निर्णय नं. ७९८३ - अप्राकृतिक मैथुन (जवरजस्ती करणी) ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९८३ - अप्राकृतिक मैथुन (जवरजस्ती करणी) । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०६/०१ ४७८९ निर्णय नं.७९८३ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्बत् २०६४ सालको फौ.पु.नं.१११ फैसला मितिः २०६५।६।१।४ मुद्दा : अप्राकृतिक मैथुन (जवरजस्ती करणी) । पुनरावेदक वादीः क कुमारीको जाहेरीले नेपाल सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः नवलपरासी जिल्ला, दुम्किवास गा.वि.स.वडा नं.१ घर भै हाल काठमाडौं महानगरपालिका वडा नं.३५ जडिबुटी बस्ने राजेश क्षेत्री शुरु फैसला गर्ने : मा.जि.न्या.श्री भरतप्रसाद अधिकारी पुनराबेदन फैसला गर्ने : मा.न्या. श्री कृष्णप्रसाद बस्याल मा.न्या. श्री हरिबहादुर बस्नेत § बालिकाको मुख, टाउको लगायत शरीरका विभिन्न भागमा लिङ्गको घर्षण गराई पिसाब समेत फेरिदिएको भन्ने आधारमा मात्र पीडित बालिकालाई जवरजस्ती करणी गरेको भन्ने स्थापित नहुने । § पीडित बालिका उपर उल्लेखित यौन दुर्व्यहार गर्दा बालिका रुँदै चिच्याउँदै कोठा बाहिर निस्की आमा भएतर्फ गएकीले प्रतिवादीले जवरजस्ती करणी गर्न नपाएको र जवरजस्ती करणीको अपराधको उद्योगसम्म गरेको देखिंदा उद्योगमा सजाय गर्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला अन्यथा नदेखिएकोले सो फैसला सदर हुने। (प्रकरण नं.३) § मुद्दाको अनुसन्धान तहकिकातको कारवाही जवरजस्ती करणीको उद्योग तर्फ केन्द्रीत भइ अप्राकृतिक मैथुनतर्फ अनुसन्धान तहकिकातको कारवाही भएको देखिएन । तसर्थ अप्राकृतिक मैथुनको वारदात स्थापित हुने कुनै सवूद प्रमाण संकलन भएको देखिन नआउँदा अप्राकृतिक मैथुनतर्फको कसूर स्थापित हुने अनुसन्धान तहकिकातको अभावमा सो कसूर कायम गरी प्रतिवादीलाई सजाय गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फवाटः विद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री सूर्यप्रसाद कोइराला प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री रामप्रसाद अर्याल र अमिता दिक्षीत अवलम्वित नजीरः फैसला न्या.तपवहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम पुनराबेदन अदालत पाटनको मिति २०६३।१०।४ को फैसला दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मिति २०६२।७।२० गते मेरी छोरी बर्ष ५ की ख कुमारीलाई राजेश क्षेत्रीले टाउको र मुखमा पिसाब गरेकाले कारवाही गरिपाऊँ भन्ने क कुमारीको निवेदन । प्रतिवादी राजेश क्षेत्री र हामीहरु एउटै घरमा डेरा लिई बस्दै आएकोमा मिति २०६२।७।२० गते साँझ अं.१९:०० बजे म प्रतिवादी राजेश क्षेत्रीको कोठामा गएको बेला पहिला क्यासेटमा मै छोरी सुन्दरी भन्ने गीत बजाई नाच्न लगायो । त्यसपछि निजको ओछ्यानमा सुत्न लगाई मेरो टाउको तथा शरीरमा निजको लिङ्ग दल्न थाल्यो । मैले उठेर भाग्न खोज्दा भाग्न नदिई मेरो मुखमा निजले आफ्नो लिङ्ग घुसाउन खोजेकोले मैले मुख बन्द गर्दा निजले हातले मेरो मुख खोली लिङ्ग मेरो मुखमा घुसायो । निजले मलाई करणी समेत गर्न खोज्दा म भागी मेरी आमा क कुमारीलाई जानकारी गराएकी हुँ भन्ने पीडित बर्ष ५ की ख कुमारीको कागज । प्रतिवादी राजेश क्षेत्री पनि हामी बसेको घरमा नै डेरा बस्ने गरेको र मेरी छोरी बर्ष ५ की ख कुमारीले निजलाई अंकल भन्ने गर्दथिइन् । मिति २०६२।७।२० गते साँझ पख छोरी खेल्दै तल ओर्लेकी थिइन् । साँझ अं.१९:०० बजे छोरी कोठामा आई मम्मी म