निर्णय नं. ७९७५ - लेनदेन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९७५ - लेनदेन । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०५/१२ ४२८० निर्णय नं.७९७५ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०६५ सालको दे.पु.ई.नं.०६४—DF....००३१ आदेश मितिः २०६५।५।१२।५ मुद्दाः—लेनदेन । पुनरावेदक वादीः भुटनमण्डल मघैया धानुक विरुद्ध प्रत्यर्थी प्रतिवादी मधुरीप्रसाद यादव § तामेली शब्दले मुद्दामा निर्णय गर्ने अवस्था नपरी भईरहेको कारबाहीलाई तत्कालका लागि स्थगित गर्ने वा सुरक्षित (Reserve) राख्ने कार्यलाई जनाउने हुँदा त्यसरी तामेली राखिएको मुद्दाको कारवाही कुनै खास प्रमाणको उपलब्धतामा वा खास अवस्थामा पुनः जगाई पूर्ववत रुपमा उठान गरी त्यस्तो मुद्दाको विवादित प्रश्नको न्यायिक निर्णयद्धारा निरोपण गर्न सकिने। (प्रकरण नं.५) § संयुक्त इजलासबाट मुद्दा तामेलीमा राख्ने आदेश गर्दा मुद्दाको तथ्यभित्र प्रवेश गरी विवादको निरुपण गरेको नभई भरी पाउने रकम बुझी लिइसकेको भनी निवेदन परेकोले बाँकी कारवाही गरिरहनु नपर्ने भई तामेली राखिएकोमा पछि निवेदन परी मुद्दाको तथ्यबाट पूर्व तामेली आदेश कार्यान्वयन हुन नसक्ने परिस्थिति उत्पन्न भएकोले मुद्दामा न्यायिक निरुपण नै गर्नुपर्ने भई समान स्तरको संयुक्त इजलासले तामेलीबाट जगाई कारबाही गर्ने गरी आदेश गरेको अवस्था हुँदा उक्त तामेली जगाउने गरी भएको संयुक्त इजलासको आदेशबाट पूर्व संयुक्त इजलासको निर्णयको अस्तित्व नै परिर्वतन हुने गरी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ५ बमोजिम अधिकार क्षेत्रात्मक त्रुटी भए गरेको मान्न नसकिने । (प्रकरण नं.११) § एउटा संयुक्त इजलासले तामेलीमा राख्ने गरी गरेको आदेश भएकोमा समस्तरको अर्को संयुक्त इजलासले आधार र कारण सहित तामेलीबाट जगाई बाँकीं कारवाही गर्ने गरी आदेश गर्न कुनै कानुनी बाधा रहेको नदेखिने । (प्रकरण नं.११) § मुद्दाको तथ्यभित्र प्रवेश गरी गरेको एउटा संयुक्त इजलासको निर्णय वा अन्तिम आदेश अर्को संयुक्त इजलासबाट बदर हुन नसक्ने तर मुद्दाको निर्णय गुर्नपर्ने प्रश्नमा प्रवेश नै नगरी मुद्दाको कारवाही तामेलीमा राख्ने आदेश भएकोमा सो आदेशबाट तामेलीमा रहेको मुद्दालाई जगाउने गरी अर्को समानस्तरको इजलासले आदेश गर्न सक्ने । (प्रकरण नं.१२) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सुनिलकुमार पोखरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरःने.का.प. २०६४, अंक ४, निर्णय नं. ७८३१, पृष्ठ ३९७ आदेश यसमा पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री सुनिल कुमार पोखरेलले गर्नु भएको बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा शुरु सप्तरी जिल्ला अदालतले वादीले प्रतिवादीवाट लेनदेनको सावाँ व्याजको विगो रु.३५,५९३।२० र कोर्ट फी रु.१४४३।०१ समेत भरी पाउने ठहर गरेको फैसला पुनरावेदन अदालतवाट केही उल्टी गरी रु.२,९३०।—मात्र भरी पाउने ठहर गरे उपर पुनरावेदक वादीको यस अदालतमा पुनरावेदन परी मिति २०५७।२।१६ मा प्रत्यर्थी झिकाउने आदेश समेत भएको देखिन्छ । कारवाहीयुक्त अवस्थामा रहेको प्रस्तुत मुद्दामा विपक्षी मधुरीप्रसाद यादवले दावी बमोजिमको रु.३७,००३।२० बुझाएर रोक्का रहेको जग्गा फुकुवा गराई सकेको भन्ने समेत व्यहोराको पुनरावेदकको वारेश इन्द्रदेव मण्डलले मिति २०६०।१०।५ मा इजलास समक्ष निवेदन गरेको देखियो । दावीको सावाँ व्याजको रकम प्रतिवादीवाट घरसारमा बुझ