निर्णय नं. ८००८ - लिखत बदर, दर्ता बदर दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८००८ - लिखत बदर, दर्ता बदर दर्ता । भाग: ५० साल: २०६५ महिना: पौस अंक: ९ फैसला मिति :२०६५/०९/०३ ८८५७ निर्णय नं.८००८ ने.का.प. २०६५ अङ्क ९ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६५ सालको नि.नं. ... ११२९ (०६४ को RI ०१०८) आदेश मितिः २०६५।९।३।५ मुद्दा :– लिखत बदर, दर्ता बदर दर्ता । निवेदक/प्रतिवादीः जिल्ला बारा, कलैया नगरपालिका वार्ड नं. ६ बस्ने प्रमोदकुमार चौधरी विरुद्ध विपक्षी/वादीः पर्सा जिल्ला विरगन्ज उप–महानगरपालिका वार्ड नं. ८ बस्ने विनोदकुमार चौधरी § एकै पटक दर्ता भएका वा अघि पछि दर्ता भएपनि मुद्दाको प्रकृतिको आधारवाट लगाउमा रहनु पर्ने देखिएमा पक्षको निवेदन वा अदालतको आदेश बमोजिम लगाउ रहेका मुद्दा/ निवेदनमा कर्मचारीको भूल वा अन्य कारणबाट एउटामा तारिख दिएको र अर्कोमा तारिख दिन छुटेमा तारिख लिन छुटेको कारण उत्पन्न हुने परिणामबाट पक्षलाई असर पर्न नहुने । § अदालतमा उपस्थित भई एउटा मुद्दामा तारिख लिई लगाउ नभएका अरु मुद्दामा तारिख लिन छुट भएकोमा पक्षको भनाईको आधारमा लगाउमा नरहेका मुद्दामा गुज्रेको तारिख जहिलेसुकै पनि थामिन सक्छ भन्ने अर्थ गर्नु कानुनको उद्देश्य अनुरुप नहुने । (प्रकरण नं.११) § अदालतको कर्मचारीले तारिख नदिएको वा अदालत व्यवस्थापनको कमजोरीका कारण पक्षको तारिख गुज्रन गएको अवस्था नभै मुद्दामा तारिख तोकिएको दिन र समयमा फाँटमा पक्ष वा वारेस नगई भूलवाट तारिख गुज्रन गएछ भनी लामो समय पश्चात तोकिएको तारिखका दिन अदालतमा अन्य असम्बन्धित मुद्दामा उपस्थित भएको प्रमाण प्रस्तुत गरेको आधारमा तारिख थाम्ने कार्य मुद्दामा तारिखको अबधारणा विपरीत हुने । § मुद्दामा तारिखमा रहनु पर्ने पक्ष तोकिएको तारिख समयमा अदालतमा उपस्थित हुनुपर्ने र उपस्थित नभए उपस्थित हुन नसक्ने पक्षले त्यसबाट सिर्जित परिणामको असर भोग्नु पर्ने । § के कस्तो कार्यका निमित्त अदालतले कहिले तारिख तोकेको छ र छैन भन्ने कुराको ख्याल राख्नु सम्बन्धित पक्ष वा वारेसको कर्तब्य हुने । § तारिखको अवधारणा अदालतको कार्यसूचीसँग गांसिएको बिषय भएबाट तोकिएको दिन अदालतमा उपस्थित भई तोकिएको कार्य गर्न तारिख लिनु न्यायीक कार्यसम्पादन भित्रको कुरा हुने । (प्रकरण नं.१२) निवेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव, श्री कमलनारायण दास र विद्वान अधिवक्ताहरु श्री शम्भु थापा, वालकृष्ण न्यौपाने र किसुनदेवप्रसाद विपक्षी वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) च बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत निवेदनसँग सम्बन्धित विषयको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– निवेदकको वारेस नरेशप्रसाद कलवारले सर्वोच्च अदालतमा दर्ता गरेको RI १०८ को दोहोर्याई पाउँ भन्ने निवेदनमा अदालतबाट तोकिएको तारिखमा बसी रहेको अवस्थामा पछिल्लो पटक निजलाई ०६४।९।५ गतेको तारिख तोकिएको रहेछ । निजले आफूलाई अदालतमा उपस्थित हुन तोकिएको तारिख ०६४।९।५ का दिन अदालतमा उपस्थित नभै तारिख गुजारेको र कानून बमोजिमको म्याद भित्र थाम्ने थमाउने अवधि व्यतीत भएपछि गुज्रेको तारिख प्रमाणित गरी निवेदन तामेलीमा राख्ने प्रयोजनका लागि इजलास समक्ष पेश भएकोमा ०६