निर्णय नं. ८०११ - आवश्यक वस्तु संरक्षण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०११ - आवश्यक वस्तु संरक्षण । भाग: ५० साल: २०६५ महिना: पौस अंक: ९ फैसला मिति :२०६५/०८/०२ ३४६४ निर्णय नं.८०११ ने.का.प. २०६५ अङ्क ९ सर्बोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०५९ सालका दे.पु.नं. .........३१५० फैसला मितिः २०६५।८।२।२ मुद्दा :– आवश्यक वस्तु संरक्षण । पुनरावेदक वादीः जयबहादुर लम्सालको जाहेरीले, नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः मकवानपुर जिल्ला भीमफेदी गा.बि.स.वडा नं. ६ वस्ने चक्रवहादुर लो समेत § खानेपानीको मुहानवाट जडान गरिएको पाइपलाइन आवश्यक वस्तुको परिभाषा भित्र पर्ने । (प्रकरण नं.४) § सामूहिक स्वार्थ वाझिन गई विवाद भएको कारणवाट सिर्जित घटनाको दोष व्यक्तिगत रुपमा थोपर्न न्यायोचित नहुने । § सामाजिक कारणवाट सिर्जित विवादको विषयलाई लिएर एकतर्फी रुपमा सजाय गर्नु उचित नदेखिने । (प्रकरण नं.६) शुरु निर्णय गर्नेः– प्र.जि.अ.दुर्गाप्रसाद पोखरेल पुनरावेदन निर्णय गर्नेः– मा.न्या. श्री कल्याण श्रेष्ठ मा.न्या. श्री खेमराज शर्मा पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शान्तिराम खतिवडा अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत हेटौंडाको मिति २०५९।३।३१ को फैसला उपर वादी नेपाल सरकारको तर्फवाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- मिति २०५५।३।२३ गते साँझ ६.०० बजेको समयमा चक्रवहादुर लोको अगुवाईमा १५ जना जतिको हुल बाँधी हातमा खुर्पा, बन्चरो, कोदालो लिई मठान खोलाको मुहानदेखि वडा नं. ६ स्थित बाँस्थलाको उपल्लो सम्म ओछ्याइएको खानेपानीको पाइप काटी नोक्सान पुर्याएको हुंदा आवश्यक वस्तु संरक्षण ऐन अन्तर्गत कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको सुपिङ्ग खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयवहादुर लम्सालको जाहेरी । ४० (चालिस) एम.एम.को सानो ठूलो गरी २७ (सत्ताइस) वटा पोलिथिन पाइपको टुक्राहरु प्रहरीले बरामद गरेको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । मिति २०५५।३।२३ गते म घरमा छैन, मिति २०५५।३।२४ गते मात्र म हेटौंडाबाट घरमा फर्की आएको हुँ । मैले सो पाइप काटेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी चक्रवहादुर लो ले जिल्ला सरकारी न्यायाधिवक्ता समक्ष दिएको वयान । मिति २०५५।३।२३ गते चक्रवहादुर लो समेतले मठान खोलाको पानीको मुहान देखिको खानेपानीको लागि विछ्याइएको ४० एम.एम.को पाइपको डोरो खनी पाइप निकाली काटी जंगलमा फाली दिएको हो भन्ने समेत व्यहोराको जितवहादुर स्याङतान समेतले वस्तुस्थिति मुचुल्कामा बकी लेखाई दिएको कागज । नोक्सानी भएको ४०० मि.पाइपको प्रति मिटर रु.६५।— का दरले जम्मा रु.२६,०००।– ( छब्बिस हजार) मूल्य पर्छ भन्ने मूल्य मुचुल्का । मिसिलमा उल्लेखित सम्पूर्ण कागजातहरु अध्ययन गरी हेर्दा मठान खोलाको मुहान देखि वडा नं.६ स्थित बाँस्थलाको उपल्लो सम्म विछ्याइएको ४०० मि.लम्वाईको ४० एम.एम.को पाइप खनी निकाली काटी टुक्रा पारी नोक्सान पुर्याएको भन्ने तथ्य प्रमाणित हुन आयो । प्रतिवादी चक्रवहादुर लोले पाइप खनी काटेको होइन भनी इन्कारी वयान गरे तापनि जाहेरी, बरामदी मुचुल्का एवं वस्तुस्थिति मुचुल्का समेतबाट निजको वयान झुठ्ठा हो भन्ने कुरा प्रमाणित भएको छ । उक्त नोक्सानी भएको पाइपको मूल्य रु.२६,०००।– ( छब्बिस हजार) पर्न