निर्णय नं. ७९७४ - भ्रष्टाचार (नक्कली प्रमाणपत्र) ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९७४ - भ्रष्टाचार (नक्कली प्रमाणपत्र) । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०५/०५ ९१४५ निर्णय नं.७९७४ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत् २०६५ सालको फौ.पू.ई.नं.०६५–CF–००२४ आदेश मितिः २०६५।५।५।५ मुद्दाः भ्रष्टाचार (नक्कली प्रमाणपत्र) । पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला गोंगबु गा.वि.स. वडा नं. ४ नयाँ बसपार्क बस्ने तारा राजभण्डारी (कार्की) विरुद्ध प्रत्यर्थी/वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट भानुभक्त निरौलाको प्रतिवेदनले नेपाल सरकार अघि फैसला गर्नेः मा. अध्यक्ष श्री तपबहादुर मगर मा.सदस्य श्री गोबिन्दप्रसाद पराजुली मा. सदस्य श्री भूपध्वज अधिकारी § अपराध हुनलाई अपराधिक कार्य(Actus Reus) र अपराधी मन (Mens Rea) दुबै आवश्यक हुने। (प्रकरण नं.४) § पेश भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा वहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेश नगरेको भन्ने भएकोमा पेश गर्न आवश्यकै नभएको सर्टिफिकेट नक्कली बनाई पेश गर्ने कार्य पछाडि ओहदा सम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने अपराधिक अभिप्राय वा उद्देश्य (Mens Rea) रहेको स्पष्ट देखिन आउँदा नक्कली प्रमाण पत्र पेश गर्ने कार्यमा अपराधिक कार्य (Actus Reus) र अपराधिक मन वा उद्देश्य (Mens Rea) समेतका दुवै तत्व समावेश भएको देखिने । (प्रकरण नं.५) § पेश भएको प्रमाणपत्रबाट लाभ लिएको वा नलिएको भन्ने कुराको विचार भई माथिल्लो पदमा वढुवा प्राप्त गर्नको लागि समेत विवादको प्रमाणपत्रको कुनै प्रयोजन हुने नदेखिएको स्थितिमा प्रतिवादीलाई अभियोग वमोजिम कसूरदार ठहर गर्न उपयुक्त र न्यायोचित नदेखिने भनी सफाई दिने ठहर्याएको संयुक्त इजलासबाट भएको रुलिङसँग यो इजलास सहमत हुन नसक्ने। (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री वावुराम कुंवर र भिमार्जुन आचार्य प्रत्यर्थी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार यस अदालतमा पुनरावेदन परी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) वमोजिम पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- तारा राजभण्डारी (कार्की) ले बढुवा नियुक्ति हुने उद्देश्यले पेश गरेको विहार विद्यालय परीक्षा समिति, पटनाबाट सन् १९८७ मा रोलकोड ३२१७ सि.नं. ३१२ वाट एस.एल.सी. (हाइस्कूल) परीक्षा पास गरेको छानविनको सिलसिलामा उच्च माध्यमिक शिक्षा परिषद सानोठिमी भक्तपुर मार्फत प्रमाणिकरणको लागि लेखी पठाउँदा विहार विद्यालय परीक्षा समिति, पटना, भारतको सत्यापन पत्रांक ४२० दिनांक ०१।०९।००३ को पत्रसाथ प्राप्त विवरणको सि.नं. २५ मा परीक्षार्थीका नाम तारा राजभण्डारी कार्की, रोल ३२१७–३१२–८७ (A) उल्लेख गरी कैफियत महलमा ”समिति अभिलेख से मिलान के क्रम मे वर्णित कोड, क्रमांक एवं वर्ष के पुरे प्रविष्टि मे भिन्नता है ” भनी लेखी आएको विवरण उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी, भक्तपुरको च.नं. १३, मिति २०६०।५।२५ को पत्रसाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त हुन आएको । म नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा तेश्रो तह टाईपिष्ट पदमा कार्यरत छु । मैले टेष्ट परीक्षा नेपाल यु