निर्णय नं. ७९७८ - उत्प्रेषण, परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९७८ - उत्प्रेषण, परमादेश । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०१/२२ ३९९१ निर्णय नं.७९७८ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत संयुक्त ईजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६३ सालको रिट नं. ––––३२८ आदेश मितिः २०६५।१।२२। विषय :– उत्प्रेषण, परमादेश । निवेदकः का.जि.का.म.न.पा.वडा नं. २१ जैसीदेवल घर नं. २४८।६क वस्ने श्यामसुन्दर रन्जितकार समेत विरुद्व विपक्षीः काठमाडौं महानगरपालिका, वागदरवार, काठमाडौं समेत § परम्परागत रुपमा भोगी रहेको झ्यालको सुविधालाई विपक्षीको नयां निर्माणको परिणाम स्वरुप वन्द गर्न दिने हो भने त्यो स्पष्टतः कानूनमा निर्धारित हुनुपर्छ । कानूनले स्पष्ट रुपले रोक वा वन्देज नलगाएको विषयमा निर्णय गरी नगरपालिकाले त्यस्ता परम्परागत रुपमा पाइरहेको सुबिधालाई बन्चित गर्दा त्यसको यथेष्ठ कानूनी आधार देखाउन पर्ने । (प्रकरण नं.५) § सुविधाधिकारको प्रत्याभूती कानूनवाट मात्र नभई चीरभोग वा साबिकदेखि प्रयोग गरी आएको तथ्यहरुहरुको आधारमा समेत संरक्षित हुने हुँदा एउटाको जग्गावाट अर्को व्यक्तिले परम्परादेखि प्राप्त गरेको वा भोगी आएको सुबिधालाई विना कुनै कानूनी आधार बञ्चित गर्न नसकिने । (प्रकरण नं.११) § घर बनाउनेको १ नं. मा भएको बलेसी काट्न पाउने भन्ने कुरा र अघिदेखि नै निर्वाध रुपमा झ्याल राखी भोगी आएको हावा प्रकाशको निकाश रोक्न पाउने भन्ने कुरा एउटै होईनन । घर बनाउनेको १ नं. ले उपरोक्त अवस्थाको बलेसी काट्न पाउने अधिकार दिएको भएपनि सो अन्तर्गत अघिदेखि नै राखेको झ्यालवाट आउने जाने हावा प्रकाशको निकाश पनि थुन्न पाइन्छ भनी अनुमानित तर्क वा कानूनको व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१४) § साबिकदेखि भोगी आएको प्रकाश, हावा जस्ता वस्तुहरुको आवतजावत निकासका सम्बन्धमा बिबाद उठेको अवस्थामा सो सुविधाहरुको दावी गर्न सक्ने गरी स्पष्ट रुपमा कानूनमा उल्लेख भएको वा सो उपचारको दावी गर्न सक्ने गरी प्रचलित कानूनले कुनै व्यवस्था नगरेको परिणाम स्वरुप निवेदकलाई उपचार विमुख राख्न नहुने । (प्रकरण नं.१६) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री राजिवमान शाक्य विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली अवलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ :– हामी निवेदकहरुको हकभोग चलनमा रहेको स्व.पिता जगत वहादुरको नाममा तिरो तिरान भएको, नामसारी दा.खा.गराई लिन वाँकी रहेको का.जि.नगर वडा नं. ३२ कि.नं. १५५५ क्षे.फ. ०–१–०–३ जग्गामा परापूर्व काल देखि हाम्रा वावु वाजेले भोग चलन गर्दै आएको अद्यावधी हामीहरुले समेत भोग चलन गर्दै आएको करिव ११० वर्ष पुरानो घरमा पश्चिम तर्फ ४ फुटको टप छाना राखी खोल्न हुने खापाको झ्याल राखिएको छ । हाम्रो वसोवास देखि पश्चिम तर्फ हाम्रो झ्याल र टप राख्न भनी नै छाडी राखेको ४ फुट जति जग्गाको साँध पछाडि विपक्षीहरुको घर जग्गा छ । निज विपक्षी विद्यानप्रसाद लामिछाने समेतले सो उल्लेखित हाम्रो टप र झ्याल राख्न भनी छोडी राखेको निज विपक्षी तर्फको खाली जग्गालाई आफ्नै हो भनी सो समेत आफ्नो जग्गामा घुसाई नयां घर निर्माण गर्न भनी साईट प्लान नक्सा खडा गरी नक्सा पास गरिपाऊँ भनी विपक्षी काठमाडौं महानगरपालिकामा निवेदन गरेकोमा का.म.पा.ले नक्सा पासको लागि २१ वडा कार्यालय मार्फत १५ दिने सूचना संधियारको ल