निर्णय नं. ९२३३ - रिसवत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२३३ - रिसवत भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०६/०१ ५२०९ नेकाप २०७१, अङ्क ८, नि.नं.९२३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।६।१।४ २०६९-CR-००५३ मुद्दा : रिसवत । पुनरावेदक/प्रतिवादी : भोजपुर जिल्ला, गोगने गा.वि.स. वडा नं. ५ बस्ने पुष्करराज नेपाल विरूद्ध प्रत्यर्थी/वादी : अनुसन्धान अधिकृत, गणेशचन्दको प्रतिवेदनले नेपाल सरकार § प्रतिवादी पुष्करराज नेपालले सूर्यमान श्रेष्ठबाट धरौटी लिन आदेश पर्चा खडा गरेको र सो आदेश पर्चाबाट रू. ५०,०००।- धरौटी माग गरेकोले सोही धरौटी बापतको रकम अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीले बरामद गरेको र सो रकम धरौटीको रकम हो भनी प्रतिवादी पुष्करराज नेपालले भनेको भनी बरामद गर्ने प्रहरी नायब उपरीक्षक गणेश चन्दले विशेष अदालतमा बकपत्र गरेको देखिँदा प्रतिवादीबाट बरामद भएको रू. ५०,०००।- घुसको लागि लिएको नभै सूर्यमान श्रेष्ठबाट धरौटी माग गरेको र निजको सहयोगी सन्तोष स्याङताङले सो रकम दाखेल गर्न ल्याएको धरौटीको रकम रू. ५०,०००।- देखिएको हुँदा प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिनुपर्ने । (प्रकरण नं.८) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, कृष्ण सापकोटा र विद्वान् अधिवक्ता जयनारायण पौडेल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता कृष्णमोहन कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : § वैदेशिक रोजगार ऐन, २०६४ को परिच्छेद १० को दफा ६१(१) सुरू तहमा फैसला गर्ने : अध्यक्ष मा.न्या.श्री गौरीबहादुर कार्की मा.न्या.श्री ओमप्रकाश मिश्र मा.न्या.श्री केदारप्रसाद चालिसे फैसला न्या.दीपकराज जोशी : विशेष अदालत, काठमाडौंको मिति २०६८।११।१५ गतेको फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : सूर्यमान श्रेष्ठ र म साझेदार भई ट्रिपल एस ट्राभल्स सञ्चालन गर्दै आउँदाको क्रममा सूर्यमान श्रेष्ठले केही व्यक्तिहरूको श्रम स्वीकृति निकाल्न सहयोग गरिदिएकोमा ती व्यक्तिहरू विदेश जाने क्रममा यु.ए.ई.को विमानस्थलमा अलपत्र परेको भन्ने जानकारीको आधारमा सूर्यमान श्रेष्ठलाई वैदेशिक रोजगार विभागको उजुरीले अनुसन्धान भैरहेको अवस्थामा त्यहाँ कार्यरत पुष्करराज नेपालले रू.५०,०००।- दिए साधारण तारिखमा छाडी दिन्छु धरौटी राख्नु पर्दैन भनेको थियो । सूर्यमान श्रेष्ठ पक्राउ परी आउनासाथ हिरासतमा राख्न महानगरीय प्रहरी परिसर हनुमान ढोकामा पठाएकोमा फेरि निज पुष्करराज नेपालले मलाई रू. ५०, ०००।- दिने भए सूर्यमान श्रेष्ठलाई आजै साधारण तारिखमा छाडी दिन्छु भनी घुस (रिसवत) को प्रस्ताव गरेकोले मैले आज निवेदनसाथ पेस गरेको नोटहरू यस आयोगबाट प्रमाणित गरी निज पुष्करराज नेपाललाई दिन मलाई नै फिर्ता पाउँ भन्नेसमेत व्यहोराको उजुरीकर्ता सन्तोष स्याङताङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मिति २०६७।९।१६ मा उजुरी दिएको देखिएको । रू. १००० दरका ४९ वटाको हुने रू. ४९, ०००।- र रू. ५०० दरका २ वटाको हुने रू.१,०००।- समेत जम्मा रू. ५०,०००।- रूपैँया अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमाणित गरी सन्तोष स्याङताङलाई दिएको विवरण मुचुल्का मिसिल सामेल रहेको । म र सूर्यमान श्रेष्ठ भई साझेदारमा ट्राभल एजेन्सी सञ्चालन गरी बसेका छौँ । त्यसै क्रममा मेरो साथी सूर्यमान श्रेष्ठले वैदेशिक रोजगारक