निर्णय नं. ८७५९ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७५९ - उत्प्रेषणसमेत भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०९/२५ ४८७५ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास रिट नं. २०६५–WO–००७३ फैसला मितिः २०६८।९।२५।२ विषय : उत्प्रेषण समेत । निवेदकः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ५, कुमारीपाटी बस्ने गौतमरत्न शाक्यकी श्रीमती गंगा शाक्य विरुद्ध विपक्षीः ललितपुर जिल्ला अदालत, लगनखेल समेत § तायदाती फाँटवारी दाखिल गर्ने व्यक्तिले वण्डा हुनुपर्ने होइन भनी उल्लेख नगरी कुनै व्यक्ति विशेषलाई करार गरी दिइसकेको भन्नेसम्म व्यहोरा उल्लेख गरेको कारणबाट मात्रै फाँटवारी दाखिला गर्ने सम्बन्धित व्यक्तिले दावी नगरेको अवस्थामा अंश हक जस्तो गम्भीर विषयमा अदालतले वण्डा गर्न नपर्ने भनी भन्न नमिल्ने । § अदालतले तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिमध्येबाट कुनै सम्पत्ति वण्डा नलाग्ने स्थितिको रहेछ भने त्यसको निश्चित आधार र कारण खुलाउनु पर्ने हुन्छ । तर, जिल्ला अदालतको फैसलाको ठहर खण्डमा यो–यो सम्पत्तिमा वण्डा नलाग्ने भनी उल्लेख नगरी तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्ति बण्डा लाग्ने भन्ने व्यहोरा उल्लेख भएको र पुनरावेदन अदालतबाट पनि तायदाती फाँटवारीमा उल्लेख भएका घर जग्गाहरूबाट वण्डा छुट्याई दिनु भन्ने व्यहोरा स्पष्टसँग उल्लेख भएको र सो फैसला सर्वोच्च अदालतबाट समेत सदर भएको स्थितिमा केवल जिल्ला अदालतको फैसलाको तपसील खण्डमा उल्लेख नभएको भन्ने आधारमा मात्रै उक्त जग्गामा बण्डा नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.३) § तायदाती दाखिल भैसकेको स्थितिमा तायदातीमा देखाइएका अंशबण्डा गर्नुपर्ने सम्पत्ति मुद्दा फैसला हुनुभन्दा २० दिन अगाडि हक हस्तान्तरण गरेको कार्यबाट अदालतको फैसलाबमोजिम आफ्नो भागमा पर्ने अंश छुट्याई लिन नपाई अंश जस्तो नैसर्गिक र कानूनी हकबाट बञ्चित हुने स्थितिको सिर्जना हुन आउने अवस्थामा जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८क र ७८ख आकर्षित हुने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू पूर्णमान शाक्य, सानुशाक्य र उत्तमराज पाठक विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी, विद्वान वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल तथा विद्वान अधिवक्ताहरू माधव वास्कोटा, हेमकुमार श्रेष्ठ र मधुर महर्जन सम्बद्ध कानूनः § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८क फैसला न्या.कमलनारायण दासः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं यस अदालतको आदेश यस प्रकार रहेको छ :– वादी जोगमाया महर्जन र रोशन महर्जन प्रतिवादी आपुलु महर्जन समेत भै चलेको अंश मुद्दामा ६ भागको २ भाग अंश पाउने ठहरी तह तह हुँदै सर्वोच्च अदालत समेतबाट मिति २०६३।१०।२४ मा अन्तिम फैसला भएको थियो । फैसलाबमोजिम बण्डा छुट्याई पाउन मिति २०६४।५।९ मा दिएको दरखास्त यस अदालतमा कारवाहीयुक्त अवस्थामा छ । वण्डा छुट्याई पाउन उल्लिखित कित्ता जग्गाको दर्ता उतार बुझ्ने आदेशानुसार बुझ्दा ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं. ६÷ख, कि.नं. ५१३, क्षेत्रफल ०–८–० को जग्गा गंगा शाक्यको नाममा दर्ता रहेको भनी दर्ता उतार आएकोले निजहरूलाई बुझी फैसला कार्यान्वयन गरिपाऊँ भन्ने जोगमाया समेतको मिति २०६४।१०।२ मा जिल्ला अदालत नियमावलीको नियम ७८क र ७८ख बमोजिमको निवेदनमा ललितपुर जिल्ला अदालतबाट मिति २०६