निर्णय नं. ८०१६ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०१६ - उत्प्रेषण । भाग: ५० साल: २०६५ महिना: पौस अंक: ९ फैसला मिति :२०६५/०३/२३ ६११२ निर्णय नं.८०१६ ने.का.प. २०६५ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला २०५६ सालको रिट नं. ४०२६ आदेश मितिः २०६५।३।२३।२ मुद्दा– उत्प्रेषण । निवेदकः का.जि.का.म.न.पा.वडा नं. ३२ बस्ने अधिवक्ता बालकृष्ण न्यौपाने विरुद्ध विपक्षीः नेपाल सरकार मन्त्रिपरिषद् सचिवालय सिंहदरवार समेत § तत्कालिन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) र वर्तमान संविधानको धारा १०७(२) अन्तर्गत हेरिने विषयहरु सम्वन्धमा हेर्दाः- - संविधान र प्रचलित कानूनले नागरिकहरुको समुह एवं विभिन्न वर्ग जात जाति समुह भाषाभाषी आदि नेपाली नागरिकको विभिन्न समूहलाई संविधानको भाग ३ ले प्रदान गरेको मौलिक हक उपभोग गर्नवाट राज्यको ढिलाई वा Inaction को कारण वंचित हुनुपरेको विषय, - राज्यले क्रमशः लागु गर्ने निर्देशक सिद्धान्तलाई वेवास्ता गरेको कारण मौलिक हक उपभोग गर्नवाट वञ्चित हुनुपरेको अवस्थामा, - राज्यको तर्फवाट वर्तमान संविधानको प्रस्तावना खासगरी प्रस्तावनाको चौथो प्रकरणको व्यवस्था र भावना विपरीत हुने कार्य भएको अवस्थामा, न्यायपालिकाको स्वतन्त्रता एवं संविधानबमोजिम स्वतन्त्र भएर काम गर्नुपर्ने अन्य संवैधानिक निकायको स्वतन्त्रतामा हस्तछेप हुने कार्य, - वातावरण प्रदुषण सम्वन्धी विषय, - संविधानको धारा १३(३) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएका विशेष व्यवस्था गरी संरक्षण र शसक्तिकरण गर्न सकिने जातजाति वा व्यक्ति वा वर्गको हक हित सम्वन्धी विषय, - भाग ३ तथा भाग ४ मा उल्लेखित अन्य व्यक्ति वा समुह वा वर्गको हक हित सम्वन्धी विषय, - नेपालको प्राकृतिक श्रोत सम्पदा जस्तै सार्वजनिक जग्गा, नदीनाला, वनजङ्गल आदि Public Trust Doctrine अन्तर्गत पर्ने विषय, - नेपालको सास्कृतिक सम्पदा सम्वन्धी ऐतिहासिक र पुरातात्विक विषयहरु वा कार्यपालिकाले आफ्नो संवैधानिक कर्तव्य पालना नगरेको कारणवाट नागरिकहरुको कुनै वर्ग वा समुह वा जातजाति पीडित हुन परेको विषय आदि हाम्रो सन्दर्भमा Public Interest Litigation को विषय हुन सक्छ । (प्रकरण नं. २) § निगम सरकारको स्वामित्वमा सञ्चालन भएको सँगठित संस्था भएको कारण जहाज खरिद गर्न वा भाडामा लिने सम्वन्धमा वा लिदा अख्तियारको दुरुपयोग वा भ्रष्टाचार भएको भए त्यसको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको अपराधमा अनुसन्धान हुन सक्ने र अनियमित मात्र भएको भए निगमकै लेखापरीक्षणवाट पत्ता लाग्ने र सच्चिन सक्ने । (प्रकरण नं. ८) § नेपाल वायूसेवा निगम सम्वन्धी जाचवुझ आयोग, २०५२ ले नेपाल वायूसेवा निगमका कमिकमजोरी तथा त्यसका सुधारको वारेमा दिएको प्रतिवेदनमा उठाइएका कुराहरु के कुन आधारमा लागु गर्ने वा प्रतिवेदनमा औल्याइएका कमि कमजोरी के कस्तो नीति नियम वनाई वा व्यवस्थापकीय सुधार गरी लागु गर्ने बिषयवस्तु नीतिगत विषय भित्र पर्ने । § नेपाल सरकारले वायूसेवा निगमलाई कुनै निर्देशनसम्म नदिएको अवस्थामा शक्तिपृथकीकरणको सिद्धान्त समेतबाट अदालतले हस्तक्षेप गर्न मिल्ने नहुँदा अदालतवाट प्रतिवेदन यो यसरी लागु गर्नु वा प्रतिवेदन आधारमा सञ्चालक महाप्रवन्धकलाई कारवाही गर्नु भनी आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१२) § विमान भाडामा लिएर सञ्चालन गर्ने वा Lease Purchase वाट सञ्चालन गर्ने निगमको आन्तरिक तथा नीतिगत विषय भएको र नेपाल वायूसेवा निगम सम