निर्णय नं. ७९७६ - वाली मोही निस्काशन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९७६ - वाली मोही निस्काशन । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०१/२० २७२९ निर्णय नं.७९७६ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्बत् २०६१ सालको दे.पु.नं. ८८२५ फैसला मितिः २०६५।१।२०।६ मुद्दाः वाली मोही निस्काशन । पुनरावेदक/वादीः जिल्ला सप्तरी रामपुर जमुवा गा.वि.स.वडा नं.२ वस्ने कारी साह तेली बिरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला सप्तरी रामपुर जमुवा गा.वि.स. वडा नं. १ वस्ने रविलाल साह अघि फैसला गर्नेः भूमिसुधार अधिकारी रोहितकुमार भटृराई पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री लक्ष्मणमणी रिसाल मा.न्या. श्री बुद्धिप्रसाद रेग्मी § मोहीले बुझाएको धरौट रकम जग्गावालालाई बुझाउने सम्बन्धमा आवश्यक कारवाही गर्नुपर्ने दायित्व रहेको कार्यालयले सो दायित्व पूरा नगरेको आधारमा मोहीले राखेको कुत धरौटी अस्तित्वविहीन हुने वा वेरितको नहुने । § मोहीको दायित्व भनेको निर्धारित कुतवाली निर्धारित समयभित्र जग्गाधनीलाई बुझाउने वा जग्गाधनीले बुझ्न इन्कार गरेको अवस्थामा कुतलाई नगदमा परिणत गरी सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका वा जिल्ला माल अड्डा वा भूमि प्रशासन कार्यालयमा धरौटी राख्नु पर्ने । § कानूनले निर्धारण गरेको दायित्वलाई मोहीले पूरा गरेको देखिदा त्यसरी आफूले कमाएको जग्गाको कुत बुझाउनु पर्ने आफ्नो कानूनी कर्तव्य पालना गरी सम्बन्धित गाउँ विकास समितिमा कुत धरौट राखेको तथ्य स्थापित हुन पुगेको अवस्थामा त्यसलाई वेरितको मान्न नमिल्ने । § गाउँ विकास समितिमा धरौट रहेको वाली बुझी लिनसक्ने अवस्थाको विद्यमानता रहेबाट पनि सो धरौटलाई अन्यथा भन्न वा जग्गाधनीले मोहीबाट कुत वाली नपाएको अर्थमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.२) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला का.मु.प्र.न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) वमोजिम यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- यसमा स्व. बाबु टिमाई साहु तेलीको नाममा दर्ता रहेको गा.वि.स.रामपुर जमुवा वार्ड नं. १क को कि.नं. ४४ ज.वि. ०–१–१६ जग्गाको २०५५ सालको हुने कुत मलाई नदिई धरौटी समेत नराखेको हुँदा उक्त जग्गाको हुने कुत धान मन ०–२२–८ को मोल रु. २७०।– दिलाई भराई मोही निष्कासन समेत गरिपाऊँ भन्ने समेत व्यहोराको वादी दावी । वादी दावी बमोजिमको जग्गाको हुने कुतबाली २०५५।११।२८ गते गा.वि.स.को कार्यालय रामपुर जमुवामा धरौटी राखी दिएको छु । कुत उठाउन लगाई वादीको दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र । प्रतिवादीले कुतबाली गा.वि.स.मा बुझाएको छु भन्ने जिकिर लिएकोमा सो बुझ्दा गा.वि.स.का अध्यक्षको जिम्मामा धरौटी रहेको भन्ने जवाफ प्राप्त भएको हुँदा त्यस्तो रीतपूर्वक नराखिएको रकमलाई धरौटी राखेको भन्न मिलेन । मोही निष्कासन गर्दा सुध्रिने मौकाबाट बन्चित हुने हुँदा मोही हक यथावत् कायम राखी २०५५ सालको कुत बाली रु.२७०।– वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भूमि सुधार कार्यालय सप्तरीको मिति २०५८।५।२७ को निर्णय । शुरुले गरेको निर्णयमा चित्त बुझेन, भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३६ बमोजिम गा.वि.स.मा कुत धरौटी राखेर मोहीको कानूनी दायित्व पूरा गरेको छु । गा.वि.स.मा रितपुर्वक