निर्णय नं. ७९६६ - निर्णय बदर अपुताली हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९६६ - निर्णय बदर अपुताली हक कायम । भाग: ५० साल: २०६५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०५/२३ ४११५ निर्णय नं.७९६६ ने.का.प. २०६५ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०६० सालको दे.पु.नं..........८६९६ फैसला मितिः २०६५।५।२३।२ मुद्दाः निर्णय बदर अपुताली हक कायम । पुनरावेदक प्रतिवादीः विदेश भारत, जिल्ला पश्चिम चम्पारण थाना मंगहा अन्तर्गत ग्राम मंगहा प्रतापपुर घर भई हाल जि. पर्सा, भीखमपुर गा.वि.स वडा नं. ६ बस्ने वीरेन्द्र राम विरुद्ध प्रत्यर्थी वादीः विदेश भारत,जिल्ला पश्चिम चम्पारण ग्राम खम्हिया घर भै हाल जि.पर्सा, गा.वि.स घोडादौडा पिप्रा वडा न. १ बस्ने ठग महरा(राम) चमार शुरु फैसला गर्नेः मा.न्या. श्री जगन्नाथ ढकाल पुनरावेदन फैसला गर्नेः मा.न्या श्री विनोदप्रसाद ढुंगेल मा.न्या.श्री गोविन्दकुमार उपाध्याय § निर्णय मितिबाटै ऐनका म्यादभित्र वादीको फिराद परेकोलाई हदम्याद नघाई फिराद दायर गरेको भन्न नमिल्ने । § अपुतालीमा हकै नपुग्ने व्यक्तिले निर्णय गराई अपुतालीको सम्पत्ति नामसारी गराउँदैमा अपुताली परेको मितिबाटै अपुताली हक कायम तर्फ नालिश दिनु पर्छ भनी अर्थ गरी हकै नपुग्नेले दावी गरी गराएको अनधिकृत कार्यलाई कानूनी मान्यता दिन समेत नमिल्ने । § प्रचलित कानुन बमोजिम आफ्नो हक पुग्ने अपुतालीको सम्पत्ति हकै नपुग्ने व्यक्तिले आफ्नो नाममा दर्ता गराउने गरी निर्णय गरेको छ भने सो मितिबाटै त्यस्तो निर्णय बदर तर्फ नालिश गर्ने हदम्याद शुरु हुन जान्छ र उक्त म्यादभित्र परेको नालिश उपर न्यायिक निरोपण गरी ईन्साफ गर्नुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री सतीशकुमार झा, प्रशन्न कृष्ण दास प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री मोहम्मद सेख अव्वास शंकर कुमार निरौला अवलम्वित नजीरः फैसला न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत, हेटौंडाको मिति २०६०।२।१९ को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छ :– बाजे जयराम राम चमारकी २ छोरा जेठो मेरो पिता फौजदार राम चमार र कान्छो जगरनाथ महरा हुन् । फौजदार महराको एक मात्र छोरा म फिरादी हुँ । काका जगरनाथको कुनै सन्तान छोरा छैनन् । बाजे, पिता, काका र निजहरुको पत्नी समेत स्वर्गबास भइसकेका छन् ।काका काकीको जीवनकाल भरी सेवा, टहल, रेखदेख र मृत्यु पश्चात क्रिया श्राद्ध समेत मैले नै गरी काका जगरनाथका नाउँ दर्ताको जि.पर्सा घोडादौडा पिप्रा वडा नं. १ कि.नं. ६ को ०–१८–१५ जग्गा मलाई अपुताली परी म भारतीय भएकोले काकाको नाउँको उक्त जग्गा मेरो नाउँमा नामसारी दर्ता हुन नसक्ने भएको र अदलको ३ न. अनुसार नेपाली नागरिकलाई विक्री गर्न सकिने भए पनि एकमात्र म हकदार भई मेरो हकमा कुनै विवाद नभएकोले हक भोग गर्दै आएको छु । कुनै बिबाद थिएन । विपक्षीले मलाई नोक्सान पुर्‍याउँने उद्धेश्यले विपक्षीले मेरो काका जगरनाथको नाति (छोरीको छोरा) बनी झुठ्ठा र जालसाजी व्यहोरा उल्लेख गरी आफु हुँदै नभएको किर्ते नाति बनी स्व.काकाको नाउँको मेरो अपुताली हक भोगको जग्गा आफ्नो नाउँमा अदलको ३ न. अनुसार नेपाली व्यक्तिलाई हक हस्तान्तरण गरी पाउँनको लागि झुठ्ठा र जालसाजी व्यहोराको निबेदन र जालसाजी सिफारिश समेत जि.वि.स सभापतिबाट गराई उक्त जग्गा विपक्षीको नाउँमा अपुता