निर्णय नं. ७९६८ - जवरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९६८ - जवरजस्ती करणी भाग: ५० साल: २०६५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०३/११ ५२९६ निर्णय नं.७९६८ ने.का.प. २०६५ अङ्क ५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संवत् २०६३ सालको फौ. पु.नं. ०४०९ फैसला मितिः २०६५।३।११।४ मुद्दा : जवरजस्ती करणी पुनरावेदकः गण्डकी अञ्चल तनहु जिल्ला व्यास नगरपालिका वार्ड नं. ८ घर भै हाल कारागार शाखा तनहुमा थुनामा रहेको सुक वहादुर कुमाल विरुद्ध विपक्षीः ख कुमारको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि. न्या श्री नवराज उपाध्याय पुनरावेदन फैसला गर्नेः मा.न्या श्री क्रृषिराज जोशी मा.न्या. श्री देवेन्द्र राज शर्मा § उमेर नपुगेकी अवोध वालिका उपर प्रतिवादीवाट भएको यौन सम्वन्धी आक्रमण (Sexual Assault) निर्दयी र लज्जित प्रकारको कार्य मनसायपूर्वक (Mens rea) र पूर्ण अपराधजन्य मनसायवाट वालिका उपर गरिएको कार्य अशिष्ट आक्रमण (Indecent Assault) मुलुकी ऐन जवरजस्ती करणीको महलको १ बमोजिम sexual offence भित्र पर्ने । § प्रतिवादीको मानसिक असन्तुलन भए रहेको अवस्था समेत नदेखिएको, अदालत समक्ष निजले डर त्रास र कुटपिट गरी सावित रहेको भनी जिकीर लिएतापनि सो कुराको पुष्टी गर्न नसकेको, आफ्नो sexual desire लाई पुरा गर्न वालिकाको Hymen सँग लिङ्ग पुर्‍याएको वा योनीको वरीपरी घर्षण गरेको भन्ने देखिएको, वालिकाको कट्टु र प्रतिवादीको शरिरिक परिक्षणवाट वीर्य स्खलन भएको देखिएको अवस्थामा जवरजस्ती करणीको १ नं. अनुसार जवरर्जस्ती करणीको वारदात कायम हुन पर्याप्त हुने । (प्रकरण नं.७) § प्रतिवादीले प्रहरी समक्ष गरेको वयानलाई जाहेरवाला पीडितको आमा, स्वयं पीडित वालिकाले गरेको वकपत्र र चिकित्सकले दिएको रायवाट अपराधको पुष्टी भएको अवस्थामा जवरजस्ती करणीको महलको १ नं. को कसुरमा ऐ. ३ नं. को देहाय १ नं. वमोजिम कैद वर्ष १२ र ऐ. महलको १० नं. ले प्रतिवादीको आधा अंश समेत पीडितले पाउने । (प्रकरण नं.८) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री शान्ति खनाल र रवि खनाल विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री सूर्यराज दाहाल अवलम्वित नजीरः ने.का.प.२०६३, नि.नं.७६८२, पृष्ठ ४६२ र ने.का.प.२०६३, नि.नं. ७६५२, पृष्ठ २३६ फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पोखराको मिति २०६३।८।१७ मा भएको फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ वमोजिम प्रतिवादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर निम्न प्रकार छ :- मिति २०६२।४।१४ गते दिन मेरो ३ वर्ष ६ महिनाकी छोरी क वालिकालाई सुक वहादुर कुमालले वाराही मा.वि. को कोठामा लगि जवरजस्ती करणी गरेकोले कानून वमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको ख कुमारको जाहेरी दरखास्त । मिति ०६२।४।१४ गते म विद्यालय सरसफाई गर्न भनी आएको थिएँ कक्षा ४ को कोठा सफाई गरीरहेको अवस्थामा क वालिका आएकी र मैले सेतो चक दिई फकाएँ, मेरो लिङ्ग उत्तेजित भयो र मैले निलाई कुर्ची माथी राखी म तल भई निजले लगाएको रातो रङ्गको सुरुवाल खोली मेरो उत्तेजित लिङ्गनिजको योनिमा लगि जोडेको हुँ र घर्षण गरेको हुँ विर्य खसाली दिएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी सुक वहादुर कुमालको अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान कागज । मिति २०६२।४।१४ गते वाराही मा.वि.को कक्षा ४ को कोठामा जाँदा सुक वहादुर कुमालले मलाई सेतो चक दिई कुर्चीमा राखी आफू तल भई मेरो रातो रङ्गको सुरुवाल तल झारी