निर्णय नं. ७९६७ - अपुताली अंश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९६७ - अपुताली अंश । भाग: ५० साल: २०६५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०१/०४ ४८४९ निर्णय नं.७९६७ ने.का.प. २०६५ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०५८ सालको दे.पु.नं.–८७०६ फैसला मितिः २०६५।१।४।४ मुद्दा :– अपुताली अंश । पुनरावेदक/वादीः जिल्ला बर्दिया, धधवार गा.वि.स.वडा नं.४ बस्ने खुइती थरुनी समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला बर्दिया, धधवार गा.वि.स.वडा नं.१ बस्ने श्रीराम थारु समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्रीतेजबहादुर के.सी. पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री धीरेन्द्रबहादुर विष्ट मा.न्या.श्री कृष्णप्रसाद बस्याल § प्रत्यक्ष रुपमा अंश नपाउने व्यक्तिले अप्रत्यक्ष रुपबाट पनि अंश प्राप्त गर्न सक्दैन । अर्थात् अंशलाई अपुतालीको माध्यमबाट प्राप्त गर्न नसकिने । § अपुतालीको हक प्राप्त गर्न कुनै सम्पत्तिमा जो व्यक्तिको अपुताली परेको भन्ने दावी छ, उसको स्वामित्व कायम भइसकेको हुनुपर्ने । § अपुताली पाउनेले अपुताली प्राप्त गर्ने हकको आधारमा मरिसकेको अंशियारलाई अंश दिलाउन वा अंशको दावी गर्न नपाउने । § अंश लिई भिन्न नहुँदै परलोक भएपछि छोरा नहुने र ३५ वर्षकी अविवाहिता छोरी नहुने त्यस्ता अंशियारहरुको अंशहक निजहरुको देहावसान सँगै समाप्त भइसकेको मान्नु पर्दछ । त्यस्तो पैतृक सम्पत्ति विवाहिता छोरीहरुमा वण्डा लाग्ने अवस्था नै नआउने । § बाबु आमाको अंश नै कायम भई नसक्दै विवाह भै आ–आफ्नो घर गैसकेको छोरीहरुले बाबु वा आमाको अपुतालीमा दावी गर्न पाउने अवस्था नहुने । (प्रकरण नं.५) पुनरावेदक/वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी प्रत्यर्थी/प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री गोपालकृष्ण घिमिरे अवलम्वित नजीरः आदेश न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०५८।१।१९ को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः– बाजे पुरन थारुका ३ छोराहरुमा जेठा स्वर्गीय देवारी थारु, माहिला हामी फिरादीका बाबु स्वर्गीय बाजी भन्ने बाझी थारु तथा कान्छा प्रतिवादी मध्येका चमारी थारुको जायजन्म भएको । जेठा देवारी थारुबाट एकमात्र छोरा प्रतिवादी मध्ये श्री राम थारु, माईला बाजी थारुबाट ३ छोरीहरुको जायजन्म भएको, जेठी वुधनी, माईली खुइती तथा कान्छी राम बसनी थरुनी हुन् । जेठी वुधनी थरुनी आफ्नो कालगतिले पहिले नै परलोक हुनु भएको, साथै बाजी थारुको २०१८ सालमा र आमा गोलिया थरुनीको मिति २०५१।२।१६ मा विपक्षीहरुसँग रीतपूर्वक वण्डा नभएको अवस्थामा परलोक भएको । यसरी बाबु आमाको मृत्युपछि बाबु आमाको अंशभाग विपक्षीहरुसँग माग गर्दा आज भोलि भन्दाभन्दै नदिएकोले मिति २०३१।३।१ सम्मको चल अचल श्री सम्पत्तिको मुलुकी ऐन अंशवण्डाको १, २, ३, ५ तथा अपुतालीको १, २ नं.बमोजिम सम्पूर्ण सम्पत्तिको ३ भाग लगाई १ भाग बाबु बाजी थारुको अंश भाग हामी फिरादीहरुलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको मिति २०५३।४।१५ को फिरादपत्र । मुल पुर्खा पुरन थारुका ३ छोराहरुमा जेठा छोरा देवारी थारु, माइला बाजी थारु र कान्छा चमारी थारु हो । जेठो देवारीको छोरा म श्रीराम थारु हुँ । माइला बाजी थारुले गाउँकै जिरवा थारुको स्वास्नी गोलिया थरुनीलाई ल्याई निजबाट तीन छोरीहरु जन्मीई, बाजी थारुको पहिलै नै मृत्यु भइसकेको र भ