निर्णय नं. ७९७७ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९७७ - उत्प्रेषण । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०२/२२ ३४०७ निर्णय नं.७९७७ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संबत २०६२ सालको रिट.नं. ३२७३ आदेश मितिः २०६५।२।२२।४ मुद्दाः उत्प्रेषण । निवेदकः काठमाण्डौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १० वानेश्वर बस्ने तीर्थराज उपाध्याय समेत विरुद्ध विपक्षीः कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर समेत § कानूनको राज्यमा कानून विहिनताको अवस्था नरहने र समय, परिस्थिति र आवश्यकता अनुरुप कानूनहरु निर्माण हुंदै जाने, संशोधन हुने, पुराना कानून खारेज भई नयाँ कानून बन्ने स्वभाविक प्रकृया भएकाले नयाँ बनेको कानूनले भैरहेको कानूनलाई खारेज गर्दैमा सो खारेज भएको कानून अनुरुप भएका काम कारवाही स्वतः खारेज वा अवैध नहुने । § नयाँ बनेको कानूनले खारेज गरेको कानून अनुरुप भएका काम कारवाहीलाई निरन्तरता दिएको अवस्थामा नयाँ बनेको कानूनमा थपिएको तर पुरानो कानूनले नसमेटेको नयाँ प्रावधान पनि खारेज भएकै कानूनको प्रावधानको निरन्तरता हो भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.४) § लेखापरीक्षण गर्न एउटै लेखापरीक्षक, साझेदार वा पूर्व साझेदार वा कर्मचारी वा भूतपूर्व कर्मचारीलाई लगातार तीन पटक भन्दा बढी लेखापरीक्षक नियुक्ति गर्न सकिने छैन भन्ने प्रावधान साविकको कम्पनी ऐन, २०५३ मा नरहेको अवस्थामा हालको कानून लागू हुन भन्दा पूर्व भएको लेखापरीक्षकको नियुक्तिलाई पछिल्लो कानूनले तोकेको लेखापरीक्षकको नियुक्तिको शर्तमा जोड्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः तत्कालिन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत निवेदनको संक्षिप्तमा तथ्य र ठहर निम्न बमोजिम छः– निवेदकहरुले लेखापरीक्षण गर्न पाउने गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रमाण पत्र लिई कम्पनी तथा संघ संस्थाहरुमा लेखा परिक्षणको काम गर्दै आएका छौं । कम्पनी अध्यादेश २०६२ को दफा १११(३) को कार्यान्वयनको बारे नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस सम्बन्धमा स्पष्ट गर्न लेखापढी गर्दा उक्त संस्थालाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त भएको जानकारीका आधारमा मिति २०६२ फागुण २२ गतेको गोरखापत्रमा प्रकाशित गरेको “कम्पनीहरुमा लेखापरीक्षक नियुक्ति गर्ने वारेको सूचना” भन्ने शीर्षकको जानकारी हेर्दा कम्पनी अध्यादेश २०६२ को दफा १११ को उपदफा ३ मा उल्लेखित तीन पटकको अवधी गणना गर्दा अध्यादेश लागु हुनु पूर्व गरेको लेखापरीक्षण समेतलाई गणना गरी पटक कायम गर्ने श्री ५ को सरकार (सचिव स्तर) बाट मिति २०६२।१०।१९ मा निर्णय भएकोले निर्णय अनुसार जानकारी गराईन्छ भन्ने उल्लेख भएकोले उक्त संविधान विपरीत भूतलक्षी व्याख्या गरी भएको निर्णयले सम्पूर्ण लेखापरीक्षकहरुको लेखापरीक्षण गर्न पाउने व्यवसायिक, संवैधानिक एवं कानूनी हक अधिकारको उपयोग गर्नबाट बञ्चित भएका छौ । कम्पनी अध्यादेश २०६२ को दफा १११ (३) को व्यवस्था कम्पनी अध्यादेश लागु भएपछि कुनै पनि लेखापरीक्षक नियुक्ति गर्दा लगातार तीन पटक भन्दा बढी लेखा परीक्षक नियुक्ति गर्न नसकिने हो । विना कुनै आधार तथा यस सम्बन्धी कम्पनीहरुले अपनाउनु पर्ने प्रक्रिया समेत उल्लेख नगरी कम्प