निर्णय नं. ७९६९ - उत्प्रेषणमिश्रित परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९६९ - उत्प्रेषणमिश्रित परमादेश । भाग: ५० साल: २०६५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०५/१९ ५८८६ निर्णय नं.७९६९ ने.का.प. २०६५ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०६५ सालको रिट.नं. –––००४८ आदेश मितिः २०६५।५।१९।५ विषयः– उत्प्रेषणमिश्रित परमादेश । निवेदकः जिल्ला नवलपरासी पाल्ही गा.वि.स.वार्ड न. ५ बस्ने ओमप्रकाश पटेल विरुद्ध विपक्षीः राष्ट्रिय दलित आयोग ढुंगेधारा नयाँ बानेश्वर समेत § छात्रवृत्तिको लागि अध्ययन गर्न पाउने मौकावाट निवेदकलाई वन्चित गर्ने गरी निजको विरुद्धमा गरिएको निर्णयको वारेमा कुनै थाहा जानकारी र सो प्रमाणपत्र रद्द हुने व्यहोराको कारण र आधार सहितको सूचना नदिई सो प्रमाण पत्र रद्द गर्ने र निजलाई अध्ययन गर्नबाट वन्चित गर्न मिल्ने हुँदैन । त्यस्तो सूनुवाई विना गरिएको निर्णय प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल हुन जान्छ । प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल भएको विपक्षीहरुको त्यस प्रकारको काम कारवाहीले कानूनी मान्यता पाउने भन्न नमिल्ने । (प्रकरण नं.४) § एक पटक दिई सकेको प्रमाणपत्रलाई पुनः छानविन गर्ने भन्ने नाममा स्पष्ट अधिकार क्षेत्र नभएको अवस्थामा आँफैले वदर गर्न नमिल्ने र निवेदकलाई असर पर्ने कुरामा निजलाई नवुझी निर्णय गरेको देखिए समेतवाट राष्ट्रिय दलित आयोगको निर्णय एवं छात्रवृत्ति शाखाको सूचना समेतका काम कारवाही उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्रकरण नं.५) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री शम्भु थापा श्री कमल नारायणदास, सतिस कुमार झा विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ताहरु श्री डालवहादुर विश्वकर्मा, श्री देशवहादुर सार्की, श्री अर्जुनकुमार वगाले र श्री महेशनारायण दास अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं १०७ (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर निम्न प्रकार छ :– म निवेदक यसै मुलुकको मदेशी मूलको दलित वर्गमा पर्ने तत्मा (दास) जातीको नागरिक हुँ । चिकित्साशास्त्रको अध्ययनको लागि वर्षै पिच्छे प्रदान गरिदै आएको छात्रवृत्तिकोटा अन्तर्गत प्रकाशित सूचनाको ढाँचामा दरखास्त फारम भरी परिक्षामा सम्मिलित भै प्रकाशित नतिजा सूचीमा दलित मेरिट लिष्टको क्र.सं. २ रोल नं. १८८१ ओम प्रकाश पटेल प्राप्ताङ्क ७८.९५५० रहेको भनी दलित समुदायको दोश्रो स्थानमा हुँदा छात्रवृत्ति पाउने निश्चित भई वसेको थिएँ । यसै बीच राष्ट्रिय दैनिक पत्रिकामा २०६५।२।१ गते प्रकाशित छात्रवृत्ति छनौट परिक्षाको नतिजामा दलित तर्फ २ योग्यता क्रममा नाम रहेकोमा ओम प्रकाश पटेल दलित समुदायको तत्मा जाति नभएको र गा.वि.स.वाट झुट्टो विवरण सिफारिश गरार्ई जातीय प्रमाणपत्र लिएको ठहर भएको भनी जातिय प्रमाणपत्र रद्द गरिएको व्यहोरा खुलाई आएकोले निज ओम प्रकाश पटेलको नाम हटाईएको भन्ने सार्वजनिक सूचना प्रकाशन गरी मलाई सो निर्णयको जानकारी नगराई सुनुवाईको मौका समेत नगरी मेरो चिकित्सा शास्त्र अध्ययनको लागि छात्रवृत्ति सुविधाको हक अतिक्रमण भएकोले मिति २०६५।३।२६ को पत्र, मिति २०६५।४।११।७ को सूचना समेत वदर गराउन अन्य उपचार समेत नहुँदा यो निवेदन लिई अदालतको शरणमा पर्न आएको छु । प्र.नं. १ को २०६५।३।२६ को च.न. ४६५ को पत्रको आधारमा योग्यताक्रमवाट हटाईएको भनिएको प्र.नं. १ को के कुन मितिको कस्तो निर्णय भएको थियो ? सूचना मौन रहेको र नक्कल माग गर्दा