निर्णय नं. ७९७० - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९७० - उत्प्रेषण । भाग: ५० साल: २०६५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/०३/०३ ६१२३ निर्णय नं.७९७० ने.का.प. २०६५ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्वत् २०६४ सालको रिट नं. ००२६ आदेश मितिः २०६५।३।३।३ बिषयः– उत्प्रेषण । निवेदकः शंकरप्रसादको नाति रामकृष्ण पौडेलको छोरा जि. चितवन भरतपुर न.पा. वडा नं. १० बस्ने बर्ष ३४ को रविन निश्चल भनिने रविन कुमार पौडेल को अ.वा. ऐ. ऐ. वडा नं. ५ बस्ने बर्ष ३९ को मानसिंह लामा विरुद्ध विपक्षीः पुनरावेदन अदालत पाटन, ललितपुर समेत § कानूनले पर्याप्त आधार र कारण खोली स्पष्ट शव्दमा सुनुवाईको मौका प्रदान गर्नुपर्ने कुरालाई वाहेक (Exclude) नगरे सम्म कारणीलाई खोज तलास गरी सुनुवाईको मौका प्रदान नगरी गरेको कुनै पनि कार्यले न्यायीक मान्यता प्रप्त गर्न नसक्ने । § सुनुवाईको मौका प्रदान गर्नुपर्ने वा नपर्ने सम्वन्धमा कुनै कानून मौन रहन्छ भने पनि यदि गर्न लागेको कारवाहीवाट कसैको हक अधिकार वा सुविधामा प्रतिकूल असर पर्ने रहेछ भने कारणीलाई खोजतलास गरी सुनुवाईको मौका प्रदान गर्नुपर्ने । § प्राकृतिक न्यायको सिद्धान्त र सुनुवाईको मौका समानताको हककै एक हिस्सा मानिने हुनाले अदालतमा न्याय प्राप्तिको लागि आउने एक पक्षको दावीका सम्वन्धमा निर्णय गर्दा प्रत्यक्ष रुपले प्रभावित हुने अर्को पक्षलाई कानूनले पर्याप्त आधार र कारण खोली सुनुवाईको मौका दिनु पर्दैन भनी वाहेक गरेको अवस्थामा वाहेक सुनुवाईको मौका नदिनु समानताको सिद्धान्त विपरीत हुन जाने । (प्रकरण नं.१२) § सम्वन्धविच्छेद मुद्दा संक्षिप्त कार्यविधि अन्तर्गत दण्ड सजायको १२ नं. ले हुने सजायको हदको कारणवाट हेरिने गरी आएकोमा हाल परिवर्तन भएको र अंशवण्डा गर्दा सामान्य कार्यविधि अन्तर्गत कारवाही गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्था भएको र सम्वन्धविच्छेद मुद्दामा अंशवण्डा गर्नुपर्ने कार्य अभिन्न रुपमा गाँसिएर रहन आएको अवस्थामा केवल संक्षिप्त फौज्दारीमा दर्ता भई कारवाही भैरहेको वा मुद्दा पेशीमा चढी प्रमाण मुकरर आदेश समेत भैसकेको भन्ने मात्र आधारलिई निवेदकलाई प्राकृतिक न्यायको सिद्धान्त समेत विपरीत हुने गरी कानूनी व्यवस्थामा भएको परिवर्तन पछिको अवस्था तर्फ अलिकति पनि ध्यान नदिई सुनुवाईको मौकावाट वन्चित गर्नु कानून र न्यायका मान्य सिद्धान्त अनुकुल देखिन नआउने । (प्रकरण नं.१३) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः उपस्थित विद्वान अधिवक्ता उद्धवप्रसाद चौलागाई अवलम्वित नजीरः आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७ (२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :- उपरोक्त विपक्षीले म उपर सम्वन्धविच्छेद गरिपाऊँ भनी सम्मानित भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरी उक्त मुद्दामा मेरा नाउँको म्याद मिति २०६३।११।६ गते तामेल भएको थियो । उक्त म्यादै भित्र आफ्नो भएको व्यहोरा सहितको प्रतिउत्तर पत्र लिई उपस्थित हुनु पर्नेमा विरामी परी उक्त शुरु म्याद गुज्रन गएको म्याद उक्त मुद्दामा अंश समेत जोडिइ आउने भएको हुँदा ३० दिन पाउछ भनी गुज्रन गएको म्याद थामी प्रतिउत्तर पत्र दर्ता गर्न मिति २०६३।१२।२५ मा भक्तपुर जिल्ला अदालतमा जाँदा श्रेष्तेदारज्यूबाट त्यसै मितिमा जिल्ला अदालत नियमावली २०५२को नियम १५(२) वमोजिम दरपिठ गरी दिनु भएकोले ऐ ऐ को नियम १३ वमोजिम उक्त श्रेष्तेदारबाट भएको वेरितक