निर्णय नं. ७९८२ - लिखत वदर दर्ता वदर दर्ता कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९८२ - लिखत वदर दर्ता वदर दर्ता कायम । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०३/१६ ४४६९ निर्णय नं.७९८२ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला सम्वत् २०६३ सालको दे.पु.न. ९०३६ आदेश मितिः २०६५।३।१६।२ मुद्दाः– लिखत वदर दर्ता वदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वार्ड नं. १६ वस्ने योजितराज प्रधान नेपाली विरुद्ध विपक्षी वादीः जि. काठमाडौं काठमाडौं महानगरपालिका वार्ड नं. ९ वत्तिसपुतली वस्ने गोपालशक्ति मास्के शुरु फैसला गर्नेः मा.मु.न्या श्री शारदा प्र. पण्डित मा.न्या.श्री गोविन्दकुमार श्रेष्ठ § आफ्नो समेत हक लाग्ने सगोलको सम्पत्ति सगोलको अंशियारले आफूखुसी विक्री व्यवहार गरेमा प्रचलित कानूनका म्याद भित्रै नालेश गरी आफ्नो हकको जति लिखत वदर गराई लिन पाउने । (प्रकरण नं.४) § रकम हाली जग्गा खरीद गर्ने साहु सदैव खतरामा रहने भन्ने हुदैन । त्यसको लागि हदम्यादको व्यवस्था गरिएको हो । आफूलाई मन लागेको अवस्थामा लिखतको नक्कल सार्दै हदम्याद कायम गरेर नालिस गर्न पाउने भन्ने ऐनको मनशाय नहुँदा सगोलमा छोराले थाहा पाएको अवस्थामा सगोलमै रहेका अन्य अंशियारले लिखतको वारेमा थाहा नपाएको भन्न नसकिने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सोमकान्त मैनाली विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.राजेन्द्रप्रसाद कोइरालाः न्याय प्रशासन ऐन, ०४८ को दफा १२(१)(क) वमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त गरी पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यस प्रकार छ : विपक्षी मध्येकी शोभा मास्के मेरी पत्नी हुन । विपक्षी गृहस्थी गर्दै वस्दै आएकोमा ०३८ सालमा जिल्ला सुनसरी वांझगरा गा.वि.स. वडा नं. ८(क) कि.नं. ४१ को ०–७–१३ जग्गा समेत खरीद गरी दिएको थिए । उक्त शोभा मास्के नाउँ दर्ताको जग्गामा मेरो पूर्ण हक लाग्ने निर्विवाद छ। विपक्षी शोभा मास्के नाउँ दर्ताको मेरो हकलाग्ने ऐ. कि.नं. ४१, ०–७–१३ जग्गा मध्ये ०–३–० जग्गा विक्रीगरि सकेकोले उक्त कि.नं. ४२ फोड भई कि.नं. ५१ को ०–४–१३ जग्गामा समेत मेरो समेत भोगचलन कायम छ । २०५६।७।११ गतेका दिन विराटनगर आउंदा प्रमाणका मानिसहरुले मलाई विपक्षी पत्नी शोभा मास्केले मेरो समेत अंशहक लाग्ने उक्त जग्गाहरुवाट मेरो हक मेट्न विपक्षीहरुसँग गुपचुपगरी मलाई थाहा जानकारी नदिई मन्जुरी वेगर जग्गा विक्री वितरण गरेको कुरा सुनाएकोले उक्त कि.नं. ४१ को ०–७–१४ जग्गा कित्ता फोडगरी उत्तर पूर्ववाट कायम कि.नं. १०० को ०–१–५ प्र. छलिता लिम्वु र प्र. नेत्रकला लिम्वुको संयुक्त नाउँमा र.नं. ११५५(क) वाट छलिता लिम्वुको पश्चिम तर्फवाट कायम कि.नं. १०१ को ०–१–०, प्र. रसिता राईको नाउँमा र.नं. ११६०(क) वाट, नइन्द्र देखि पूर्वतर्फवाट कायम कि.नं. १०२ को ०–१–०, प्र. हस्तकला लिम्वुको नाउँमा र.नं. ११६१(क) वाट मुल कि.नं. ४१ को पश्चिम उत्तर तर्फवाट कायम कि.नं. १०३ को ०–१–० प्र. नइन्द्र कुमार आङदम्वेको नाउँमा र.नं. ११५६(क) वाट योजीत राई देखि उत्तर तर्फवाट कायम कि.न. १०६ को ०–०–१९ प. डम्वाध्वज लिम्वु र प्र. तेज कुमार लिम्वुको नाउँमा संयुक्त र.नं. ११५९(क) वाट छलिता लिम्वु समेत र सरिता राई देखि दक्षिण तर्फवाट कायम कि.नं. १०४ को ०–१–६ तथा पश्चिम दक्षिण तर्फबाट कायम कि.न. १०५ को ०–१–३ समेत प्र. योजित