निर्णय नं. ८०१४ - जीउ मास्नेबेच्ने ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०१४ - जीउ मास्नेबेच्ने । भाग: ५० साल: २०६५ महिना: पौस अंक: ९ फैसला मिति :२०६५/०३/३१ ३४९९ निर्णय नं.८०१४ ने.का.प. २०६५ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत २०५९ सालको फौ.पु.नं...........३३२४ आदेश मितिः २०६५।३।३१ मुद्दा : जीउ मास्नेबेच्ने । पुनरावेदक वादीः क कुमारी र ख देवीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. ५ ठूलो वर्गदुवा बस्ने पारसनाथ पाठक समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री हेमराज पन्त पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री रामजीप्रसाद त्रिपाठी मा.न्या. श्री विनोदप्रसाद ढुंगेल § सरकारबादी हुने फौजदारी मुद्दामा वारदात वा कसूरको विषयमा कसै उपर पोल गरी दरखास्त वा निवेदन मुद्दा हेर्ने अड्डा समक्ष पठाउन सकिने र त्यसमा सनाखत गराई थप प्रमाण समेत खुलाउन लगाई आरोपित व्यक्तिलाई पक्री कारबाही गर्न सकिने सम्मको व्यवस्था रहेको तर त्यस्तो निवेदनले एकपटक अभियोग पत्र दायर भैसकेको मुद्दाको आरोपित व्यक्तिले सफाई पाउन प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । (प्रकरण नं.८) § सरकारवादी फौजदारी मुद्दामा मुद्दा हेर्ने सम्बन्धित अड्डाको आदेश विना अभियोग पत्र वा प्रतिवादीको बयानमा उल्लेख नभएका साक्षी वा प्रमाणहरु जुनसुकै अवस्थामा ग्राह्य हुने वा त्यसरी पेश भएका प्रमाणहरुले प्रामाणिक महत्व राख्न नसक्ने । (प्रकरण नं.९) § अ.ब ७७(१) तथा ९० नं. को प्रकृति एवं परिधिभित्र नपर्ने निवेदन तथा सोलाई सनाखत गरी दिएको भनिएको बयान प्रमाण लाग्न सक्ने कानूनी आधार प्रष्ट हुन नसकेको अवस्थामा त्यसैलाई अकाट्य प्रमाण मानी अभियोग दावीबाट सफाई दिन नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता शरदकुमार खड्का प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री नरेन्द्रकुमार के.सी. र दीपककुमार गुप्ता अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, दाङ्ग, तुलसीपुरको मिति २०५८।८।२० को फैसला उपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यसप्रकार छ :- पारसनाथ पाठक, हास्बुन निसा र कल्पना यादव समेतले क कुमारी र ख देवीलाई बेचविखन गरी कृष्णनगरतर्फ लैजान लागेको अवस्थामा शंका लागी आवश्यक कारवाहीको लागि पठाएको छ भन्ने ई.प्र.का चनौटाको पत्र । कल्पना यादव, पारसनाथ पाठक, हास्बुन निसा, रुद्र नारायण पाण्डे र जगदम्बा मिश्रले हामी जाहेरवालीलाई फकाई फुलाई प्रलोभनमा पारी घुम्न जाऊँ भनी विक्री गर्ने उद्देश्यले चनौटा पु¥याउँदा प्रहरीले सोधपुछ गरी हामीहरुलाई बिक्री गर्ने जानकारी पाएकोले अभियुक्तहरुलाई कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने व्यहोराको क कुमारी र ख देवी समेतको संयुक्त जाहेरी दरखास्त । प्र.पारसनाथ पाठक, हास्बुन निसा अन्सारी, कल्पना यादव, जगदम्बा मिश्र र रुद्र नारायण पाण्डेले हामी जाहेरवालीलाई फकाई घुम्न जाऊँ भनी चनौटामा लगी प्रहरीले पक्राउ गर्न लाग्दा जगदम्बा मिश्र र रुद्र नारायण पाण्डे २ जना सो ठाउँबाट भागी गएका हुन् भन्ने जाहेरवाली क कुमारी र ख देवीले जि.प्र.का दाङ्गमा गरेको एकै मिलानको बयान । जगदम्बा मिश्र, हास्बुन निसा अन्सारी,रुद्र नारायण पाण्डे र म समेत भै तुल्सीपुरमा आई ख देवीलाई मैले लिने निर्णय भयो । ख देवीलाई फकाए बापत क