेको अवस्थामा लक्ष्मी तुलाधरले आफ्नो नाम दर्तामा आउने सम्पूर्ण चल अचल श्री सम्पत्ति समेत विपक्षी विजिता र विम्बी तुलाधरले पाउने गरी मिति २०६१।२।११ मा शेषपछिको वकसपत्रको लिखत गरी दिएकी रहिछन् । निज लक्ष्मी तुलाधरको मिति २०६१।२।१५ गते मृत्यु भएको हो । मृत्यु हुनु अघिदेखि नै निज सिकिस्त विरामी परी उपचारार्थ अस्पताल भर्ना भएको र अस्पतालबाट डिस्चार्ज नभै अस्पतालमा नै मृत्यु हुनु ४ दिन अघ